पौष १६ कालीकोट । नेकपा क्रान्तिकारी माओवादी कालीकोट जिल्ला पचाल झरना गाउँ पालिका वार्ड नं. ५ मा संगठन विस्तार को कार्यक्रम सम्पन्न गरिएको छ । जसमा सचिव धनसुर लोहाल, सदस्यहरुमा विर्ख विक, कलेन्द्र लोहार, धने लोहार, अईमान कुमाल, दलजित कुमाल, रत्न लोहारसहीतको गाउँ कमिटि गठन भएको छ । जसमा धनसुर लोहाल, कलेन्द्र लोहार र दलजित कुमाल विप्लव नेतृत्वको नेकपाबाट प्रवेश गर्नु भएको हो । साथै सोही वाडामा क्रान्तिकारी युवा लिगको पनि गाउँ कमिटि गठन गरिएको छ, जसमा संयोजक प्रेम कुमाल र सदस्यहरुमा भक्ति कुमाल, चञ्चल कुमाल, लक्ष्मण नेपाली, वसन्त कुमाल, सन्तोष तिरुवा, विश्व कुमाल, धनराज कुमाल हुनुहुन्छ ।
सोही वडामा माओवादी जनयुद्धमा लामो समय रहनुभएका हरे कुमालको संयोजकत्वमा रुखुमा कुमालआदि सहीत देजमो गठनका लागि पहल गर्ने निणय गरिएको छ ।
त्यसैगरी पलाँटा गाउँ पालिका वार्ड न.. ७ , ८ र ९मा संगठन विस्तारका लागि कार्यक्रम अगाडि बढिरहेका छन् । उक्त वाडाहरुमा त्याहाँका सहीद परिवार, पूर्व जनमुक्ति सेना, घाइते र उनका परिवारहरु सँगको भेटघाट कार्यक्रमलाई तीव्रता दिइएको छ । भेटका क्रममा उहाँहरुले क्रान्तिका लागि आफू अझे तयार रहेका प्रतिवद्धता जनाउनु भएको छ ।
उल्लेखित सबै कायृक्रमहरुमा कालीकोट जील्ला सेक्रेटरी कणबहादुर विसी र क्रान्तिकारी युवा लिग केन्द्रीय महासचिव दिलबहादुर कठायतको नेतृत्व र उपस्थिति रहेको थियो ।





























