विद्यार्थीबाट लिइने अवैज्ञानिक शुल्क खारेज गर्न अनेरास्ववियु क्रान्तिकारीको माग

प्रकाशित मिति : २०७७ पुस २८


पौष २७ मोरङग ।
अनेरास्ववियु क्रान्तिकारी पूर्वाञ्चल विश्वविद्यालय समन्वय समितिका संयोजक, केन्द्रीय सचिव तथा प्रदेश नं १ का विद्यार्थी संयोजक सूर्य कार्कीको विशेष उपस्थितिमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादव कोइरालालाई विद्यार्थीबाट लिइने अवैज्ञानिक शुल्क खारेज गर्न अनेरास्ववियु क्रान्तिकारीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन ।
उक्त ज्ञापनपत्रमा विश्वविद्यालयले विद्यार्थीहरुबाट लिइने अवैज्ञानिक शुल्क खारेजीको माग गरीएको छ । पूर्वाञ्चल विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु क्रान्तिकारीले यस्तो माग गरेको हो । त्यसैगरी अनेरास्ववियु क्रान्तिकारीले विद्यार्थीहरुको छात्रवृति अन्तरगत लिने गरेको शुल्क पनि तत्काल खारेज गर्न माग गरेको छ । उसले शिक्षा र स्वास्थ्यलाई निशुल्क र सर्वशुलभ गर्न तथा नेपाली विद्यार्थी अध्यनका लागि विदेश जाने परिपाटीको अन्त्य गर्न पनि माग गरेको छ । कलेजहरुको कमजोरीका कारण विद्यार्थीहरु पीडित हुन नपरोस भन्दै परिक्षा पारदर्शी तथा नियमित गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ ।