
पोखरा । अमेरिकाको साम्राज्यवादी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमीसी) सम्झौता खारेजीको माग गर्दै आएका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) लगायतका १४ राजनीतिक दलहरुले पोखरामा संयुक्त विरोध प्रदर्शन गरेका छन् । २०७७ असोज १६ गते शुक्रबार बसेको बैठकले तय गरेको पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत बुधबार पोखरामा विरोध प्रदर्शन गरिएको हो ।

गण्डकी प्रदेश प्रतिनिधि सभा अगाडि अर्थात पोखरा सभागृह चोकमा भएको विरोध प्रदर्शनको कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा गण्डकी प्रदेश सेक्रेटरी केश बहादुर परियार, केन्द्रिय सदस्य नारायण अधिकारी, नेकपा (मसाल)का कास्की प्रवक्ता चन्द्रबहादुर केसी, नेकपा (माले)का केन्द्रीय सदस्य होमनाथ गिरी, देजमो गण्डकी प्रदेश अध्यक्ष नेत्र रानाभाट, राजमो कास्कीका अध्यक्ष रबिमोहन ढकाल, नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश सेक्रेटरी भोजराज त्रिपाठी, अनेरास्ववियु (छैठौ) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, जनजाति सम्मेलन क्षेत्रीय सदस्य डम्बर थापा,र उधोग ब्यापार संघका केन्द्रीय सदस्य सन्तोष पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।































