
म तापिरहन्छु
यी नदीहरु
बगिरहन्छ्न
कहिल्यै नथाकी
हिंडिरहन्छ्न
त्यसैगरी
यहाँको हावा
नरोकिकन
यता र उता
हुइँकिरहन्छ
यो धरती
अनि यो
सम्पूर्ण दुनियाँ
आकास र यसका
सबै रङ्ग
यसैगरी यसैगरी
रहिरहन्छ्न
मेरो शरीर
अनि यसभित्र
बगिरहने रगत
जस्ताको तस्तै
रहिरहन्छ्
म बाँच्छु
त्यसैगरी
जसरी मानिसको
रगतमा अनि
उसकै
इतिहासमा
बाँकी रहेको छ
मानिस हुने
कलात्मक संघर्ष
म मान्छु
जबसम्म
मानिसका बिच
ठुलो र सानो
त्यो र यो
यस्तो र उस्तो
माथिल्लो र तल्लो
रहन्छ
तबसम्म रहन्छ
विद्रोहको आगो
म त्यसलाई
तापिरहन्छु
रिसाउनेहरू
चाहे रिसाउन
चाहे बाटो बदली
दुस्मनकै खेती गरून्
म आगो हुँ
बलिरहन्छु
ठोसिइन्छु





























