
१७भाद्र चितवन,
नेकपा(क्रान्तिकारी माओवादी) चितवन जिल्ला सेक्रेटरी अशोक शर्माद्धारा विज्ञप्ती ओली सरकारले कोरोना भाइरसलाई कभर बनाएर भ्रष्टाचार, तस्करी र कमिसनको चक्करमा समय गुजारिरहेको अरोप लगाउदै प्रकाशित यस्तो भ्रष्ट सरकारका विरुद्ध संघर्षमा उत्रन जनतालाई आव्हान गर्दै विज्ञप्ती प्रकाशित गरेका छन् । विज्ञप्तीको पूर्ण पाठ तल दिइएकोछ–
विज्ञप्ती
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) नेपालमा समुदायमा प्रवेश गरिसकेको कारण भयावह स्थिति पैदा हुँदै गइरहेको छ । सरकार र त्यससंग संवन्धित सरोकारवाला पक्षको यतातिर कुनै ध्यान गएको देखिदैन । बरु कोरोना भाइरसलाई कभर बनाएर भ्रष्टाचार, तस्करी र कमिसनको चक्करमा समय गुजारिरहेको देखिदै आइरहेको छ । एकातिर जनता लकडाउनमा हुँदा भोकमरीको सिकार हुनुपर्ने अवस्था छ भने सरकारले विना कुनै विकल्प लहुलठ्ठीपूर्ण ढंगले जनतालाई घरमा थुनेर राजनीतिक गैरजिम्मेवारी प्रकट गरेको छ । अर्कातिर कोरोनावाट संक्रमित विरामीहरुका कारणले समुदाय असुरक्षित हुदा समेत सरकार र उसका महातहतका निकायहरु किम कर्तव्यविमुड देखिएका छन । विरामीलाई उपचारको छिटो छरितो व्यवस्था, क्वारेन्टाइनको बैकल्पिक व्यवस्थापन, उपचारको सर्वसुलभ प्रवन्ध जस्ता अत्यावश्यक कामप्रति शाषक वर्गका कुनै संवेदनशीलता र जिम्मेवारीवोध नदेखिनु आफैमा दुस्खलाग्दो विषय हो । चितवन जस्तो मेडिकल सिटिको रुपमा परिचित जिल्लामा समेत उपचार नपाएर नागरिकहरुको मृत्यु हुनु भन्दा लज्जास्पद स्थिति अरु केही हुदैन । यसप्रकारको स्थितिमा यहाँका शाषकहरुमा थोरै पनि लज्जावोध हुन नसक्नु अर्र्को लज्जास्पद कुरा हो । यी र यसप्रकारका सरकारी गैरजिम्मेवार हर्कतहरुले जनतालाई देशमा सरकार भएको कुनै पनि अनुभूति भएको छैन । वरु सरकार धमिलो खोलामा माछा मार्ने नियतसाथ कोरोना संकटभित्रवाट देश र जनतालाई लुट्ने र सत्ताको आयु लम्याउने खेलमा लागेको प्रष्ट भएको छ । यसप्रकारको स्थितिमा हामी जनतालाई सचेत,अनुशासित र संयमित ढंगले यो महामारीको विरुद्धमा आ–आफ्नो ठाउँबाट लाग्न अनुरोध गर्दै नेपाल सरकार र सरकार मातहतका सम्पुर्ण निकायलाई जनताको दैनिक जीवन र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हुँदै आएका गैरजिम्मेवार कार्य र व्यवहार नदेखाउन अनुरोध समेत गर्न चहान्छौं । अन्यथा जनताको जनजिविका र जनस्वास्थ्यको संवेदनशीलतालाई ख्याल राख्दै यस्ता गैरजिम्मेवार निकायहरु विरुद्ध संघर्षमा उत्रन बाध्य हुने कुराको जानकारी समेत गराउन चहान्छौं।
धन्यवाद !!
क्रान्तिकारी अभिवादन सहित
अशोक शर्मा
सेक्रेटरी
नेकपा(क्रान्तिकारी माओवादी) चितवन






























