गद्दारहरुबाट लालझन्डा खोस !

गद्दारहरुबाट लालझन्डा खोस !

इतिहासमा कयौं पटक संशोधनवादी हरुले
लालझन्डाको दुरुपयोग गरेका छन ।
बर्नस्टिन संशोधनवादको सुत्रधार थियो ।
यो संगै कार्ल काउत्स्की,ट्राटस्की, बुखारिन, ख्रुस्चेभ,
छन तु स्यु, ल्यु शाओ ची र देङ सिआओपिङ हरुले
कम्युनिस्ट विचार/दृष्टिकोण एवं आन्दोलन विरुद्ध
संशोधनवाद लागु गर्ने दुस्साहस गरे ।
अर्थात लालझन्डा विरुद्ध गद्दार गरे ।
आज नेपालमा पनि र विश्वभर
सामन्तवाद/दलाल पुँजिवाद/पुँजिवादले
कम्युनिस्ट आन्दोलन भित्रका संशोधनवादी गद्दारहरु मार्फत
श्रमिक वर्गको निम्ति भौतिक जीवन भन्दा प्यारो
लालझन्डा कब्जा गर्ने दुस्साहस गर्दैछ ।
हरेक चिज उल्टो हुन्छ
जब श्रमिक वर्गको प्यारो लालझन्डा
गद्दारहरुले कब्जा गर्छन ।
जस्तो कि
गद्दारहरु लालझन्डा देखाएर
मजदुर किसानको हत्या गर्छन
महिला हिंसा र बलात्कार गर्छन
धर्मको, जातको कुरुप राजनीति गर्छन
सामाजिक शोषण, दमन र उत्पीडनको राजनीति गर्छन ।
जस्तो कि
गद्दारहरु लालझन्डा देखाएर
साम्राज्यवाद/विस्तारवादको योजना वा निर्देशनमा
विभिन्न राष्ट्रघाती सन्धि/सम्झौता मार्फत राष्ट्रघात गर्छन ।
जनतन्त्रको हत्या गर्छन ।
अहिले तीव्र गतिमा गद्दारहरु
लालझन्डा दुरुपयोगको दुस्साहस गर्दैछन ।
ओ श्रमिक, किसान र उत्पीडितहरु!
लालझन्डा तिम्रो रगत पसिना र वलिदानको झन्डा हो ।
लालझन्डा तिम्रो मुक्ति, न्याय र समानताको झन्डा हो ।
यसर्थ, संशोधनवादी गद्दारहरु बाट लालझन्डा खोस !
किनकि यो तिम्रो र मात्रै तिमिहरुको झन्डा हो ।
अर्थात यो हाम्रो झन्डा हो ।
ओ श्रमिक, किसान र उत्पीडितहरु!
गद्दारहरुबाट लालझन्डा खोस !