राज्यसत्ता र माक्र्सवाद

राज्यसत्ता र माक्र्सवाद

पृष्ठभूमि
लेनिनको दृष्टिकोण अनुसार वर्गविभाजित समाजमा राज्यसत्ता, एउटा वर्गमाथि अर्र्को वर्गको अधिनायकत्व कायम राख्ने राजनीतिक यन्त्र वा साधन हो ।
आजको हाम्रो विश्व मानव समाज सामाजिक हिसावले अस्थित्वमा रहेका विद्यमान दुई परस्पर ठूला विरोधि वर्गहरुमा विभाजित तथा संघर्षले भरिपूर्ण छ । उदाहरणको लागि दास युगमा दाशमालिक(स्वामी प्रभु) र दास, सामन्तवादी युगमा जमिनदार र किसान तथा पँुजीवादी युगमा पुँजीपति वर्ग र सर्वहारा मजदुर वर्ग एक आपसमा संघर्षरत हुन्छन भने अन्य समुहहरु यीनै दुई परस्पर विरोधि वर्गहरुविच चल्ने संघर्षमा धुर्विकृत हुने गर्दछन । वर्गसंघर्षको निरन्तरता सम्वन्धि महान लेनिनको भनाईअनुसार यसप्रकारका परस्पर दुई ठूला विरोधि वर्गहरु मध्ये आर्थिक रुपमा कायम रहेको सत्तारुढ वर्ग, जस्ले सम्पूर्ण उत्पादनका स्रोत र साधनहरुमाथि एकलौटी अधिकार जमाउछ, त्यस वर्गले, जस्ले उसको विरोधि वर्ग, जो ऊ देखि निरन्तर उत्पीडित, अशुरक्षित र शोषित हुँदै आएको छ, हो उसैलाई दबाउनको लागि राज्यका शोषक वर्गहरुद्वारा राज्यसत्ताको प्रयोग गरिदै आयो । यस अर्थमा राज्यसत्ता लेनिनले भने झै दुनियाभरिका प्रतिक्रियावादी शक्तिहरुले आफ्नो लुटको स्वर्गलाई बचाइराख्नको निम्ति आफ्नो विरोधि वर्गलाई उत्पीडन र दमन गरिरहनको खडा गरेको उनीहरुको राजनीतिक साधन बाहेक अरु केही होइन ।
आज हाम्रो वर्ग विभाजित समाजमा राज्यका सम्पूर्ण अंगहरु( सेना, प्रहरी, अदालत, नोकरशाही प्रशासन यन्त्र,गप्तचर विभाग, संसद, जेल तथा बन्दीगृहहरु) सबै सबै सत्तारुढ वर्गको अधिनायकत्वमा रहने गर्दछ । प्रतिक्रियावादी राज्यसत्तामा शोषक वर्गले यी सबै राज्यका शोषणकारी तथा दमनकारी अंगहरुको व्यापक प्रयोग गरि विशाल जनसमुदायको पंक्तिलाई मुठ्ठीभर प्रतिक्रियावादीहरुको नियन्त्रणमा राख्ने तथा उनीहरुलाई आफ्नो हित र स्वार्थको निमित्त प्रयोग गर्ने गर्दछन ।
आज सम्मको मानव समाजको इतिहास हेर्दा राज्यसत्ताको मुलतः चार प्रकारका अवस्थाहरु रहदै आएका छन । आदिम साम्यवादी समाज,दास युग, सामन्तवादी समाज, पूँजीवादी समाज र साम्यवादी समाजको रुपमा वर्गीकृत छन ।
राज्यसत्ताको आदिम स्वरुप एक बिबेचना
मानव समाजको इतिहासको क्रममा आदीम साम्यवादी समाज अस्थित्वमा थियो । तर त्यो सामाजिक अवस्थामा समाज परस्पर विरोधि वर्गमा विभाजित भइनसकेको कारण त्यहाँ सबै जनसमुदायहरु स्वयं स्वतन्त्र र शस्त्र अस्त्रले सुसज्जित हुने गर्दथे । उत्पादनका साधन र श्रोतहरुमाथि व्यक्तिगत स्वामित्व हुदैनथ्यो । जसका कारण त्यहाँ समाजमा छानिएका मानिसहरुद्वारा निस्चित सामाजिक अपनत्व कायम हुनेगर्दथ्यो ।
आदिम साम्यवादी समाजमा सामाजिक कार्य सम्पादन गर्ने सीलसीलामा छानिएका मानिसहरुलाई निष्कासन गर्ने, पुनःस्थापन गर्ने सबै अधिकार समाज र जनसमुदायमा नीहित हुने गर्दथ्यो । समाज विकास प्रक्रिया संगसंगै आदिम साम्यवादी समाज विघटन हुने प्रक्रिया पनि क्रमिकरुपमा सुरु हुँदै जादा समाजमा क्रमशः व्यक्तिगत स्वामित्वका रुपहरु देखा पर्दै गए । जसको परिणामस्वरूप समाजमा वर्गहरु देखापर्न थाले । व्यक्तिगत स्वामित्वको विकाससंगै उत्पादक शक्तिको क्रमिक विकास प्रक्रियामा व्यक्तिहरुको अधिकारलाई ऐस आराम, सत्ता, सुविधा र त्यसको आवस्यकताको संरक्षणसंग जोड्ने अपरिहार्यता बड्दै गयो । जुन क्रममा सुविधाभोगी र व्यक्तिगत स्वामित्वप्रतिको सत्ता र सुविधाका मालिकहरु स्वामिहरु भए भने उनीहरुवाट दमित, शोषित पीडित वर्ग उनीहरुका दाशमा रुपान्तरित भए र सनमजमा दाशप्रथा सुरु हुनपुग्यो ।
यसप्रकारले समाज विकासको क्रममा राज्यसत्ता एक वा अर्र्काे प्रकारले वर्र्गीय शोषणको प्रतिरुप भएर खडा भयो र परस्पर दुई ठुला विरोधि वर्गहरु अस्थित्वमा आए । यसरी राज्यको उत्पतिको कारण प्रथम, शोषक वर्गद्वारा शाषित वर्गहरु उत्पीडित हुन पुगे, द्वितीय, जसको कारण यी दुई विपरीत वर्ग एकपछि अर्र्को गर्दै शत्रुतापूर्ण वर्गमा रुपान्तरित हुँदै गए र तृतीय, यसप्रकारले यी दुई ठूला एक आपसका विरोधि वर्गहरु बिच भीषण वर्गसंघर्षको प्रादूर्भाव भयो ।
अस्तित्वमा आएका राज्यका स्वरुपहरु मध्ये दास व्यवस्था, सामन्तवादी व्यवस्था, पूँजीवादी व्यवस्था मुठ्ठीभर शोषक वर्गले आफ्नो खुनी प्रतिक्रियावादी राज्यसत्ता बचाउने र लुटको स्वर्गलाई कायम राखिरहनको लागि प्रयोग हुँदै आएका राज्यसत्ताका दमनकारी साधनहरु हुन भने समाजवादी राज्यसत्ता भनेको बहुसंख्यक जनता तथा श्रमिकहरुको पक्षमा मुठ्ठीभर प्रतिक्रियावादीहरु विरुद्ध संचालन हुने सर्वहारा वर्र्गीय सत्ता हो । जुन अधिनायकत्वको प्रयोगवाट मानव समाज वर्गविहीन शोषणरहित समतामुलक साम्यवादी समाजमा प्रवेश गर्दछ । अक्टुवर क्रान्तिले स्थापित गरेको सोभियतसंघको समाजवादी सत्ता ढलेपछि र नयाँ जनवादी क्रान्तिले स्थापित गरेको चिनको जनवादी सत्ताभित्र प्रतिक्रान्ति भएपछि आज यसप्रकारको सत्ता संसारभरि कहिपनि छैन ।

सर्वहारा वर्र्गीय समाजवादी राज्य जहाँ, व्यक्तिगत स्वामित्वको व्यवहारिक रुपमै अन्त्य भएको हुन्छ र त्यसको ठाउँमा सामाजिक स्वामित्व कायम रहन्छ । उत्पादक शक्ति र उत्पादन प्रणाली दुबै श्रमिक वर्गको स्वामित्वमा हुन्छन । त्यहाँ उत्पादक शक्ति र उत्पादन संबन्ध संगको पुरानो प्रतिक्रियावादी राज्यसत्तामा जस्तो शत्रुतापूर्ण संबन्ध अन्त्य हुन्छ र त्यसको ठाउँ मैत्रीपूर्ण संबन्धले लिन्छ ।
यसरी विपरीत अवस्थामा रहेका दुई परस्पर ठुला अन्तरविरोधि वर्गको समाज विकास क्रममा भीषण वर्गसंघर्षद्वारा अन्त भई समाजवादी राज्य मार्फत समाजमा क्रमशः वर्गविहिन समाजमा शोषणरहित सामुहिक स्वामित्व सहितको राज्य व्यवस्था निर्माण हुन्छ। संघर्षको उपयुक्त प्रकारको राजनीतिक सीलसीलामा नै क्रमशः राज्यको अन्त्य भई समतामूलक साम्यवादी समाजको निर्माण हुन्छ ।
सारतः आदिम साम्यवादी समाज एक वर्गविहिन, शोषणरहित र समतामूलक प्रणालिमा आधारित हुँदा हुँदै पनि न्यून मानव चेतनाको कारण उक्त समाजमा चुनिएका सदस्यहरुवाट यो व्यवस्थाको संरक्षण गर्न संभव थिएन । परिणामस्वरूप समाज विकाशको क्रममा यसप्रकारका सामाजिक संरचनाका आधारहरु भत्कदै गए र व्यक्तिगत स्वामित्वमा आधारित राज्यव्यवस्थाको समाजमा स्थापना हुन पुग्यो । तर सर्वहारा वर्गद्वारा संचालन गरिने राज्यसत्ताले चाहिँ सचेततापूर्वक नै मानव समाजलाई वर्गविनताको दिशा प्रधान गर्दछ र समाजमा राज्य र शोषणको औपचारिक हिसावले नै अन्त्य हुन्छ । यसको सुरुवात पुँजीवाद र त्यसको विकसित रुप साम्राज्यवादको जुवामुनि जोतिन वाध्य पारिएको मानव समाजलाई उन्मुक्ति दिएर समाजवादी राज्यव्यवस्थाको स्थापना मार्फत समतामूलक साम्यवादी समाजको दिशामा अगाडि बढ्नु हो । यो जिम्मेवारि पूरा गर्ने सामथ्र्य केवल सर्वहारावर्ग संग मात्रै हुन्छ ।