२३ राजनीतिक संगठनका तर्फबाट गिरफ्तार नेता–कार्यकर्तालाई रिहाई गरी वार्ताको पहल गर्न सरकारसँग सी.पी. गजुरेलद्वारा वक्तव्य प्रकाशित

२३ राजनीतिक संगठनका तर्फबाट गिरफ्तार नेता–कार्यकर्तालाई रिहाई गरी वार्ताको पहल गर्न सरकारसँग सी.पी. गजुरेलद्वारा वक्तव्य प्रकाशित

माघ २ काठमान्डौ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायत चार जना नेता तथा कार्यकर्ताको गिरफ्तारीलाई लिएर २३ राजनीतिक संगठनको कार्यगत एकताको तर्फबाट गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताको तत्काल रिहाईका लागि जोडदार माग
गर्दै सी.पी. गजुरेलद्वारा वक्तव्य प्रकाशित गरिएको छ, जसको पूर्णपाठ तल दिइएकोछ ः

गिरफ्तार नेता–कार्यकर्तालाई रिहाई गरी वार्ताको पहल गर

हामीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न र उक्त पार्टीमाथिको प्रतिबन्ध हटाउन माग गर्दै र केपी ओली सरकारलाई सुझाव दिँदै आएका छौं । यदाकदा सरकारले वार्ताको प्रचार पनि गर्ने गरेको छ । तर, यही पुस २९ गते अपराह्न त्यस पार्टीका केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायत चार जनालाई गिरफ्तार गरिनुले सरकार दमनतिरै अग्रसर भएको देखिन्छ । हामी २३ राजनीतिक संगठनका तर्फबाट गिरफ्तार नेता–कार्यकर्तालाई रिहाई गरी वार्ताको बाटोबाट समस्याको समाधान खोज्न सरकारसँग माग गर्दछौं ।
कार्यगत एकतामा सम्मिलित २३ राजनीतिक संगठनहरु
१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी) ३. नेकपा (माले) ४. राष्ट्रिय जनमोर्चा, नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. नेकपा (माओवादी केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च १०. जनसमाजवादी पार्टी,
११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद्, नेपाल १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्शेविक), १५. राष्ट्रवादी केन्द्र, नेपाल, १६. एम.सी.सी. खारेज अभियान,
१७. पुष्पलाल अध्ययन समाज, १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२. ने.क.पा. (माओवादी) र २३. समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।

सी.पी. गजुरेल
(२३ राजनीतिक संगठनको कार्यगत एकताका तर्फबाट)
मिति ः २०७७।१०।०२