काठमाडौं  । भारतीय खुफिया एजेन्सी रअ प्रमुखसँग नेपालका प्रधानमन्त्री केपी ओलीसँगकाे रहस्यमय गाेप्य भेटपछि भारतीय ब्युराेक्रेसीका अधिकारीहरुकाे नेपाल भ्रमण बाक्लिएकाे छ । रअ प्रमुख सामन्तकुमार गाेयलकाे कात्तिक ५ काे रहस्यमय भ्रमण लगत्तै भारतीय सेनाका स्थल अध्यक्ष मनाेज मुकुन्द नरवणेले कात्तिक १९ देखि २१ सम्म तीन दिन नेपाल भ्रमण गरे ।  त्यसकाे महिनादिन नबित्दै फेरि मंसिर ११ मा भारतीय विदेश सचिव हर्षबर्धन शृंगलाले नेपाल भ्रमण गर्ने भएका छन् । लिम्पयाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भूमि कब्जा गरेकाे भारतले पछिल्लाे समय लगातार ब्युराेक्रेसी अधिकारीहरुलाई नेपाल भ्रमण गराएकाे छ । भारतले अतिक्रमण गरेकाे भुमि समेटेर नेपालले जारी गरेकाे नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई ठाडै अस्वीकार गर्दै आएकाे भारतले पछिल्ला भ्रमणबाट के गर्न खाजिरहेकाे छ र आपसी भेटमा के कुरा भइराखेका छन् भन्ने कुरा प्रम ओलीले सार्वजनिक गरेका छैनन् । डबल नेकपाकै नेता प्रदिप नेपालका अनुसार इण्डियाका सँधै विश्वास पात्र रहँदै आएका ओलीसँगका पछिल्ला रहस्यमय र गाेप्य भेटले मुलुकमा अर्काे गम्भीर राष्टघातकाे तानाबाना त बुनिदै छैन भन्ने गम्भीर आशंका उत्पन्न भएकाे छ । र, नेकपा (क्रान्तिकारी माओवादी) लगायत देशभक्त तथा क्रान्तिकारी शक्तिले यस्ता रहस्यमय भेटवार्ताकाे तीव्र विराेध गर्दै भेटवार्तामा भएका कुराकानी सार्वजनिक गर्न माग गर्दै आएका छन् । उनीहरुले कालापानीबाट भारतीय सेना हटाउन र भारतीय कब्जामा रहेकाे नेपाली भुमि फिर्ता गर्न जाेडदार माग गर्दै आएका छने । उनीहरुले सडक संघर्षमार्फत् त्यसका निम्ति राज्यलाई निरन्तर रुपमा दबाब समेत दिदै आएका छन् ।
यसैबीच, भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले मंसिर १५ गते अघि नै उनको भ्रमण हुने जनाएको छ। सो पत्रिकाले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणपछि विदेश सचिव शृंगलालाई नेपाल पठाउने निर्णय गरेको स्रोतहरुलाई उल्लेख गर्दै जनाएको छ।
नेपाल भ्रमणमा रहँदा उनले नेपाली समकक्षी भरतराज पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बैठक गर्ने छन्।
त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनले भेट्ने कार्यक्रम छ।
समकक्षीसँगको वार्तामा उनले सीमासम्बन्धी प्राविधिक स्तरीय समितिको बैठकको मिति तय गर्ने विषयमा छलफल गर्ने छन्।
त्यस्तै उनले नेपाललाई कोरोना भाइरसको खोप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्ने छन्।
पञ्चेश्वर बहुउदेश्यीय परियोजना तथा अन्य जलविद्युत आयोजनाको विषयमा पनि छलफल हुने बताइएको छ हिन्दुस्तान टाइम्सका अनुसार भारतीय विदेश सचिव श्रींग्ला नोभेम्बर २६ देखि २७ का लागि नेपाल आउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर