काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगामी कदम ठहर गरेको २३ राजनीतिक दलको कार्यगत एकताले आइतबार (भोलि) अग्रगामी विकल्पको पक्षमा विरोध जुलुस र विरोध सभाको आयोजना गरेको छ । संसदवादी प्रमुख दलहरू पहिलो चरणको कार्यक्रम सकेर बैठक भेलामा केन्द्रित भैरहेका बेला संसद बाहिर रहेका २३ राजनीतिक पार्टी तथा संगठनहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।

देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले २३ राजनीतिक संगठनहरुको तर्फबाट जारी गरिएको वक्तव्यमा प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटन प्रतिगामी उन्मुख फासिवादी कदम भएको जनाइएको छ ।

घोषित कार्यक्रम अनुसार माइतीघर मण्डलाबाट आइतबार १ बजे निस्कने बिरोध जुलुस बानेश्वरमा पुगेर बिरोध सभामा परिणत हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर