पार्टीमा समस्या पर्दा भक्तबहादुरकहाँ जान्थ्यौँ – सि.पि.गजुरेल

प्रकाशित मिति : २०७७ पुस २८

- मुलबाटो सम्वाददाता÷


२७ पुस÷काठमाण्डौँ

‘जब जब पार्टीमा अन्तरसङ्घर्ष चर्कन्थ्यो र समस्या पैदा हुन्थ्यो तब हामी कमरेड भक्तबहादुरसँग सल्लाह लिन जान्थ्यौँ ।’ उक्त कुरा आज आयोजित नेपाली कम्युनिष्ट आन्दोलनका शिखर व्यक्तित्व भक्तबहादुर श्रेष्ठको नवौँ स्मृति दिवसमा नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष सिपि गजुरेलले बताउनु भएको हो । उहाँले भक्तबहादुर श्रेष्ठको योगदान बारे चर्चा गर्दै छिन्नभिन्न अवस्थामा रहेको नेपाली कम्युनिस्ट आन्दोलनलाई चौथो महाधिवेसनको धारा मार्फत् सङ्गठित गर्न भक्तबहादुर श्रेष्ठले महत्वपूर्ण र निर्णायक भूमिका खेलेको बताउनु भयो ।
‘चौममा नेतृत्वको सङ्कट परेको बेला भक्तबहादुरले पार्टीको महासचिव भएर पार्टीलाई नेतृत्व प्रदान मात्रै गर्नुभएन वैचारिक रूपले पार्टीलाई क्रान्तिकारी धारामा अगाडि बढाउनु भएको थियो’ नेता गजुरेलले भन्नुभयो । भक्तबहादुर श्रेष्ठमा माक्र्सवादी दर्शनको गहिरो ज्ञान र त्यसलाई सरल रूपमा व्याख्या गर्न सक्ने क्षमता रहेको गजुरेलको भनाइ थियो । चौथो महाधिवेसनको धारा नेपाली कम्युनिस्ट आन्दोलनको मूल धारा रहेको बताउँदै नेता गजुरेलले भक्तबहादुर नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास भएको बताउनु भयो ।
कार्यक्रमका अर्का वक्ता नेकपा क्रान्तिकारी माओवादीका पोलिट व्युरो सदस्य दीनेश शर्माले भक्तबहादुर आफ्नो प्रेरणाका श्रोत भएको बताउँदै श्रेष्ठमा माक्र्सवादी दर्शन, विचारलाई सरल भाषा शैलीमा व्याख्या गर्न सक्ने क्षमता रहेको बताउनु भयो । भक्तबहादुर जेलमा बस्दा पनि माक्र्सवादी विचार दर्शनलाई लेख रचनामार्फत् कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्रिय भूमिका खेलेको चर्चा गर्नु भयो । ‘उहाँले नेताहरूको सही विश्लेषण गर्न र सिधासिधा रूपमा आलोचना गर्न सक्नुहुन्थ्यो’ दिनेश शर्माले भन्नु भयो । त्यसैगरि कार्यक्रमलाई सम्वोधन गर्दै अखिल नेपाल जनजाति महासङ्घका केन्द्रीय उपाध्यक्ष पवनमान श्रेष्ठले भक्तबहादुरले क्रान्तिकारी विचारलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका भन्नुभयो । ‘उहाँले सदैव क्रान्तिकारी धाराको पक्षमा आपूmलाई दृढतापूर्वक उभ्याउनु भयो’ पवनमानले भन्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै इच्छुक सांस्कृतिक प्रतिण्ठानका अध्यक्ष हिरामणि दुःखीले माक्र्सवादी दर्शनका कुसल व्याख्याताका रूपमा भक्तबहादुर श्रेष्ठलाई पाएको बताउनुभयो । मशालकालदेखि नै भक्तबहादुर श्रेष्ठका बारेमा आपूmले जानकारी पाएको र माक्र्सवादी दर्शनको अध्ययनमा भक्तबहादुर श्रेष्ठका रचनाहरूबाट धेरै कुरा सिक्ने अवसर पाएको दुःखीको भनाई थियो । सो अवसरमा दुःखीले जनयुद्धको विचार नीति र नेतृत्व प्रचण्ड एक्लैले गरेको भनेर जसरी भ्रम छरिएको छ त्यो वास्तविक नभएर चौथो महाधिवेसनदेखि मशाल र एकताकेन्द्र तथा माओवादी हुनेबेलासम्म भक्तबहादुर लगायतका नेताहरूको सामूहिक योगदानबाट जनयुद्ध सुरु भएको बताउनु भयो । कार्यक्रममा प्रा.डा जगदीशचन्द्र भण्डारीले भक्तबहादुर श्रेष्ठको चर्चा गर्दै उहाँ वैचारिक, राजनीतिक, दार्शनिक र साङ्गठनिक क्षेत्रमा परिपक्व र फरक व्यक्तित्व भएको भन्नु भयो ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानको इच्छुक प्रेक्षालयमा आयोजित कार्यक्रमलाई अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अम्विका मुठभरी, युवा नेता अमिर महर्जन, भक्तबहादुर प्रतिष्ठानका सदस्य तथा भक्तबहादुरका भतिजा दीनेश श्रेष्ठ, मजदूर नेता ईश्वर तिम्सिनालगायतले भक्तबहादुर श्रेष्ठको व्यक्तित्व र कम्युनिस्ट आन्दोलनमा उहाँले पु¥याएको योगदानको विषद चर्चा गर्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष सि.पि. गजुरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य हरिकृष्ण गजुरेलले गर्नुभएको थियो ।