आज विश्व सर्वहारा वर्गका महान नेता तथा चिनियाँ कम्युनिस्ट पार्र्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको १२८ औ जन्म दिवस हो । आजकै दिन अर्थात २६ डिसेम्बर सन १८९३ मा चीनको हुनान प्रान्तको श्याङश्यान काउन्टिको शाओसान गाउँमा एक किसान परिवारमा उहाँको जन्म भएको थियोे । कमरेड माओ एउटा अर्धसामन्ती र अर्ध उपनिवेशिक देशामा गरिने नयाँ जनवादी क्रान्तिका विचारक र क्रियान्यनकर्ता समेत हुनुहुन्छ र उहाँकै नेतृत्वमा सन १९४९ अक्टुवर १ का दिन महान चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो
कमरेड माओ माओवादको प्रतिपादक पनि हुनुहुन्छ अर्थात सर्वहारा वर्गको नेतृत्वमा निरन्तर क्रान्तिको सिध्दान्तका सिध्दान्तकार समेत हुनुहुन्छ र आज माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्न पुगेको छ । जस्तो कि माक्र्सवाद–लेनिनवाद –माओवाद आज विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्न पुगेको र माओवादलाई आत्मसात नगरीकन कोही पनि आज सच्चा कम्युनिस्ट बन्न सक्तैन ।
कमरेड माओले विश्व कम्युनिस्ट आन्दोलनमा जुन दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा जुन योगदान पुर्याउन भएको छ , उहाँका ती सार्वभौम योगदानहरु रक्षा , प्रयोग र विकास गर्ने ऐतिहासिक कार्यभार आज विश्वभरका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र सम्पूर्ण उत्पीडित राष्ट्र तथा जनसमुदायको काँधमा आएको छ ।
यश ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पनि कमरेड माओका ती सार्वभौम योगदानहरुको रक्षा र प्रयोग र विकास गर्ने विश्व सर्वहारा वर्ग र उत्पीडित राष्ट्र तथा जनसमुदायलाई समर्थन र सहयोग गर्ने र विश्व क्रान्तिको महान अभियानमा लामबध्द हुने अटल विश्वास र प्रतिबद्धता जाहेर गर्दै कमरेड माओ प्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित ।
मिति २६ डिसेम्बर २०२०
(हस्तबहादुर केसी)
अध्यक्ष अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र, केन्द्रीय कार्यालय काठमाडौं , नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर