भुमिगत र खुल्ला परिचय

प्रकाशित मिति : २०७७ भाद्र २५

- @कगेन्द्र@ कृष्ण भक्त महर्जन

एकले सोध्छ
परिचय के हो
अर्र्कोले भन्छ
किन चाहियो परिचय ?
ससारको चलन थाहै छ
समाजको चलन थाहै छ
व्यक्तिको चलन थाहै छ
परिचय नपाउन जेल
काम लाग्ने हो
परिचय खुल्ने बितिकै
काम नलाग्ने
बेकामको बनाउने हो
जरा राम्रो भए पो
बोट बिरुवा राम्रो हुन्छ

दुई खेलाडी
खेल मैदानमा छ
दर्शक कोहि छैनन
जब खेल सिधिन्छ
तब हार जितको
सोध्न आउने धेरै छ
सोधी खिजिनितिले
कन्चत तात्छ
दातबाट पसिना झर्छ
सभामा पाच खेलाडी
सुन्नेहरु कोहि छैन
भतेरमा अति नअती
अरु बेला तै चुप मै चुप
आफनो घर पनि बनाउदैन
अरुको घर पनि बनाउन दिन्न

फेरि
एकले सोध्छ
बादर होकि क्या हो
लिढे होकि क्या हो
हब्सी होकि क्या हो
हान होकि क्या हो

फेरि
अर्र्काेले भन्छ
परिचय त राम्रो दियो
एक मोगोलियनले
एक आर्यनलाई
नेपालीलाई नेपालीले
हेप्ने
बाहुनले बाहुनलाइ
हेप्ने
ज्यापुले ज्यापुलाइ
हेप्ने

हरे दैब
वरग्या क्वे ठैब
के हो ताल
के हो लाल
शब्दार्थको अर्थात
बहुतै मीठो
मुतु थरथरको कापे पनि
अध्यारोलाइ उज्यालो
बनाउने परिचय हो
बाच र बचाउने
परिचय हो

एकले भन्छ
चित बुझ्दो छैन
रिसले एकान्त बासबाट
चिच्याइ चिच्याइ कराई
मन शान्तिको लागि
चित बुझाउनुछ
अर्र्कोले भन्छ
खुल्लाबाट भुमिगत
परिचय हो
भुमिगतबाट खुल्ला
परिचय हो

एकले भन्छ
तिम्रो खुला परिचयले
के गर्न सक्यो
तिम्रो भुमिगत परिचयले
के गर्न सक्यो
ढलेको सिन्को
भाच्न सकेन
लडेको मान्छे
उठाउन सकेन

समस्याको कारक
आफू होइन
अरु हो
इतिहासका पानाहरु
पल्टाइ फर्केर हेर्दा
खेल खिलाडीको
केन्द्र बन्द भयो
कला देखाउने
केन्द्र बन्द भयो
पान पराग
दिमाग खराब
एकान्त बासको छ
गुप्त बासको छ

अब उन्मुक्ती दिन
उच्च शिराको रुपमा
भुमिगत परिचय
दिनु पर्छ
खुल्ला परिचय
दिनै पर्छ
नत्र
देशले धिकार छ
समाजले धिकार छ
व्यक्तिले धिकार छ ।।।।।।।