आज १ सय २८ औं माओ दिवस, क्रान्तिकारी माओवादीले देशैभर विभिन्न कार्यक्रम गरि मनाउँदै

आज १ सय २८ औं माओ दिवस, क्रान्तिकारी माओवादीले देशैभर विभिन्न कार्यक्रम गरि मनाउँदै

काठमण्डौं, ११ पुस । आज १ सय २८ औं माओ दिवस हाे । चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्मदिनको अवसरमा संसारभरका कम्युनिस्ट पार्टीहरुले यो दिवस मनाउने गरेका छन् ।
२६ डिसेम्बर सन् १८९३ मा माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । माओले चिनियाँ जनवादी क्रान्ति सम्पन्न गरि माक्र्सवादका तीनवटा संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा सार्वभाैम विकास गर्नुभएकाे थियाे । माओ दिवसकाे अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) ले काठमाडौं लगायत देशैभर विभिन्न कार्यक्रम गरि माओदिवस मनाउँदैछ । पार्टी महासचिव माेहन वैद्य किरणकाे विशेष उपस्थितिमा पार्टी कार्यालय कुपोन्डोलमा कार्यक्रमकाे आयाेजना गरिएकाे छ भने अन्य प्रदेश जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमहरुकाे आयाेजना गरिएकाे सम्बद्घ स्राेतले जनाएकाे छ ।
नेपालमा माक्र्सवाद-लेनिनवाद-माओवाद पथप्रदर्शक सिद्धान्तमा आधारित भएर तत्कालिन विद्रोही नेकपा माओवादीले दशवर्षसम्म राज्य विरुद्ध सशस्त्र संघर्ष गरेको थियो । संघर्षकै बलमा तत्कालिन विद्रोही नेकपा माओवादी र तत्कालिन सात राजनीतिक दलको आन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य भएको थियो । मुल नेतृत्वमा विचार र राजनीतिमा विचलन देखापरेपछि शान्ति प्रकृयापछि जनयुद्ध लडेकाे माओवादी पार्टी विभिन्न समूहमा विभाजित हुन पुग्याे ।
आज पार्टीको पथप्रदर्शक सिद्धान्तको रुपमा माक्र्सवाद-लेनिनवाद-माओवादलाई अंगिकार गर्ने पार्टी नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वकाे नेकपा लगायत मात्रै रहेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी)ले नेपालमा नेपाली विशिष्टतामा आधारित सशस्त्र विद्राेह मार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवाद हुँदै साम्यवादकाे दिशामा निरन्तर अगाडि बढ्ने कार्यदिशा अँगालेकाे छ ।
विकसित राजनीतिक परिस्थितिकाे ठाेस विश्लेषण गर्दै क्रान्तिकारी माओवादीले संघीय जनगणतन्त्रकाे राजनीतिक नारा अगाडि सारेकाे छ । अहिले संसदीय व्यवस्थाकाे विकल्प संघीय गणतन्त्र भन्ने मुल नाराका साथ क्रान्तिकारी माओवादीले देशव्यापी सडक आन्दाेलन गरिरहेकाे छ ।