काठमाडौं । २०७७ आश्विन २० गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस समाजशास्त्र विभागमा प्राध्यापन गर्ने उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि विश्वविद्यालय परिसरभित्रै केही उच्छृङ्खल व्यक्तिहरुले गरेको साङ्घातिक आक्रमण र कुटपिटको नेपाल राष्ट्रिय प्राध्यापक संगठनले घोर भत्र्सना गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. जगदीश चन्द्र भण्डारीले एक वक्तव्य जारी गर्दै उक्त घटनाको तीव्र भ्रत्सना तथा निन्दा गर्नुभएको हो ।
२१ असोजमा जारी गरिएको वक्तव्यमा अध्यक्ष प्रा.डा. भण्डारीले उपप्राध्यापक चलाउनेमाथि भएको उक्त जघन्य कार्यको तत्काल छानबिन गर्न, अपराधी पत्ता लगाउन र कार्यवाही गर्न सम्बन्धित निकाय र पदाधिकारीसँग माग गर्नुभएको छ ।






























