“माकर््सवाद—लेनिनवाद–माओवाद एक बैज्ञानिक विश्व दृष्टिकोण हो ”
भरत वुर्जामगर
माकर््सवाद विश्व सर्वहारा वर्ग मुक्तिको सवभन्दा उत्कृष्ट वैज्ञानिक सिद्धान्त जर्मन दार्शनिक कार्ल माकर््स(१८१८–१८८३) र फेडरिक एंगेल्सद्धारा (१८२०–१८९५) जर्मन दार्शनिक गेओर्ग विल्हेल्म फेडरिक हेगेलको (१७७०–१८३१) द्धन्द्धात्मक आदर्शवाद बाट द्धन्द्धात्मक र लुडविक फायरबाखको (१८०४–१८७२) भौतिकवाद समायोजन गरी द्धन्द्धात्मक भौतिकवाद माकर््सवादी दर्शनको रुपमा बिकाश गरिएको हो । पु्रधों र लासालको अराजकवाद दक्षीणपन्थी सुधारवाद, व्लांकी–वाकुनिनको उग्रवाद सहित सवैखालको प्रतिकृयावादसित संधर्ष गरी खारिएको सिद्धान्त हो । माकर््सवाद सर्वप्रथम सन १८४८ मा माकर््स–एंगेल्सद्धारा “कम्युनिष्ठ मेनेफेष्टो (कम्युनिष्ट घोषणापत्र)” मार्फत विश्वसामु उद्घोष गरियो । माकर््सवादको मुख्य तीन संघटक दर्शन, राजनितिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद हुन् । माकर््सवाद दर्शनमा द्धन्द्धात्मक ऐतिहासिक भौतिकवाद वर्ग, वर्ग संघर्ष, सत्तामा बलप्रयोगको भुमिका, सर्वहारा वर्गको अधिनायकवादत्व, समाजवाद र वैज्ञानिक साम्यवाद आदि हुन् । माकर््सवाद सर्वप्रथम सन् १८७१ मा पेरिसका मजदुरहरुले पेरिस कम्युनार्डको नेतृत्वमा पुजीपतिको सत्ताको बिरोधमा विद्रोह गरे भने पुँजीवादी राज्यसत्ता ढल्यो र पेरिस कम्युनले ७२ दिन सत्ता चलाई अन्त्यमा सर्वहारा वर्गको पार्टि र सेनाको अभावले पेरिस कम्युनको सत्ता ढल्यो । त्यसपछि सर्वहारा वर्गको राज्यसत्ता प्राप्तिको लागि बल प्रयोगको भुमिका अनिवार्य हुन गयो माकर््सवादमा । माकर््स–एंगेल्सद्धारा माकर््सवादलाई क्रान्तिकारी बनाइयो तर सन् १८८३ मा कार्ल माकर््सको निधन भयो । त्यसपछि एंगेल्सले माकर््सको संश्लेषित विचारलाई माकर््सवाद नामाकरण गर्नु भयो । माकर््सवादमा राजनीतिक अर्थशास्त्रको व्याख्या दाश क्यापिटल मार्फत माकर््सद्धारा टिपोट तयार भए पनि त्यसलाई एंगेल्सले पुस्तकको रुपमा तयार गर्नु भयपनि सन् १८९५ मा फेडरिक एंगेल्सको पनि मृत्यू भयो । मानव समाजमा वर्ग संघर्ष भएकाले दास यूग, सामन्त यूग र पुँजिवादी यूग सम्म आईपुग्दा वर्गिय समस्या हल भएन विश्वका महान दार्शनिकहरुले विश्वको व्याख्या गरे तर समाधान भएन । माकर््सवादी दर्शनले विश्वलाई वस्तूवादी अथवा वैज्ञानिक ढंगले व्याख्या गर्नुको साथै विश्व बदल्ने दिशा निर्देश ग¥यो । माकर््सवादीले पुँजिवादी देशमा सर्वहारा बर्गले पँुजिपति बर्गको सज्यसत्ता सशस्त्र वलद्धारा ध्वस्त गरी सर्वहारा अधिनायकत्व भएको वैज्ञानिक समाजवाद जहाँ सवै जनतालाई काम गर्न समान अवसर दिनुको साथै क्षमता अनुसार काम र काम अनुसार ज्याला दिने हुन्छ स्थापित गरी विश्व समाजवादीमय वनाउदै विकाशको अन्तिम चरणमा क्षमताअनुसार काम र आवश्यकतानुसार माम भन्ने नाराको साथ वैज्ञानिक साम्यवादी समाजमा वदल्नेछ ।”
माकर््स र एंगेल्सको मृत्यू पश्चात क्रान्तिकारी माकर््सवादलाई गहिरोसित अध्ययन, विकाश र व्यवहारिक रुपमा लागु गरी विश्व मानव समाज विशेषतः सर्वहारा वर्गलाई उन्नत अवस्थामा पु¥याउने काम विश्वको विशाल देश रुसका माकर््सका चेला तथा माकर््सवादी दार्शनिक तत्कालीन सोभियत संघको रुसी कम्युनिष्ट पार्टीका महासचिव भ्लादिमीर ईल्यीच उल्यानोभ लेनिन (सन् १८७०–१९२४)हुनु हुन्थ्यो । भि.आई. लेनिनले माकर््सवादलाई सन् १९१७ को रुसि “अक्टोबर समाजवादी क्रान्ति” द्धारा व्यवहारीक रुपले पुष्ट्याई गरिदिनु भएकोले माकर््सवाद–लेनिनवादमा विकाश गर्नु भयो । सन् १९२४ लेनिनको मृत्यू पछि सोभियत संघ रुसका तात्कालिन राष्ट्राध्यक्ष तथा कम्युतिष्ट पार्टिका तत्कालिन महासचिव जोसेफ स्टालिनले (सन् १९६९–१९५३) माकर््सवाद–लेनिनवाद भन्नुभयो । स्टालिन भन्नुहुन्छ, “माकर््सवादको विकसित रुप लेनिनवाद अथवा माकर््सवाद–लेनिनवाद हो ।” महान् लेनिनले माकर््सवादलाई माकर््सवाद–लेनिनवादमा विकाश गरि सन् १९१७ अक्टोबर २५ का दिन विश्वकै सबैभन्दा विशाल देश रुसमा पहिलो पटक प्रयोग गरि समाजवादी क्रान्ति गर्न लेनिन सफल हुनुभयो ।
माकर््सवादलाई माकर््सवाद–लेनिनवाद उच्च दोस्रो चरणमा विकाश गर्न महान लेनिनको निम्न योगदानहरु रहेका छन । १. सैद्धान्त पक्ष ः– माक्सवादको तिनै संघटकहरु (१) दर्शनशास्त्र (२) राजनितिक अर्थशास्त्र र (३) वैज्ञानिक समाजवाद गहिरोसित अध्ययन गरि त्यसको उन्नत, विकाश र प्रयोग लेनिनले गर्नु भयो । माकर््स र एंगेल्सको मृत्यू पछि दक्षीणपन्थि एडवर्ड बर्नस्टिन र वेलायति फेबियनवादिहरुले माकर््सवादलाई संसोधन गरि शान्तिपूर्ण विकाशवादी प्रकृयाद्धारा समाजवादमा जान सकिने अवधारणाको विरुद्ध लेनिनले “राज्य र क्रान्ति” नामक पुस्तक लेखि समाजवादको स्थापना क्रान्तिकारी साधनद्धारा क्रान्तिकारी ससस्त्र सघंर्स मार्फत मात्र सम्भव हुन्छ भन्नु भएको छ किनभने पूँजीवादी राज्यसत्ता सर्वहारा वर्ग दमन गर्न ससस्त्र वल सहित सुसजीत हुन्छ । त्यसैगरि माकर््सवादको आलोचना गर्दै ए. वग्दानोभ, ए. ल्यूनावास्की र वेनेचेर्ड मिलेर आध्यात्मवाद र भौतिकवाद भन्दा अर्को दर्शन आलोचनात्मक अनुभववाद जुन अस्टिमाचको वैज्ञानिक अनुभववादको आधारमा प्रतिपादित सशोधनवादी सिद्धान्त थियो । त्यो आदर्शवादि प्रतिगामि सिद्धान्त भएकोले त्यो बाटो जादा आध्यात्म र अन्धविश्वासमा पुग्नेछौँ भन्दै लेनिनले प्रगति, क्रान्ति र विज्ञान नजिक पु¥याउने द्धन्द्धात्मक भौतिकवाद र प्रकृति विज्ञान एकै विन्दुमा मिलन हुने माक्र्सको विचारलाई आत्मासात गर्दै द्धन्द्धात्मक भौतिकवादलाई उच्च स्थानमा पु¥याउनु भयो । लेनिनले अन्तरविरोधलाई व्यवहारिक पुष्टि गर्दै (१) गणितमा + (प्लस) र – (माइनस) (२) यन्त्र विज्ञानमा क्रिया र प्रतिक्रिया (३) भौतिकविज्ञानमा धनात्मक विधुत र ऋणात्मक विधुत (४) रसायन शास्त्रमा परमाणुको संधटन र विघटन तथा (५) समाज विज्ञानमा वर्ग संघर्स रहन्छ, यसबाट परिवर्तन वा विकाश हुन्छ भन्नुभएको छ ।
(२) परिस्थितिको विश्लेषण ः– उन्नाइसौँ शताब्दीको शुरुवातमा पँुजिवाद समान्तवाद भन्दा प्रगतिशिल थियो, त्यस परिस्थितिको समिक्षा गर्दै कार्ल माक्र्सले भन्नुभयो, “एउटा देशमा मात्रै समाजवादी क्रन्ति सम्भव छैन बरु अधिकांस देशहरुमा सम्भव छ ।” जहाँँ पूँजीवादको विकाश भएको छ त्यहाँ समाजवादी क्रान्ति हुन्छ त्यसैले कार्ल माक्र्सले पश्चिमी यूरोपमा पहिले समाजवादि क्रान्ति हुन्छ भन्नुभएको थियो । माक्र्सले समाजवादी क्रन्ति भयो भने सबैमा हुनेछ भएनभने कहिँ हुने छैन पनि भन्नु भएको थियो । तर बिसौँ शताब्दी लागेपछि पूजीँवादले साम्म्राज्यवादमा विकाश गरि परिस्थिति बदलियो । लेनिनको समय विसौँ शताव्दीमा पूँजीवादी मुलुकहरुको वीचमा अन्तरविरोधहरु बढेर गयो फलस्वरुप एउटा देशमा मात्रै पनि समाजवादी क्रान्ति हुने परिस्थिति बन्न गयो । लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै १९ औँ शताव्दीको माक्र्सको समयको एउटा देशमा मात्रै समाजवादी क्रान्ति सम्भव छैन बरु अधिकांस देशमा त्यसमा पनि पश्चिमि यूरोपिय देशहरुमा सम्भव छ भन्ने भनाईको विपरित एउटा देशमा मात्र पनि समाजवादी क्रान्ति त्यसमा पनि पूर्बी यूरोप रुसमा समाजवादी क्रान्ति सम्भव छ भनि लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषण ठोस निष्कर्स निकाल्नु भयो । लेनिनले “माकर््सवाद भनेको ठोस परिस्थितिको ठोस विश्लेषण र ठोस कार्यन्वयन हो भन्नुभयो ।
(३) क्रान्तिको लागि क्रान्तिकारी साधनहरु ः– पेरिस कम्यूनको कमजोरी हटाई लेनिनले पुँजीवादी मुलुकहरुमा बहुसंख्यक जनताका हिस्सा मजदुर हुने त्यसमा पनि सर्वहारा हुने भएकोले मजदरलार्ई संगठित र प्रशिक्षित गरि त्यहाँ कम्यूनिष्ट पार्टी र सर्वहारा सेना निर्माण गरि समाजवादी क्रान्ति गर्नको लागि लडाकु कम्यूनिष्ट पार्टी र सेनाको निर्माण गर्नु भयो । कम्यूनिष्ट पार्टी बनाउदा किसान र मजदुरलाई मिलाई बनाउने र नेतृत्व पूर्णकालिन बनाउनुको साथै लेनिनले संगठन परिचालनमा जनवादी केन्द्रीयताको सैद्धान्तिक अवधारणा ल्याउनु भयो ।
(४) क्रान्तिकारी कार्यदिशा ः– लेनिनले पुँजिवादी मुलुकमा समाजवादी क्रान्ति गर्न (१) राजनितिक कार्यदिशा समाजवाद हुने र (२) फौजि कार्यदिशा अल्पकालिन ससस्त्र आम जनविद्रोह जसको विशेषता (क) सहरबाट गाउँ घेर्ने (ख) बैधानिक संघर्सबाट अवैधानिक संघर्समा फड्को मार्ने र (ग) केन्द्रिय सत्ता पहिले र अन्त स्थानिय सत्ता मिलाउँदै जाने हुन्छ । कार्ल माक्र्स र एंगेल्सले जर्मनी बाट दर्शन वेलायतबाट राजनितिक अर्थशास्त्र र फ्रान्सबाट बैज्ञानिक समाजवाद संस्लेषित र विकसित गरि सर्वहारा वर्गसामु क्रान्तिकारी हतियार माकर््सवाद निर्माण गर्नुभयो । महान लेनिनले माकर््सवादलाई अध्ययन, विकाश र प्रयोग गरि माक्सवाद –लेनिनवाद उच्च दोस्रो चरणमा विकाश गर्नुभयो । कमरेड स्टालिनले लेनिनको मृत्यू पछि सन १८२४ देखि १९५३ सम्म माकर््सवाद –लेनिनवादलाई विश्वभरी प्रचार गर्नुभयो । कमरेड स्टालिनले स्थायी क्रान्ति पक्षधर भन्ने टाटस्की पन्थीहरुलाई नंग्याई सच्चा माकर््सवाद–लेनिनवादको ईमान्दारीका साथ रक्षा र प्रचार गर्दै सोभियत संघको समाजवादलाई अघि बडाउने क्रममा साम्राज्यवादीहरुले सन् १९३६ देखि १९४५ सम्म दोस्रो विश्व यूद्ध मार्फत सोभियत समाजवादी रुसलाई दखल दिन लाग्दा कमरेड स्टालिनले बुद्धिमताका साथ सोभियत संघ, समाजवाद र माकर््सवाद–लेनिनवादको महान रक्षा गर्नुभयो । यसरी माक्र्स र एंगेल्सले प्रतिपादन गर्नुभएको क्रान्तिकारी माकर््सवादलाई लेनिन र स्टालिनले माकर््वाद–लेनिनवादको रुपमा विकाश र प्रयोग गर्नुभयो ।
जर्मनी, वेलायात र फ्रान्स हुदै विकसित गरिएको माकर््सवादलाई रुसमा प्रयोग र विकाश गर्दा माकर््सवाद–लेनिनवादको उच्च दोस्रो चरणमा विकसित गरियो । माकर््सवाद–लेनिनवादलाई अर्धसामन्ति, अर्धऔपनिबेसिक चिनमा प्रयोग गरि सन् १९४९ मा चिनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । माकर््सवाद–लेनिनवादलाइ चिनको वर्ग संघर्सको भट्टीमा हालि चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष कमरेड माओले क्रान्ति सम्पन्न गरि माकर््सवाद–लेनिनवाद–माओवाद विकसित उच्च तेस्रो चरणमा विकाश गर्नुभयो । यसमा अध्यक्ष माओको निम्न योगदानहरु रहेका छन् । (१) दार्शनिक र सैद्धान्तिक पक्ष ः– अध्यक्ष माओले माकर््सवादको तिनै संघटकहरु दर्शन, राजनितिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको गहिरो अध्ययन र व्यवहारमा ईमान्दारीताका साथ लागुु गर्नुभयो । कमरेड माओले क्रान्ति र प्रतिक्रान्ति किन हुन्छ ? प्रतिक्रान्तिलाई कसरी रोक्ने भन्ने बारेमा दर्शनमा एकको दुईमा विभाजन र निरन्तर क्रान्ति (वर्ग संघर्स, उत्पादनमा संघर्स, बैज्ञानिक प्रयोग र सर्वहारा सांस्कृतिक क्रान्ति) थप र विकाश गर्नु भयो । अध्यक्ष माओ ( सन् १८९३–१९७६) माक्र्स, एंगेल्स, लेनिन र स्टालिन द्धारा निर्मीत, विकसित र प्रयोगबाट आएको माकर््सवाद–लेनिनवादको दार्शनिक पक्ष द्धन्द्धवादको तिन मुख्य नियमहरुलाई एउटै शिर्सक विपरित्वको एकत्व राख्दा हुन्छ भन्नु भयो ।
अध्यक्ष माओले अन्तरविरोधलाई निरन्तरता, सार्वभौमिकता साथै अन्तरविरोधलाई सामान्य अथवा मैत्रिपुर्ण र शत्रुतापुर्ण दुईमा विभाजन गर्नु भएको छ । कमरेड माओले क्रान्तिमा छलागंको सिद्धान्त थप गर्नुभयो । राजनितिक अर्थशास्त्रमा कमरेड माओले नोकरसाही दलाल पुँजिवादी अर्थशास्त्रको अध्ययन गरि अल्प विकसित अर्ध समन्ति मुलुकमा सामन्तवाद र साम्राज्यवाद विरोधि नयाँ खाले पुँजिवाद जसलाई नयाँ जनवाद भनिन्छ को सस्ंलेसित गर्नभएको छ ।
(२) कार्यदिशा ः– अध्यक्ष माओले अर्धसामन्ति र अर्धऔपनिबेसिक मुलुकमा राजनितिक कार्यदिशा नयाँ जनवादी क्रान्ति र फौजि कार्यदिशा दिर्घकालिन जनयूद्ध जुन गाउँबाट शहर घेर्ने, अवैधानिक संघर्स प्रमुख र वैधानिक संघर्स सहायक र स्थानिय सत्ता कब्जा गर्दै अन्तमा केन्द्रिय सत्ता खोस्ने विशेषता भएको जनयूद्ध रक्षा, सन्तुलन हुदै प्रत्याक्रमण बाट अघि बड्दछ । यसरी माओले विश्वकै बहुसंख्यक देशहरुमा हुने राजनितिक कार्यदिशा र फैजि दर्शनको विकाश र प्रतिपादन गर्नू भयो ।
(३) क्रान्तिका साधनः– कमरेड माओले क्रान्तिकारी लडाकु कम्यूनिष्ट पार्टी, क्रान्तिकारी जनमुक्ति सेना र क्रान्तिकारी जनताको संयूक्त मोर्चा तिन जादुगरि हतियारको अवधारणा ल्याउनुभयो । पार्टीले निर्देशन दिन्छ सेनाले एक्सन गर्छ खाली सत्तामा संयूक्त मोर्चाले सत्ता चलाउँछ ।
(४) सर्वहारा सांस्कृतिक क्रान्ति ः– एकपटक नयाँ जनवादी र समाजवादी क्रान्ति भईसकेतापनि सांस्कृतिक रुपान्तरण हुन सकेन भने प्रतिक्रान्ति भई पुँजिवादमा फर्कनेछ । त्यसैले कमरेड माओले पार्टिलाई जनदिशामा विकाश गर्नु भयो । कमरेड माओले लाल र निपुर्णको अवधारणा माकर््सवाद–लेनिनवाद–माओवादमा थप र विकाश गर्नुभयो । कमरेड माओले चिनमा सन् १९६६–७६ सम्म सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गर्नुभयो । कमरेड माओले छनतुस्यु, वाङमिङ, लिलिसान, चांकोथाओ, लिउसाओ चि, लिनपियाओ उग्रपन्थी दक्षिण पन्थी सबैखाले प्रतिक्रीयावादी साथै आधुनिक संसोधनवादी ख्रुश्चेवसित संघर्स गरि माकर््सवाद–लेनिनवादलाई माकर््सवाद–लेनिनवाद–माओवादमा विकाश गर्नुभयो । माकर््सवाद–लेनिनवाद–माओवाद एक उत्कृष्ट वैज्ञानिक विश्व दृष्टीकोण हो ।

सिन्धुलीमा विरोध सभा सम्पन्न
मिति २०७७ पुष ८ गते दिनको १ः३० बजे सिन्धुलि जिल्लाको सदरमुकाम सिन्धुली माडी कमलामाई नगरपालिकाको लोकतान्त्रिक चौतारीमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादि) सिन्धुली जिल्ला पार्टि कमिटिको आयोजनामा के.पी. वलीको असंबैधानिक कदम, राष्ट्रघात, महंगी, भष्ट्रचार र एम.सि.सि. परियोजनाको विरोधमा विरोध कोण सभा सम्पन्न भएको छ । विरोध कोणसभामा जिल्ला पार्टी सेक्रेटरी शुर्वणलले बैदेसिक शक्तिको ईसारामा असबैधानिक तरिकाले संसद बिघटन गरि निर्वाचनमा जाने निर्णय गरेकोले उक्त कदमको विरोध गर्दै राष्ट्रीय स्वादिनताको रक्षा, जनतन्त्र प्राप्त गर्न र जनजिविकाको ग्यारेन्टि गर्न मुठ्ठीभर ५ प्रतिशतको पक्षधर लोकतान्त्रीक गणतन्त्रको निर्वाचनमा होईन नया जनवादी राज्य व्यवस्था प्राप्तीको लागि संघिय जनगणतन्त्रको लागि संघर्स गर्न सम्पुर्ण नेपाली एक हुन अह्वाहन गनर््भयो । सो विरोध कोण सभामा अर्को वक्ता देशभक्त जनगण्तन्त्रीक मोर्चा नेपाल सिन्धुली जिल्ला अध्यक्ष ढकप्रसाद देवकोटाले अमेरिकी साम्राज्यावादीले नेपालमाथि थोपारेको एम.सि.सि. परियोजना खारेजिको लागि संघर्स उठान गर्नु पर्ने र भारतद्धारा अतिक्रमित भुमि फिर्ता, कालापानिबाट भारतिय सेना हटाउन संघर्सको उठान गर्न आवहान गर्नुभयो । कोण सभाको सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्च नेपाल सिन्धुलि जिल्ला सचिव बालकृष्ण थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर