हेर्नुहोस नेपालमा असोज २१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण यस्तो छ

हेर्नुहोस नेपालमा असोज २१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण यस्तो छ

२१ असोज, काठमाण्डौं,
नेपालमा बुधबार (२१ असोज) सम्म पिसीआर प्रविधिबाट ११ लाख १३ हजार ४८५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १४,२०९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित २५ हजार ७ जना रहेका छन । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १०,५९६ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १४,४११ जना रहेका छन ।
हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्र्काे जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ४,१६४ रहेको छ ।
आज थपिएका ३४३९ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ९४ हजार २५२ पुगेको छ भने आज निको भएर ११२६ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म ६८ हजार ६६८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन । साथै आज थपिएका १५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २३३ जना संक्रमित उपचाररत छन । मन्त्रालयका अनुसार प्रदेश १ मा २७ जना, प्रदेश २ मा १४ जना, बागमती प्रदेशमा १२७ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ४१, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा २३३ रहेका छन ।
त्यसैगरी प्रदेश १ मा ४ जना, प्रदेश २ मा २, बागमती प्रदेशमा २५ जना र प्रदेश ५ मा ६ जना गर जम्मा ३७ जना देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचाररत रहेका छन ।
त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही गरी ७ वटा रहेका छन । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु सोलुखुम्बु, मनाङ र मुस्ताङ गरी ३ जिल्ला रहेका छन ।
आज उपत्यकाका १६८१ सहित एकैदिन थपिए ३४३९ कोरोना संक्रमित नेपालमा काठमाडौं उपत्यकाका १६८१ जनासहित देशैभरी ३४३९ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२९३ भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित थपिएका हुन ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुर र ओखलढुंगामा ४्४ जना, खोटाङमा ३, झापामा २२, धनकुटामा ३, भोजपुरमा २, मोरङमा ३२२, संखुवासभामा ३ र सुनसरीमा १९३ जना संक्रमित थपिएका हुन ।
प्रदेश २ को धनुषामा १८, पर्सामा १५, बारामा १३, महोत्तरीमा ५, रौतहटमा ३४, सप्तरीमा ३३, सर्लाहीमा १७ र सिराहामा १५ जना संक्रमित थपिएका छन ।
बागमती प्रदेशको काठमाडौंमा १२९३, काभ्रेपलान्चोकमा ५१, चितवनमा २३१, दोलखामा ६, धादिङमा १०, नुवाकोटमा ९, भक्तपुरमा ९५, मकवानपुरमा ९९, रामेछापमा ८, ललितपुरमा २९३, सिन्धुवपाल्चोकमा ११ र सिन्धुलीमा ३० जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ३४, गोरखामा १३, तनहुँमा १३, नवलपरासीपुर्वमा १७, पर्वतमा ३, म्याग्दीमा २, लमजुङमा १९, बाग्लुङमा ३४ र स्याङजामा ३ जना संक्रमित थपिएका छन ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँची २, कपिलवस्तुमा ३३, गुल्ःमीमा ९, दाङमा २४, नवलपरासी १८, पाल्पामा १९, प्युठानमा ३, बर्दियामा २२, रुकुमपुर्वमा १, रुपन्देहीमा १३० र रोल्पामा २ जनामा संक्रमण पु्ष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १, डाल््पामा १, दैलेखमा ५, रुकुमपश्चिममा ३, सल्यानमा ९, र सुर्खेतमा ७८ जना संक्रमित थपिएका हुन ।
सुदूरपश्चिम प्रदेशको अछाममा ५, कन्चनपुरमा ४, कैलालीमा २५, डडेल्धुरामा १, डोटीमा ३, दार्चुलामा ४८, बझाङमा १ र बैतडीमा २ जना गरी आज देशैभरी ३४३९ जना संक्रमित थपिएका छन । उनीहरुमा १२६१ महिला र २१७८ जना पुरुष रहेका छन ।
आज थपिएका ३४३९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ९४ हजार २५२ पुगेको छ ।
आज ११२६ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ६८,६६८ पुग्यो
नेपालमा आज ११२६ जनाले कोरोनालाई जितेर घर फर्किएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा उपचाररत रहेका र होम आइसोलेसनमा रहेका ११२६ जना संक्रमणबाट मुक्त भएका हुन । आज निको भएका ११२६ सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ६,१३०, प्रदेश २ मा १४,८५१, बागमती प्रदेशमा २३,१०६, गण्डकी प्रदेशमा ३९२५, प्रदेश नं ५ मा १०,०४२, कर्णाली प्रदेशमा ३,३१७ र सुदूरपश्चिम प्रदेशमा ७,२९७ जना गरी हालसम्म जम्मा ६८ हजार ६६८ जना निको भएका हुन ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ४५५, प्रदेश २ मा९७, बागमती प्रदेशमा ३९९, गण्डकी प्रदेशमा ६१९, प्रदेश नं ५ मा १३९८ कर्णाली प्रदेशमा ४२६ र सुदूरपश्चिम प्रदेशमा ७७० गरी जम्मा ४,१६४ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश १ मा ५४६, प्रदेश २ मा ३३३, बागमती प्रदेशमा ७,९०८, गण्डकी प्रदेशमा ४४१, प्रदेश नं ५ मा ८४२, कर्णाली प्रदेशमा ३५२ र सुदूरपश्चिम प्रदेशमा १७४ गरी जम्मा १०,५९६ विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार गराइरहेका छन ।
होम आइसोलेशनमा
प्रदेश १ मा १८४७, प्रदेश २ मा ५३०, बागमती प्रदेशमा ९,१७२, गण्डकी प्रदेशमा ५६५ प्रदेश नं ५ मा १४७४ कर्णाली प्रदेशमा ३१५ र सुदूरपश्चिम प्रदेशमा ५०८ गरी जम्मा १४,४११ जना होम आइसोलेशनमा बसेका छन ।
कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट आज पनि १५ जनाको मृत्यु भएको छ ।
आज संक्रमणबाट मृत्यु भएकामा ९ जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मोरङका ४० र ६० वर्र्र्षीय, काठमाडौंका ४५, ५३, ६४ र ६९ वर्र्षय ललितपुरमा ४६ वर्र्षीय, चितवनमा ६१ वर्र्षीय, रुपन्देहीका ५५ वर्र्षीय, नवलपसाीका ७६ वर्र्र्षीय गरी १० पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी सिराहाकी ५० वर्र्षीया, रौतहटका ७२ वर्र्षीया, काठमाडौंका ६६ र ७२ वर्र्षीया र दाङकी ७१ वर्र्षीया गरी ५ महिलाको मृत्यु भएको हो ।
आज थपिएका १५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६१ प्रतिशत हो ।