ललिता निवासको जग्गा प्रकरणमा अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात पक्राउ

ललिता निवासको जग्गा प्रकरणमा अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात पक्राउ


काठमाडौं । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा दोषी देखाउँदै विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 
आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे ।

भूमिसुधार मन्त्रालयको सचिव भएका  बेला सरकारी जग्गा हिनामिनामा उनको भूमिका रहेको आरोप छ । ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।
उनलाई आइतबारै डिल्लीबजार कारागार पठाइएको छ । वालुवाटार जग्गा प्रकरणका मुख्य आराेपी डबल नेकपाका महासचिव रहेका विष्णु पाैडेल भने अहिले अर्थमन्त्री बनेका छन् ।