राष्ट्रिय र औपनिवेशिक प्रश्नमा माक्र्सवादी दृष्टिकोण

प्रकाशित मिति : २०७७ माघ १

- -हुकुमबहादुर सिंह

पश्चिमी युरोपमा सबैभन्दा अग्रपंक्तिमा उठेका राष्ट्रिय आन्दोलनहरू, जो सामन्तवादका विरूद्धको लडाइमा केन्द्रीत थिए, ती सबै पुँजीपतिद्धारा मूलतः नेतृत्व गरिएका थिए । यी राष्ट्रिय आन्दोलनहरूको प्रमुख लक्ष्य अनगिन्ति सामन्त राजाहरूको शासनमूनी रहेका विशाल भू–भागलाई एउटा राष्ट्र र राज्यभित्र एकतावद्ध गर्नु थियो । पुँजीपतिका लागि एउटा सिंगो ठूलो बजार प्राप्त गर्नु र सामन्तहरुका अपहेलना र हैरानीबाट जोगिनु र विभिन्न सामन्त शासकहरूको हस्तक्षेपबाट मुक्ति आवश्यक थियो । यसरी सामन्तवाद विरूद्ध पुँजीवादी क्रान्ति र राष्ट्रिय आन्दोलनको कार्यभार एउटा सिंगो राष्ट्र–राज्य प्रायस एउटा एकत्रित  राज्य स्थापना गर्नका लागि थियो । यसप्रकार राष्ट्रिय आन्दोलन केबल अर्को राष्ट्रद्धारा गरिएको उत्पीडनबाट स्वतन्त्र वन्नका लागि गरिएको एउटा संघर्षमात्रै थिएन, पश्चिमी युरोपको समग्रमा,  एउटा मात्रै ठाउँ जहाँ एउटा राष्ट्रिय आन्दोलन स्वतन्त्रताका लागि भएको थियो जुन आएरलैण्डले आफूलाई ब्रीटेनबाट स्वतन्त्र गराउन लडेको थियो ।

माक्र्स र ऐगेल्स दुवै यो अवधिमा जिवीत थिए, जब पछिल्लो राष्ट्रिय मुक्ति संघर्षहरू एउटा विशाल तरिकाले विष्फोट भइसकेका थिएनन् । तिनीहरूले त्यसैकारण राष्ट्रिय प्रश्नमा माक्र्सवादी सिद्धान्तको विकास गर्नलाई धेरै ध्यान दिएनन् ।  माक्र्सले यद्धपि आइरिस प्रश्नको सन्दर्भमा अंग्रेज सर्वहारालाई आइरिस जनताको राष्ट्रिय संघर्षलाई समर्थन गर्न र यसको राष्ट्रिय आन्दोलनको विरोध गर्ने आधारभूत दृष्टिकोण प्रतिपादन गरेका थिए ।

राष्ट्रियता(नेश्नलिटिज) आन्दोलनको अर्को चरण पश्चिमी युरोपमा पुँजीवादको फैलावट र अष्ट्रो–हंगेरियन र रसियन साम्राज्यहरूको बढदै गएको कमजोर अवस्थासंगै आयो,। राष्ट्रियता(नेश्नलिटिज)सम्वन्धी आन्दोलनहरू र संगठनहरू रसिया लगायत समग्र पूर्वी युरोपभर बढन सुरू भए । अन्तराष्ट्रिय सर्वहारा आन्दोलन र रसियन समाजिक प्रजातन्त्रवादी मजदुर पार्टीका निम्ति यो आवश्यक थियो कि यो सवालमा उनीहरूको एउटा सही बुझाइ र अडान होस । यहि अवधिमा नै स्तालिनले १९१३मा राष्ट्रिय प्रश्नमाथि पहिलो  शिलशिलावद्ध माक्र्सवादी प्रस्तुति गरेका थिए । स्तालिन आफैमा जर्जियन थिए, जो रसियामा एउटा उत्पीडित राष्ट्रियता(यउउचभककभम लबतष्यलबष्तिथ )का एउटा सदस्य थिए, जहाँ एउटा राष्ट्रिय आन्दोलन तीव्रताका साथ विकसित भइरहेको थियो । जर्जीयामा यो त्यसकारण सही माक्र्सवादी बुझाई र सही राजनीतिक अडान लिन पर्ने दोहोरो आवश्यकता थियो । यहि कारण हो स्तालिनले उनको अग्रणी काम माक्र्सवाद र राष्ट्रिय प्रश्नमाथि गर्ने प्रयास गरे ।  

स्तालिनले आफ्नो यो काम सर्वप्रथम एउटा राष्ट्र भनेको के हो भन्ने परिभाषित गर्दैे सुरूवात गरे । उनले एउटा राष्ट्र भनेको के हो ? भन्ने प्रश्नलाई यसो भनेर परिभाषित गरेका थिए–“एउटा ऐतिहासिक रूपले उत्पति भएको, जनताको स्थिर समुदाय, चार प्रमुख विशेषताहरूको साझा अधिकारमाथि आधारित, मूलतः एउटा साझा भाषा,एउटा साझा भू–भाग, एउटा साझा आर्थिक जीवन, र राष्ट्रिय संस्कृतिको साझा विसिष्ट वनावटमा आफैलाई अझ स्पष्ट पार्दै एउटा साझा मनोवैज्ञानिक भरण” 

स्तालिनले यहुदीजस्तै धर्म अथवा संस्कृतिमा मात्रै आधारित राष्ट्रको अवधारणालाई इन्कार गरे । उनले जोडदिएरै भने कि एउटा समुदायले आफूलाई एउटा राष्ट्र भन्नका लागि माथि उल्लेखित सबै विशेषताहरू भएको हुनु पर्दछ । स्तालिनले प्रस्ताव गरे कि सबै यस्ता राष्ट्रहरूसित आत्म निर्णयका लागि अधिकार भएको हुनु पर्दछ । यो आत्मनिर्णयको अधिकार यद्धपि केही अन्य पार्टीहरूले त्यो समयमा प्रस्ताव गरिरहेको जस्तो स्वायत्ततासित सिमित अथवा एउटा फेडरेशनमा जोडने काम मात्रै बाट गर्न सकिदैन् ।  आत्मनिर्णयको अधिकारले वेग्लै हुन पाउने अधिकार समावेश भएको हुनु पर्दथ्यो, जसको अर्थ एउटा स्वतन्त्र राज्यका रूपमा वेग्लै हुनु र अस्तित्वमा हुनु हो । यद्धपि स्तालिनले समयको एउटा खास विन्दुमा ठोस ऐतिहासिक परिस्थितिमाथि आधारित भएको अधिकारलाई कसरी अभ्यास गर्ने भन्नेवारे स्पष्टताका साथ देखाए । आत्मनिर्णय सम्वन्धमा राष्ट्रको निर्णयमाथि कोशिस गर्ने र प्रभाव पार्ने क्रान्तिकारीहरूमा भर पर्दथ्यो । क्रान्तिकारी पार्टीको निर्णय चाहे त्यो स्वायत्तता, अथवा फेडरेसन,अथवा शेसेसन, अथवा अन्य कुनै विषय, जे भए पनि त्यो उत्पीडित जनसमूह, खासगरी सर्वहाराको उत्तम चाहनामाथि आधारित हुनु पर्दछ । 

यद्धपि स्तालिनको प्रस्तुतीले घेरै प्रश्नहरूलाई स्पष्ट पार्दथ्यो, यो अझै अपूर्ण थियो किनभने साम्राज्यवादसित र उपनिवेशहरूको प्रश्नसित राष्ट्रिय प्रश्नलाई जोडदैनन्थ्यो  । यो काम केबल १९१६मा साम्राज्यवादवारे लेनिनको विश्लेषणपछि मात्रै पुरा गरियो । साम्राज्यवादको विश्लेषणको आधारमा, लेनिनले औपनिवेशिक देशहरूमा गरिएका राष्ट्रिय मुक्ति संघर्षहरूलाई राष्ट्रहरूको आत्मनिर्णयको प्रश्नसित जोडने काम गरे । यसरी यसले विश्वका जनताको अत्यधिक बहुमतलाई समेट्न सक्यो । यो केही देशहरूको एउटा आन्तरिक राज्यको समस्या मात्रै रहेन्, जोसंग उनीहरूको सिमानाहरूभित्र उत्पीडित राष्ट्रियता(नेश्नलिटिज) थिए । राष्ट्रियताको प्रश्न एउटा विश्व समस्या बन्यो, सबै परनिर्भर देशहरू र साम्राज्यवादको बोझबाट उत्पीडित जनताको मुक्तिको प्रश्न भयो ।

यसरी जब लेनिनले, १९१६मा उनको थेसिस ‘समाजवादी क्रान्ति र आत्मनिर्णयका लागि राष्ट्रहरूको अधिकार’्र प्रस्तुत गरे, उनले उनको विश्लेषणमा विश्वका सबै देशहरू संलग्न गराएका थिए । उनले विश्वका देशहरूलाई तीन प्रमुख प्रकारहरूभित्र विभाजीत गरेका थिएः  

पहिलो, पश्चिम युरोप र संयुक्त राज्य अमेरिकाका विकसित देशहरू । यिनीहरू उत्पीडक राष्ट्रहरू हुन् जसले उपनिवेशहरूमा रहेका अन्य राष्ट्रहरू र उनीहरूका आफ्नै देशभित्र उत्पीडन गर्दछन् । यी शासक राष्ट्रहरूका सर्वहाराको काम राष्ट्रिय उत्पीडनको विरोध गर्नु हो र उनीहरूका साम्राज्यवादी शासक वर्गहरूद्धारा उत्पीडित जनताहरूको राष्ट्रिय संघर्षहरूलाई सहयोग गर्नु हो । 

दोस्रो, पूवी युरोप र खासगरी  रसिया । यी देशहरूका सर्वहाराको काम आत्मनिर्णयलाई राष्ट्रहरूको अधिकारलाई उच्चा राख्नु हो । यो सम्वन्धमा एकदमै कठिन तर सबैभन्दा महत्वपूर्ण काम उत्पीडक राष्ट्रहरूमा रहेका मजदुरहरूका वर्ग संघर्षलाई उत्पीडीत राष्ट्रहरूमा रहेका मजदुरहरूका वर्ग संघर्षसित मिसाउनु हो । 

तेस्रो, अर्धओप्निवेशिक देशहरू जस्तै चीन, प्रशिया, टर्कि, र सबै उपनिवेशहरू, जसको त्यस समयमा एकमुष्ठ जनसंख्या एक अरबभन्दा बढि थियो । यी औपनिवेशिक देशहरूको सन्दर्भमा, लेनिनले यो अडान लिएकि समाजवादीहरूले उपनिवेशहरूको सर्तहिन र तुरून्तै मुक्तिको माग मात्रै गर्ने होइन् , बरू ती देशहरूमा राष्ट्रिय मुक्तिका लागि गरिएका  आन्दोलनलाई दृढतापूर्वक समर्थन पनि दिनु पर्दछ र उनीहरूलाई उत्पीडन गर्ने साम्राज्यवादी शक्तिहरूका विरूद्धका विद्रोह र क्रान्तिकारी युद्धलाई सहयोग गर्नु पर्दछ । 

अन्तराष्ट्रिय समाजवादी आन्दोलनभित्र यो नै पहिलो पटक थियो कि जसले राष्ट्र र उपनिवेशको प्रश्नमा यस्तो स्पष्ट अडान लिएको थियो । त्यहाँ स्वभावतः यस्ता केही बहस र भ्रमहरू थिए । एउटा यस्तो तर्क थियो कि आत्मनिर्णय र राष्ट्रिय मुक्तिलाई समर्थन गर्नु भनेको सर्वहारा अन्तराष्ट्रवादका विरूद्ध जान्थ्यो । यसको तर्क थियो कि सबै राष्ट्रहरूलाई एक आपसमा गाभेर (मर्जरगरेर) समाजवादको लक्ष्य प्राप्त हुन्थ्यो । लेनिन सहमत थिए कि समाजवादको लक्ष्य भनेको साना राज्यहरूभित्रका मावजातिको विभाजनलाई निमिटयान्न पार्नु हो, राष्ट्रहरूलाई एक आपसमा नजिक ल्याउनु हो, र तिनीहरूलाई मर्जसमेत गर्नु हो । यद्धपि उनले महसुस गरे राष्ट्रहरूको जवरजस्ति मर्जर गरेर यो प्राप्त गर्न अस्मभव हुने छ । सबै उत्पीडित राष्ट्रहरू जसमा वेग्लै हुन पाउने उनीहरूको स्वतन्त्रताको पूर्ण मुक्तिको सक्रमणकालिन अवधिमार्फत गएर मात्रै राष्ट्रहरूको मर्जर प्राप्त गर्न सकिनथ्यो । त्यो भनेको वैग्लै भएर वस्न पाउनु उनीहरूको स्वतन्त्रता हो । १९१८मा पार्टी कार्यक्रम प्रस्तुत गर्दै गर्दा लेनिनले भने, “हामीले स्वतन्त्र एकिकरण चाहन्छौ, त्यसैले त हामीले वैग्लै भएर वस्न पाउने अधिकारलाई स्विकार गर्नु पर्दछ । वैग्लै भएर वस्न पाउने स्वतन्त्रता विना, एकिकरणलाई स्वतन्त्र भन्न सकिदैन् । ” यो नै राष्ट्रिय प्रश्नप्रति सर्वहाराको जनतान्त्रिक पद्धति थियो, राष्ट्रिय उत्पीडन र राज्य हडप्नेको पुँजीवादी नीतिका विरूद्धको सही नीति थियो ।