नेकपा (क्रान्तिकारी माओवादी) प्रवक्ता क. प्रतिकद्धारा अनशनरत डा.गोविन्द के.सी.को मागप्रति समर्थन गर्दै प्रेस–वक्तव्य प्रकाशित

नेकपा (क्रान्तिकारी माओवादी) प्रवक्ता क. प्रतिकद्धारा अनशनरत डा.गोविन्द के.सी.को मागप्रति समर्थन गर्दै प्रेस–वक्तव्य प्रकाशित


आस्विन १९ काठमान्डौ,
चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशनरत डा.गोविन्द के.सी.को स्वास्थ्य जटिल बन्दै गएको छ । तर सरकारले कानमा तेल हालेर बसेको छ । यस सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता प्रतीकले एक वक्तव्यमार्फत उहाँसँग यसअघि गरिएका संझौताहरुप्रति बेवास्ता गर्ने र उहाँको स्वास्थ्यप्रति पनि संवेदनाहीन बन्ने सरकारी रबैयाको घोर विरोध तथा भत्र्सना गर्दै तत्काल उहाँसंग वार्ताको पहल गर्न सरकारसँग जोडदार माग गरेका छन । वक्तव्यको पूर्ण पाठ तल दिइएको छ–

प्रेस–वक्तव्य
आयुर्विज्ञानको क्षेत्रमा विभिन्न प्रकारका सुधारका मागहरु सहित सङ्घर्ष गर्दै आउनुभएका डा. गोविन्द केसी यतिबेला १९औं पटकको अनशनको क्रममा हुनुहुन्छ । उहाँको स्वास्थ्य स्थिति दिनप्रतिदिन गंभीर बन्दै गइरहेको छ ।
यस स्थितिमा, उहाँसँग यसअघि गरिएका संझौताहरुप्रति बेवास्ता गर्ने र उहाँको स्वास्थ्यप्रति पनि संवेदनाहीन बन्ने सरकारी रबैयाको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ र उहाँले उठाउँदै आउनु भएका जनस्वास्थ्यसँग सम्बन्धित उचित मागहरुप्रति पुनः ऐक्यवद्धता जाहेर गर्दछ । साथै, सरकारले उहाँसँग यसअघि गरेका सम्झौताहरु लागुगर्न र उहाँले अहिले थप उठाउनु भएका जायज मागहरुको उचित संबोधन गर्न समेत हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।
मितिः २०७७ असोज १९ गते

प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)