१२८औ. माओजयन्तीका सन्दर्भमा .

१२८औ. माओजयन्तीका सन्दर्भमा .

चीनीयाँ क्रान्तिलाई वीजयको प्राप्तीतर्फ अगाडि बढाउन चारवटा महत्वपूर्ण चरणहरू पार गरेर मात्रै सफल भएको इतिहास छ । पहिलो क्रान्तिकारी गृहयुद्ध, द्रोस्रो क्रान्तिकारी गृह युद्ध, जापान विरूद्ध प्रतिरोधको युद्धको अवधि र तेस्रो क्रान्तिकारी गृह युद्धको अवधि पार गरेर मात्रै चीनीयाँ क्रान्तिले वीजय प्राप्त गरेको छ । ती सबै अवधिमा माओको पार्टीभित्र दक्षिण र ‘वाम’ लाइनहरूका विरूद्ध भिषण संघर्षको इतिहास छ । चीनीयाँ क्रान्तिको इतिहासमा सन् १९२४देखि १९२६को सुरूसम्मको समयलाई पहिलो क्रान्तिकारी गृहयुद्ध भनिन्छ । यस अवधिमा महान् उथलपुथलका साथमा सर्वहारा र किसानसित मिलेर चीनीयाँ क्रान्तिले तीब्रताकासाथ विकास ग¥यो । १९२५ मे ३०मा ब्रिटिस पुलिसद्धारा प्रदर्शनकारीहरूको आम हत्याका विरूद्ध देशैभरी जन समूहका सबै भागहरू संलग्न एउटा साम्राज्यवाद विरोधी जनताको आन्दोलनका रूपमा विरोध प्रदर्शन भयो । देश क्रान्ति र प्रतिक्रान्तिका बीचको एउटा निर्णयक लडाइको संघारमा थियो ।
यद्धपि चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा त्यसवेलामा दुई भडकावहरूले प्लेगरोगले जस्तै ग्रस्त बनाएका थिए । पार्टीमा एकातिर त्यस समयको पार्टी महासचिव छन् तु–स्युद्धारा नेतृत्व गरिएको प्रभावशाली दक्षिणपन्थी अवसरवादी गुट थियो । उसले अडान लिएको थियो कि पुँजीवादी प्रजातान्त्रिक क्रान्तिको नेतृत्व पुँजीपतिले नै लिनु पर्छ । र क्रान्तिको लक्ष्य एउटा पुँजीवादी गणतन्त्र गठनका लागि हुनु पर्छ । उसको लाइन अनुसार पुँजीपति मात्रै एउटा त्यस्तो प्रजातान्त्रिक शक्ति थियो जोसित श्रमिक वर्गले एकता गर्नु पर्दथ्यो । उसले किसानसित मित्रता निर्माणको कुनै पनि सम्भावना देखेन् । अर्कोतीर, त्यही केन्द्रीय समितिमा ‘वाम’ अवसरवादीहरू थिए जसको अखिल–चीन फेडरेसन अफ लेबर नेता चाङ कुओ–थाओले प्रतिनिधित्व गरेको थियो । उसले केबल मजदुर वर्गको आन्दोलन मात्रै देख्दथियो । उसको तर्क थियो कि मजदुर वर्ग एक्लै क्रान्ति गर्न आफैमा काफी बलियो छ । यसरी उसको गुटले पनि किसानलाई इन्कार गर्दथ्यो ।
यी दुई भडकावहरूसित लडदैगर्दा, माओले माक्र्सवादी सिद्धान्तको विकासका लागि उनले पहिलो प्रमुख योगदान गरे । मार्च १९२६मा उनले उनको प्रशिद्ध कृति “चीनीयाँ समाजमा वर्गहरूको विश्लेषण ” बाहिर ल्याए र मार्च १९२७मा उनले “हुनानमा किसान आन्दोलनको एउटा अनुसन्धानमाथि प्रतिवेदन” प्रस्तुत गरे । यी कामहरूद्धारा उनले चीनीयाँ क्रान्तिका सबैभन्दा आधारभूत प्रश्नहरूको उत्तर दिने कोशिस गरेका थिए । क्रान्तिका मित्रहरू र शत्रुहरू को हुन, क्रान्तिका लागि को नेतृत्वदायी शक्ति हो र को भरपर्दो र ढूलमूले मित्रहरू हो ? उनले तर्क गरे कि पुँजीपति नभई सर्वहारा नै एउटा यस्तो शक्ति थियो जसले क्रान्तिको नेतृत्वगर्न गर्न सक्ने छ । यद्धपि सर्वहाराले एक्लै लडाई गरेर जित्न समर्थ हुने छैन् । उनले किसानको भूमिकामा जोड दिए,जुन सबैभन्दा नजिकको र सर्वहाराको सबैभन्दा घेरै अनगिन्ति संख्याको मित्र थियो । साथै उनले यो पनि देखाए कि राष्ट्रिय पुँजीपति जसको दक्षिण पन्थ क्रान्तिको शत्रु र वाम पन्थ क्रान्तिको एउटा मित्र रहने सम्भावना सहितको एउटा ढूलमूले मित्र थियोे । माओले जनसमूहलाई कसरी परिचालित गरिनु पर्दथ्यो, एउटा क्रान्तिकारी सरकार स्थापना गरिनु पर्दथ्यो र किसान सशस्त्र बलहरू संगठित गरिनु पर्दथ्यो भन्नेवारे उनका विचारहरू पनि प्रस्तुत गरे । यो माओको क्रान्तिकारी शक्तिहरूले कुन दिशा लिनु पर्छ भन्नका लागि स्पष्ट परिदृश्य थियो ।
यो समय उत्तरी अभियान(एक्सपिडिसन)को थियो, जुन चीनीयाँ क्रान्ति–पहिलो क्रान्तिकारी गृह युद्धको पहिलो चरणको एउटा निर्णयक मोड थियो । यो एउटा क्रान्तिकारी राष्ट्रिय संयुक्त मोर्चा(कुओमिङताङ– चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको संयुक्त मोर्चा) नेतृत्व अन्तरगत क्रान्तिकारी सेनाद्धारा गरिएको एउटा मार्च थियो । जुलाई १९२५मा चीनको दक्षिणमा रहेको क्वाङतुङबाट सुरू गरिएको यसको लक्ष्य क्रान्तिकारी युद्धमा साम्राज्यवादी समर्थित उत्तरी युद्ध सरदारहरूको प्रतिक्रियावादी सरकारलाई ध्वस्त पार्नु र चीनको स्वतन्त्रता र एकता हासिल गर्नु थियो । उत्तरी अभियान(एक्सपिडिसन) सुरूमा समग्र दक्षिणी चीनसित गासिएको एउटा प्रमुख सफलता थियो र धेरै जसो दक्षिणी युद्ध सरदारहरू परास्त गरिए वा तिनीहरूमाथि विजय गरियो । उत्तरी अभियानको प्रभाव अन्तरगत त्यहाँ किसानबीच एउटा उमंग थियो । सर्वहाराले क्रान्तिकारी सेनाको पहलसित मिलाएर शहरहरूमा घेरै सशस्त्र विद्रोहका चरणहरू पार गरे । चीनको सबैभन्दा ठूलो औधोगिक र व्यापारिक शहर शांघाइ समेत सशस्त्र मजदुरहरूको विद्रोहका तीनवटा प्रयासहरूपछि मार्च १९२७मा मुक्त गरियो ।
प्रमुख विजयहरू प्राप्त गरेपछि यद्धपि च्याङ काइ–सेक(१९२५मा सन यात–सेनको मृत्युपछि कुओमिङतानको प्रमुख बन्यो) )द्धारा प्रतिनिधित्व गरिएको पुँजीपति गुटले संयुक्त मोर्चालाई तोड्यो । अप्रिल १९२७को अर्को कुओमिंगतांग गुटले साम्राज्यवादीहरूद्धारा समर्थित आम हत्याहरू देशका विभिन्न भागहरूमा कम्युनिष्ट क्याडरहरूमाथि गरिए । चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको दक्षिणपन्थी अवसरवादी छन् तु–स्यु नेतृत्वले यद्धपि, कुओमिङतान प्रतिक्रियावादीहरू विरूद्ध मजदुरहरू र किसानहरू परिचालन गर्नुको वदलामा उनीहरूका अगाडि आत्मसमर्पण ग¥यो । जुलाई १९२७मा अर्को तर्फ कुओमिङतान गुटले कम्युनिष्टहरूका विरूद्ध नरसंहार चलायो । यसको परिणाम संयुक्त मोर्चा भंग भयो र पहिलो क्रान्तिकारी युद्धको हार भयो ।
छन् तु–स्युको दक्षिणपन्थी लाइन,जुन पहिलो क्रान्तिकारी गृह युद्धको पुरै अवधिभरी प्रभावित रहयो, यो अवधिका दौरान क्रान्तिको असफलताका लागि मह्त्वपूर्ण कारणहरूमध्ये एक थियो । यद्धपि माओले यो दक्षिणी लाइनका विरूद्ध संघर्ष गरे, उनले पार्टीमा बहुमतको समर्थन जित्न सकेनन् । वास्तवमा अप्रिल १९२७मा यो अवधिमा आयोजित पाचौ राष्ट्रिय कंग्रेसमा, छन् तु–स्युले माओलाई केन्द्रीय समितिबाट हटाउन सफल भयो ।
अगस्त १९२७मा अर्को अवधिको सुरूमै, जसलाई चीनीयाँ क्रान्तिको इतिहासमा, द्रोस्रो क्रान्तिकारी गृह युद्धको अवधि भनिन्छ, त्यसमा छन् तु–स्युलाई उसको दक्षिणपन्थी अवसरवादको एउटा स्पष्ट आलोचनापछि महासचिवका रूपमा हटाइयो । माओलाई पुन केन्द्रीय समितिमा फिर्ता ल्याइयो र नयाँ वनाइएको प्रोभिजनल पोलिट ब्यूरोको वैकल्पीक सदस्य बनाइयो । यद्धपि छन् तु–स्यको दक्षिणपन्थी लाइनको सही आलोचनालाई छु छिउ–पाइ जो रसियामा तालिमपछि फर्केका एक जना बुद्धिजीवी कमरेड थिए जसको नेतृत्वमा चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा ‘वाम’ लाइनको प्रभुत्व थियो, उनलेगर्दा नोभेम्वर १९२७मा परित्याग गरियो । यो लाइनले एउटा गलत मूल्यांकन बनायो कि चीनीयाँ क्रान्ति एउटा ‘निरन्तर अगाडि बढिरहेको अवस्था’मा थियो,र त्यसकारण घेरै शहरहरूमा शसस्त्र विद्रोहका लागि आव्हान गरियो । नेतृत्वले किसान विद्रोहको नेतृत्वगर्ने र त्यसको वोकालत गर्ने र ठूला शहरहरूमा भएका मजदुर विद्रोहहरूको विरोध गर्ने भनेर माओको आलोचना ग¥यो । माओलाई फेरी उनको केन्द्रीय पदहरूबाट हटाइयो । उनलाइ हुनान प्रान्तीय समितिको सदस्यताबाट पनि हटाइयो । ‘वाम’ लाइनले गर्दा पार्टी र क्रान्तिलाई ठूलो घाटा भयो र अप्रिल १९२८मा पार्टीले यो लाइनको परित्याग ग¥यो । जुन १९२८मा मस्कोमा आयोजना गरिएको चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको छैटौ कंग्रेसले यो ‘वाम’ लाइनलाई सुधार ग¥यो र दुवै दक्षिण र ‘वाम’ अवस्थाहरूलाई अस्विकार गर्दै एउटा आधारभूत रूपले सही बुझाइलाई लागु ग¥यो । यद्धपि माओ कंग्रेसमा उपस्थित भएका थिएनन् तर यसले घेरै सवालहरूमाथि उनको भनाइलाई आधारभूत रूपले रक्षा गरेको थियो । उनको अनुपस्थितिमा उनी फेरी केन्द्रीय समितिमा निर्वाचित गरिए ।
यो बुझाई कार्यान्वयन गर्दैगर्दा, र उत्तरी अभियान र शहरी विद्रोहको असफलतापछि लाल सेना निर्माण गर्दैगर्दा, माओले माक्र्सवादी–लेनिनवादी सिद्धान्तको विकासलाई अरू योगदानहरू गरे । उनले अक्टोवर १९२८मा “चीनमा लाल राजनीतिक सत्ता किन कायम रहन सक्छ ?” र नोभेमवर १९२८मा “चिङकाङशान पाहाडहरूमा संघर्ष” लेखे । यी ऐतिहासिक कामहरूले त्यसवेला भइरहेको लाल सेना निर्माण र विकासको ऐतिहासिक प्रक्रियाका लागि सैद्धान्तिक आधार प्रदान गरे । माओले, १९२७ मा किसान विद्रोहको असफलतापछि मजदुर र किसान लडाकुहरूका एउटा स–साना समूहबाट सुरूगर्दै, अक्टोवर १९२७मा चिङकाङशान पाहाडहरूमा पहिलो आधार स्थापना गरे । १९२७देखि १९३०को सुरूहुँदाको अवधिसम्म सशस्त्र किसान विद्रोहहरू र ग्रामिण क्रान्तिकारी आधारहरूको क्षेत्र सुस्थतापूर्वक बढयो । कम्युनिस्ट नेतृत्व अन्तरगत रहेका लडाकु शाखाहरूमध्ये घेरैले माओको सेनामा ज्वाइन गरे । लाल सेना साठी हजारमा बढयो र, केहि समयमा नै त्यो एक लाख सेना बन्यो ।
यद्धपि ‘वाम’ विचारले फेरि प्रभुत्व पाउन सुरू ग¥यो र १९३० बाट पार्टीको नेतृत्वमाथि नै कब्जा ग¥यो । १९३०मा लिलिसानले नेतृत्व गरेको र १९३१–३४मा वाङमिङ नेतृत्वको दुई ‘वाम’ लाइनहरूले पार्टीमा प्रभाव जमाए र हिसावै गर्न नसकिने हानीका कारण बने । जुन १९३०मा लिलिसानले देशभरीका प्रमुख शहरहरूमा सशस्त्र विद्रोहहरू संगठित गर्नका लागि र यी प्रमुख शहरहरूमा आक्रमणका निम्ति लाल सेनाको सबै एकाइहरू केन्द्रीकरणका लागि योजना बनायो । १९३०को जुन र सेप्टेम्वर बीच यो योजना कार्यान्वयनको प्रयासले अतिनै हानीहरू ग¥यो र क्याडरहरूबाट यसको सुद्धिकरणका लागि माग भएर आयो ।
यो अवधिका दौरान माओले चाङसामाथिको आक्रणको नेतृत्व गरे तर शक्तिशाली साम्राज्यवादी र कोमिङताङ फौजका अगाडिका अत्यधिक हानीहरूबाट जोगाउन फिर्ता ल्याए । फिर्तापछि चाङसामा अमानवीय दमन भयो जसमा माओको श्रीमती याङ काई–हुई, जसले त्यहाँ रहेर भूमिगत काम गरिहेकी थिइन, हत्या गरियो । सेप्टेम्वर १९३०मा आयोजना गरिएको प्लेनममा लि लि–सानले आत्मआलोचना ग¥यो र नेतृत्वदायी पदहरूबाट तल झ¥यो । माओ र चु तेह(लाल सेनाको कमाण्डर)लाई नयाँ गठित पोलिट व्यूरोमा ल्याइयो ।
यो पोलिट व्यूरोलाई यद्धपि रसियामा तालिमपछि फर्केका २८ जना तथाकथित ‘बोल्सेविकहरू’ मध्ये एक जना वाङमिङद्धारा एउटा प्लेनमद्धारा वाइपास गरियो । तिनीहरूले प्लेनमका लागि माओ र चु तेहलाई बोलाएनन् तर तिनीहरू र अन्यलाई केन्द्रीय समितिबाट हटाए । अगस्त १९३२मा माओलाई पनि लाल सेनाको फ्रन्ट समिति र राजनीतिक कमिसारको सचिव पदबाट पनि हटाइयो । उनीहरूको पुरै नियन्त्रणमा रहेको पार्टी र लाल सेनालाई साथमा लिएर वाङमिङ गुटले अनगिन्ति कमजोरीहरू ग¥यो जसले गम्भीर हानी पु¥यायो । त्यो अवधिभरी, उनीहरूको आक्रमण माओमाथि थियो, जो उनीहरूको अनुसार दक्षिणपन्थी अवसरवादको प्रतिनिधि थियो र पार्टीभित्र प्रमुख खतरा थियो । माओको सही लाइनलाई ‘धनी किसान’ लाइन भनियो । माओलाई मात्रै नभई पहिलेका ‘वाम’ लाइनहरूका नेताहरू, लि लि–सान र चु चिउ–पाईलाई पनि आक्रमण गर्न ‘वाम’ लाइन नेतृत्वद्धारा एक पक्षिय र गुटगत तरिकाहरूको उपयोग गरियो । पार्टीमा वाङमिङ गुटले आतंक निर्माण गरिरहेको समयमा, चियाङ काइ–सेकले लाल आधार क्षेत्रहरूका विरूद्ध घेरागर्ने र दमनगर्ने वारम्वारको अभियान चलाइरहेको थियो । माओको नेतृत्व र ‘वाम’ नेतृत्वका अगाडि उनको रणनीतिक सिद्धान्तहरूको प्रभावले आधार क्षेत्रहरूमा पार्टी र लाल सेनामाथिको पूर्ण नियन्त्रण प्राप्त ग¥यो र पहिला चारवटा अभियानहरू पराजित गरिए । यद्धपि जब ‘वाम’ नेतृत्व वास्तविक रूपले आधार क्षेत्रहरूतर्फ अघि बढयो । उनीहरूको प्रत्यक्ष नेतृत्वले गम्भीर गल्तीहरू ग¥यो र कुओमिङताङ फौजको पाचौ अभियानमा कम्युनिष्ट फौजहरूको हार भयो । चियाङ काइ–सेकको घेरावन्दीलाई तोडनका लागि र नयाँ विजयहरू प्राप्त गर्न अक्टोवर १९३४बाट लाल सेनाको विश्व हल्लाउने रणनीतिक सिफ्ट, जसलाई लामो अभियान(लंग मार्च) भनिन्छ, लिने निर्णय गरियो । माओ उनको दोस्रो श्रीमती हो त्जु–चेन, कियाङसि आधार क्षेत्रको एउटा किसान परिवारबाट आएकी थिइन र उनी त्यसमा एक जना पार्टी क्याडरका रूपमा सहभागी गरिएको थियो । तिनीहरूले १९३१मा, माओको पहिलेकि श्रीमती याङ काइ–हुईको मृत्युपछि विवाह गरेका थिए । तिनीहरूका दुई बच्चाहरू थिए जसलाई लामो हिडाईको सुरूमै कियाङसि आधार क्षेत्रमा किसानहरूसितै छाडिएका थिए ।
लङ मार्चको यहि अवधि, जनवरी १९३५मा, चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सुनयी प्लेनममा, पार्टीको त्यो नेतृत्व माओ र उनको नीतिहरूको हातमा आयो । यो चीनीयाँ क्रान्तिको साथै लङ मार्चका लागि एउटा संक्रान्तिकाल थियो । यो अनि राष्ट्रभरी जापनिज विरोधी आन्दोलनलाई अझ राम्रो तरिकाले संयोजन गर्न सकियोस भनेर उत्तरतर्फको दिशामा लङ मार्चलाई निरन्तरता दिने निर्णय गरियो, जो १९३१मा जापनिज आक्रमण र उत्तर–पूर्वीक्षेत्रको कब्जादेखि लगातार वृद्धि भइरहेको थियो ।
लङ माचर्का दौरान, कुओ मिङ–ताङ फौजहरूको वारम्वारको आक्रमणको वावजुद, पार्टीले चाङ कुओ–ताओद्धारा नेतृत्व गरिएको भगुवावादी र युद्धसरदारवादी लाइनको पनि सामना गर्नु परेको थियो । लङ मार्चका दौरानमा आयोजीत केन्द्रीय समितिका दुईवटा कन्फरेन्सहरूले चाङ कुओ–ताओको सिन्कियाङ र तिवेत अल्पर्सख्यक क्षेत्रहरूतर्फ फर्कने प्रस्तावलाई हराए । उसले यद्धपि पार्टी निर्णयलाई अनुसरण गर्न इन्कार ग¥यो र नयाँ पार्टी केन्द्र गठन गर्ने कोशिस ग¥यो । उसले लाल सेनाको एउटा पक्षलाई एउटा भिन्नै दिशामा नेतृत्व ग¥यो जुन दौरानमा तिनीहरूमाथि कुओ मिङ–ताङ फौजहरूद्धारा आक्रमण गरियो र सखाप पारियो । चाङ आफै एउटा धोखेवाज बन्यो र कुओ मिङ–ताङसंग मिल्यो । लाल सेनाको प्रमुख शक्ति अक्टोवर १९३५मा, तिनीहरूले सुरू गरेको लङ मार्चको एक वर्षपछि, उत्तरी चीनको शेन्सी प्रान्तमा पर्ने उनीहरूको लक्षीत ठाउँमा पुग्यो । लाल सेना जसको संख्या पाचौ घेरावन्दी अभियानको सुरूभन्दा पहिले करिब तीन लाख थियो, त्यो घटेरे केबल बिस हजारभन्दा केहि बढि भएको थियो । यहि नै एउटा शक्तिबन्यो, जसले शेन्सी –कान्सु–निङसिया –उत्तरी चीनको यी तीनवटा प्रान्तहरूका सिमाना क्षेत्रहरूमा) आधार क्षेत्र स्थापना ग¥यो । यो प्रशिद्ध येनानका रूपले, यसको राजधानीका नामले ख्याती पायो । यहि आधार थियो, जसलाई माओले जापान विरूद्धको युद्धमा १९४५ तक पार्टी र लाल सेनाको नेतृत्व गरे ।
यहि अवधिका दौरान माओ र हो त्सेजु–चेनले १९३८मा पारपाचुके गरे । अप्रिल १९३९मा उनले चियाङ चिङसित विवाह गरे । चियाङ चिङ लान पिङको पार्टी नाम थियो, एउटा नाटयशाला र फिल्म नेतृ, जसले १९३३मा पार्टी प्रवेस गरेकी थिइन् र १९३७मा येनानमा रहेको कला एकेडेमिमा नाटक सिकाउन आएकी थिइन र किसानहरूका बीचमा जाने प्रचारप्रसार टोलीमा सहभागी भएकी थिइन् । माओ जसले कला र साहित्यमा गहिरो चाहना राख्दथिए उनको कामको दौरानमा उनीसित भेट भयो र तिनीहरू प्यारमा परे र विवाह गर्ने निर्णय गरे ।
लङ मार्चको पूर्णतापछि लगत्तै, माओले जापान विरोधी प्रतिरोधको युद्धका लागि गृह युद्धको अन्त्य र अत्यधिक शक्तिहरूलाई एकतावद्ध गर्नका लागि एउटा नयाँ कार्यनीतिक प्रशिक्षणको स्विकारोक्ति र कार्यान्वयनमा ध्यान केन्द्रीत गरे । उनको जापानी–साम्राज्यवाद–विरोधी कार्यनीतिमाथिको प्रस्तुतीकरण माक्र्सवादी–लेनिनवादी संयुक्त मोर्चा कार्यनीतिहरूको एउटा प्रमुख विकास थियो । यसलाई उनको मे १९३७मा प्रस्तुत “जापानी–आक्रमण–विरोधी कालमा चीनी कम्युनिष्ट पार्टीको भूमिका” प्रतिवेदनमा अझ बढता विकसित गरिएको थियो । चीनको आन्तरिक र बाह्य अन्तरविरोधहरूको विकासको चरणको एउटा प्रतिभाशाली व्याख्या दिंदै, माओले जापानको हस्तक्षेपद्धारा उत्पन्न प्रमुख अन्तरविरोधमा वदलाव आएको वर्णन गरे र त्यसकारण नयाँ परिस्थिति सामना गर्न संयुक्त मोर्चा कायनीतिहरूमा परिवर्तन आवश्यक थियो । उनले जापानीज हस्तक्षेपकारीहरूलाई धपाउनका लागि कुओमिङ ताङसित एउटा संयुक्त मोर्चाको आव्हान गरे । चियाङ काइ–सेक यद्धपि संयुक्त मोर्चाभित्र आउन मञ्जुर थिएन् जवसम्म उसको आफ्नै पार्टीमा केही फयाक्सनको दवावद्धारा र चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको भण्डाफोरद्धारा त्यो मान्न उ वाध्य पारियो । उ अन्त्यमा मञ्जुर भयो, जब उसका आफनै दुइ जना जनरलहरूद्धारा, डिसेम्वर १९३६मा गिरफ्तार गरियो जसले चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिसित एउटा संयुक्त मोर्चा निर्माण गरिनु पर्छ भन्ने दवाव दिइरहेका थिए । अगस्त १९३७मा जापान विरोधी संयुक्त मोर्चा स्थापना गरियो ।
प्रतिरोधी युद्धको अवधिभर, माओलाई फेरी पनि गलत प्रवतिहरूका विरूद्ध लडाई लडनु प¥यो यद्धपि यीनीहरूले पार्टीमाथिको नेतृत्व र संघर्ष क्यापचर गर्न सक्ने गरी बृद्धि भएका थिएनन् । संयुक्त मोर्चाको केही कुमिङताङ भागहरूमा राष्ट्रिय आत्मसर्मपणवादको एउटा उत्साहहीन प्रवृति थियो । यी मानिस जापानिज हातबाट केही हारहरू खाएपछि महसुस गरे कि चीनीयाँहरू जापानिज र अन्य साम्राज्यवादीहरूद्धारा उत्पीडनका लागि सिक्रीले बाधिएका थिए । एउटा फयाक्सन त आत्मसमर्पणका लागि तयार समेत थियो ।
अर्कोतीर चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको केही भागमा यो प्रवृति थियो, जसले महसुस गरेका थिए कि संयुक्त मोर्चाको कारण जापनिजमाथि छिट्टै विजय हुने छ । ती कमरेडहरूले संयुक्त मोर्चाको शक्तिलाई अनावश्यक अनुमान गरेका थिए र चियाङ काई–सेक गुटको प्रतिक्रियावादी पक्षलाई देखेका थिएनन् । यी गलत तरिकाले बुझिएका सिद्धान्तहरूलाई सच्याउनका लागि र युद्धको सहि कोर्ष देखाउनका लागि माओले मे १९३८मा उनको ‘रक्षात्मक युद्ध’मा किताब लेखे जसले देखायो कि युद्ध अन्त्यमा विजयमा टुंगिने छ तर विजय त्यति छिटै र सजिलै हुने छैन् । उनले यसमा र अरू लेखहरूमा युद्धका सैनिक सिद्धान्तहरू स्थापित गरे ।
माओले पार्टी क्याडरहरूलाई प्रशिक्षणका लागि मद्त गर्न विभिन्न दार्शनिक कामहरूबारे लेखहरू लेखे र पहिलेका दक्षिण र ‘वाम’ लाइनहरूले हानी पु¥याएका असरहरू हटाउन मद्त गरे । यी लेखहरूका आधारमा,१९४१ र १९४४बीच, पार्टीमा प्रमुख खरावीहरूसित लडनलाई लामो सुद्धिकरण अभियान आयोजना गरिए । यो पार्टीको इतिहास पुनरावलोकनलाई गहन छलफलसित जोडिएको थियो । चाउ एन–लाई, जो समग्र अवधिभर एउटा नेतृत्वदायी कमरेड हुँदै आएका थिए, विशेषगरी यो प्रक्रियामा भाग लिए । यसले अन्त्यमा पहिलेका गलत लाइनहरूको एउटा खुला र पूर्ण अस्विकृतितर्फ लग्यो । यो बुझाई अप्रिल १९४५मा आयोजित चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्लेनममा “हाम्रो पार्टीको इतिहासमा केहि प्रश्नहरूमाथिको प्रस्ताव”मा अधारित थियो । सही लाइन र सही कार्यनीतिसित सशस्त्र भएर, चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले पहिलो जापान विरोधी प्रतिरोध युद्धमा र अनि चियाङ काइ– सेकद्धारा नेतृत्व गरिएका प्रतिक्रियावादीहरू विरूद्ध चीनीयाँ जनतालाई विजयका लागि नेतृत्व ग¥यो । लङ मार्चको अन्त्यमा केबल बिस हजारमाथिका एउटा लडाकु शक्तिबाट, १९४५मा जापान विरोधी युद्धको अन्त्यतीर एक लाखको एउटा शक्तिमा बढयो । त्यो समयमा, अप्रिल १९४५मा चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सातौ कंग्रेसमा, माओले उनको संयुक्त सरकारवारे प्रतिवेदनमा जापान विरोधी युद्धको विस्तृत साराम्स र तत्कालिन अन्तराष्ट्रिय र घरेलु परिस्थितिको एउटा विश्लेषण प्रस्तुत गरे । उनले जापानिज फौजमाथि विजयपछि कुओमिङताङसित संयुक्त सरकारको गठनका निम्ति एउटा विशिष्ट कार्यक्रम दिए ।
तेस्रो क्रान्तिकारी गृह युद्धको अवधिः
यद्धपि जापानिजमाथिको विजयपछि, चियाङ काइ– सेकले,अमेरिकी साम्राज्यवादको मद्तका कारण र उसको सैनिक शक्तिहरूको शक्तिका कारण कुनै पनि तर्कसंगत सर्तमा संयुक्त सरकारको गठनलाई स्विकार गर्न इन्कार ग¥यो । त्यो समयमा स्तालिनले समेत यसो भनेर कि तिनीहरूले गृह युद्ध हुनु हुदैन् र चियाङ काइ– सेकसित मिल्नु पर्छ, त्यसो नभए चीन राष्ट्र खतम हुने छ, एउटा सम्झौतामा आवोस भन्ने चाहन्थे । तै पनि माओको नेतृत्वको चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अगाडि बढयो र लड्यो जसलाई तेस्रो क्रान्तिकारी गृह युद्धका रूपमा प्रख्यात बन्यो । जनसमूहको पूर्ण समर्थनमाथि भर परेर विशेषत किसानमाथि भर परेर, लाल सेनाले शक्तिहरूको सैनिक सन्तुलत परिवर्तन गर्न सक्षम भयो र जुलाई १९४७मा रणनीतिक रक्षाबाट रणनीतिक प्रत्यक्रमणतर्फ अगाडि बढयो । अक्टोवर १९४९ आउदा नआउदै चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले चार वर्षभित्रै अमेरिकाद्धारा समर्थित कुओमिङ–ताङमाथि राष्ट्र व्यापी विजय प्राप्त ग¥यो ।
जब चीनले विजय प्राप्त ग¥यो, विश्वभरका माक्र्सवादी–लेनिनवादीहरू र सर्वहारा खुशीले गद्गद् थिए र प्रकटरूपले अजय समाजवादी क्याम्प घेरावन्दी मानव जातिको एक तीहाई गर्वीत थिए । माओले यद्धपि अगाडि रहेका चुनौतीहरूको र आउने अवधिहरूका खतराहरूवारे एउटा विचार प्रस्तुत गरे । १९४९मा, चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको स्थापनाको २८ वर्षको उत्सवको अवसरमा उनको भाषण, ‘जनताको जनवादी अधिनायकत्व’ मा उनले भने,“हाम्रो पार्टीका २८ वर्षहरू एउटा लामो अवधि हुन्,जसमा हामीले केबल एउटा चीज मात्रै पुरा गरेका छौ–हामीले क्रान्तिकारी युद्धमा आधारभूत विजय पाएका छौ । यसले उत्सवका निम्ति आव्व्हान गर्दछ, किनभने यो जनताको बिजय हो, किनभने यो चीनजस्तो विशाल देशमा भएको विजय हो । तर हामीले अझै धेरै काम गर्नु पर्ने छ, एउटा यात्राको आंशिक उपयोग गर्नलाई, हाम्रो वितेको काम केबल दश हजार लीको एउटा लङ मार्चमा पहिलो पाइला मात्रै हो ।”
singhhukum683@gmail.com