मुखाग्नि

मुखाग्नि

मुखाग्नि
दुर्दान्त
इतिहासकै
यस जङ्गलमा
अर्को कुनै
हिंसक जनाबर
जन्मन सक्छ
इतिहासकै
पानामा
अर्को कुनै
क्रूर शासक
रक्तपिपासु
उत्पीडक
अचानक
आउन सक्छ
इतिहासकै
क्यानभासमा
एक्कासि
हामीले
थाहै नपाई
हाम्रै भेषमा
हाम्रै नाक नक्साको
उत्तराधिकारी
उत्पन्न हुनसक्छ
आउनुस
सर्वहारा
आउनुस
किसान मजदुर
राष्ट्रलाई
स्नेह गर्ने सबैले
हतियार बोक्नुस
मसाल बाल्नुस
अथवा
डिजिटल विधि
अँगाल्नुस
संवेदनारहित
संज्ञाहीन
पुँजीजीवी
सत्तालाई
काटकुट गर्नुस्
यो किचकिच
सधैंका लागि
अन्त गर्नुस
रोएर
होइन
हाँस्दै आउनुस
बाजा बजाउनुस
गीत गाउनुस
खाल्डो खन्नुस
केहीलाई पुर्नुस
केहीलाई
दाउराको चाङमा
पल्टाएर
इतिहासकै
अन्तिम
मुखाग्नि दिनुस्