अखिल (क्रान्तिकारी)ले दलित कोटाको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परीक्षा हलबाट निकालेको प्रति घोर निन्दा एवं भत्सर्ना गर्दै प्रेस वक्तव्य प्रकाशित

प्रकाशित मिति : २०७७ पुस २८

पौष २८ काठमान्डौ । अखिल (क्रान्तिकारी)ले दलित कोटाको छात्रवृत्तिमा अध्ययनरत रामजी राम र पंकज रामलाई वीरगञ्ज स्थित नेसनल मेडिकल कलेजले परीक्षा हलबाट निकालेको प्रति घोर निन्दा एवं भत्सर्ना गर्दै प्रेस वक्तव्य प्रकाशित गरेको छ, जसको पूर्ण पाठ तलदिइएकोछ ः

प्रेस वक्तव्य

हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शिक्षा र स्वास्थ्यमा भइरहेका सबै प्रकारका विकृति र विसंगतिका विरुद्ध निरन्तर संघर्षरत रहेको कुरा आम जनसमुदायलाई अवगत नै छ । यही पुस २७ गतेदेखि सुरु भएको एम.बी.बी.एस. चौथो वर्षको परीक्षामा सहभागी दुई दलित विद्यार्थी रामजी राम र पंकज रामलाई वीरगञ्ज स्थित नेसनल मेडिकल कलेजले परीक्षा हलबाट निकालेको प्रति हाम्रो संगठन उक्त कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछ । दलित कोटाको छात्रवृत्तिमा अध्ययनरत उहाँहरुबाट जबर्जस्त रुपमा कलेज प्रशासनले मनपरी शुल्कको लागि ताकेता गर्नु र चिकित्सा शिक्षा आयोग समेत यसमा गैह्रजिम्मेवार बन्नुले हामीलाई थप गम्भीर बनाएको छ । अविलम्ब उहाँहरुलाई परीक्षामा सामेल गराउन नेपाल सरकार, सम्बन्धित निकाय र कलेज प्रशासनसमक्ष हार्दिक अनुराध गर्दछौं । अन्यथा, सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं ।
क्रान्तिकारी अभिवादन सहित !

हरिकृष्ण गजुरेल
अध्यक्ष