देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल केन्द्रीय सचिवालयको बैठकले गरेका निर्णयहरुको कार्यान्वयन एवं जानकारीका लागि प्रेषित परिपत्र

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल केन्द्रीय सचिवालयको बैठकले गरेका निर्णयहरुको कार्यान्वयन एवं जानकारीका लागि प्रेषित परिपत्र

मितिः २०७७.०९.२८

कमरेड अध्यक्ष,
……………प्रदेश समिति ।

विषय ः परिपत्र ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल केन्द्रीय सचिवालयको बैठक २०७७.०९.२८ गते अध्यक्ष सी.पी. गजुरेलको अध्यक्षतामा काठमाडौंमा बस्यो । बैठकले गरेका निर्णयहरुको कार्यान्वयन एवं जानकारीका लागि यो परिपत्र प्रेषित गरिएको छ ।

१. श्रद्धाञ्जली अर्पणः
विगतका जनयुद्ध, जनआन्दोलनलगायत विभिन्न संघर्षका दौरानमा शहादत प्राप्त गर्नुभएका ज्ञात÷अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरियो ।
२. संगठनात्मक विषयः
(क) लुम्बिनी प्रदेश समितिका सचिव कमरेड तेज विक्रम शाहीलाई केन्द्रीय समिति एवं सचिवालय सदस्यमा मनोनयन गरिएको छ ।
(ख) संगठन निर्माण एवं विस्तारका लागि निम्नानुसारका कार्यक्रमहरु तय गरिएको छ–
(अ) नयाँ सदस्यता वितरण गर्ने ।
(आ) पुरानो सदस्यताको नवीकरण गर्ने ।
(ई) यही २०७७ चैतभरि स्थानीय तहसम्म संगठन निर्माण र विस्तारको काम गर्ने ।
(ऊ) आगामी २०७८ वैशाखमा भेला तथा सम्मेलनहरु आयोजना एवं सम्पन्न गर्ने ।
३. संघर्षका कार्यक्रमः
देशको वर्तमान राजनीतिक परिस्थितिमाथि ध्यान दिँदै निम्नानुसार संघर्षका कार्यक्रमहरु तय गरिएको छ–
(क) हाम्रो संगठनको पहलमा राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका विषयहरुलाई समेटेर संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने ।
उपर्युक्त विषयहरुमा अन्य पक्ष एवं संगठनहरुसँग पनि सहकार्य एवं कार्यगत एकता गरेर संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ख) प्रदेश समितिको पहलमा सम्बन्धित स्थानहरुका विषय एवं मुद्दाहरुलाई समेटेर स्थानीय तहसम्म संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ग) निम्न नारालाई व्यापकरुपमा प्रचार–प्रसार गर्ने –
दलाल संसदीय प्रतिक्रियावादी व्यवस्था – खारेज गरौं !
संघीय जनगणतन्त्र स्थापनाका लागि – संघर्ष गरौं !!

क्रान्तिकारी अभिवादन सहित !

सी.पी. गजुरेल
अध्यक्ष