देजमो नेपालका अध्यक्ष सीपी गजुरेलद्धारा एक वक्तब्यमार्फत डा. गोविन्द के.सी.को जीवनमा खेलवाड नगर्न सरकारलाई चेतावनी

देजमो नेपालका अध्यक्ष सीपी गजुरेलद्धारा एक वक्तब्यमार्फत डा. गोविन्द के.सी.को जीवनमा खेलवाड नगर्न सरकारलाई चेतावनी

आस्विन १९ काठमान्डौ,

नेपालमा शिक्षा र स्वास्थ क्षेत्रमा भइरहेका विकृति र विसंगतिको विरोध र यस स्थितिमा सुधार गर्ने उद्देश्यका साथ १९ औं अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी.को अनसनको आज २२ औं दिनमा प्रवेश गरेको छ । तर यो सरकारले उहाँका विगतका अनसनका दौरान वार्ताहरुमा भएका सहमतिहरुलाई नै कार्यान्वयन गर्ने आनाकानी गरीरहेको अवस्था देजमो नेपालका अध्यक्ष सीपी गजुरेलद्धारा एक वक्तब्यमार्फत उहाँका माग अविलमव सम्वोधन गर्न सरकारलाई चेतावनी दिनु भएको छ । वक्तव्यको पुरा पाठ निम्नअनुसार छः

डा. गोविन्द के.सी.का माग पूरा गर ।

नेपालमा शिक्षा र स्वास्थ क्षेत्रमा भइरहेका विकृति र विसंगतिको विरोध र यस स्थितिमा सुधार गर्ने उद्देश्यका साथ लामो समयदेखि सक्रिय रहनुभएका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी.को १९ औं अनसन आज २२ औं दिनमा प्रवेश गरेको छ । उहाँको स्वास्थस्थिति नाजुक बनेको कुरा उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मूलतः विगतका अनसनका दौरान वार्ताहरुमा भएका सहमतिहरुलाई नै कार्यान्वयन गर्ने मागहरु भएको हुनाले अविलम्ब वार्ता समिति बनाई उपयुक्त मागहरु पूरा गरी उहाँको जीवन रक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । डा. गोविन्द के.सी.को जीवनमा खेलवाड गर्ने काम नहोस् ! हामी यो सरकारलाई चेतावनी पनि दिन चाहन्छौं ।

सी.पी. गजुरेल
अध्यक्ष
देजमो नेपाल