
भाद्र १७ काठमान्डौ
नेकपा (क्रान्तिकारी माओवादी) महासचिव क. किरणद्धारा गत केही समययता देशका विभिन्न भागका घटेका घटनाहरु र ती घटनाहरुप्रति सरकारको रवैयाबारे पार्टीको धारणाहरु स्पष्ट पार्दै एक प्रेस वक्तव्य प्रकाशित गरिएको छ । प्रेस वक्तव्यको पूर्ण पाठ तल दिइएकोछः
प्रेस–वक्तव्य
गएको केही समययता देशका विभिन्न भागका घटेका घटनाहरु र ती घटनाहरुप्रति सरकारको रवैयाबारे हाम्रो पार्टीको गंभीर रुपमा ध्यानाकर्षण भएको छ । यीनै विषयमा पार्टीको धारणा सार्वजनिक गर्न यो वक्तव्य प्रकाशित गरिएको छ ।
१. गएको भदौ १० गते झापाको कल्लावारीमा गोरु काटेको अभियोगमा मुस्लिम समुदायका स्थानीय दुईजना व्यक्ति गिरफ्तार गरिए पछि निस्केको स्वतस्पूmर्त विरोध प्रदर्शनमाथि ओली सरकारको सशस्त्र प्रहरी डफ्फाले अन्धाधुन्ध गोली प्रहार गरेर घाइते बनाइका एकजना विपन्न मजदूर रफिकुल आलमको त्यसैदिन राती अस्पतालमा मृत्यु भयो ।
२. गएको साउन ३१ गते रौतहट जिल्लाको गरुडा नगरपालिका–८का २० वर्षका दलित युवा निरञ्जन रामको घाँटी रेटेर हत्या गरिएको लास फेला प¥यो । त्यही सन्दर्भमा गिरफ्तारीमा परेका अर्का एकजना दलित युवा विजयराम चमारको हिरासत भित्रै उपचारको क्रममा वीरगञ्जको नेशनल मेडिकल कलेजमा भदौ १२ गते मृत्यु भयो । पोस्टमार्टम रिपार्टले शरीरभरि रहेका गहिरा चोटहरुका कारण उनको मृत्यु भएको उल्लेख गरेको छ ।
३. झापाको मेचीनगर–१९ भदौ ८ गते कीर्तिमानी राष्ट्रिय खेलाडी तथा ७ महिनाकी गर्भवती चन्द्रकला विश्वकर्मामाथि सामान्य घरायसी लेनदेनको विषयलाई लिएर स्थानीय श्रेष्ठ दम्पतिले निर्घातरुपमा कुटपिट गरेका छन् । उनलाई झापाको विर्तामोडको बीएण्डसी नामक अस्पतालमा भर्नागरेर उपचार गर्नु परेको छ । पश्चिम रुकुमको चौरजहारी घटना र धनुषामा प्रहरी हिरासतमा भएको शम्भू सदाको मृत्युको घाउमा टाटा नलाग्दै यस्ता घटना घटेका छन् ।
यी त केही प्रतिनिधिमूलक घटनामात्र हुन् । केही समय यता नेपाली समाजमा अल्पसङ्ख्यक धार्मिक समुदाय र दलित समुदायमाथि यस्ता घटनाहरु एकपछि अर्कोगरी बढ्दैजान थालेका छन् । समाजमा देखिने यस्ता जघन्य अपराधहरु नियन्त्रण गर्न, अपराधिहरुमाथि कार्वाही गरेर धार्मिक तथा सामाजिक सद्भाव कायम गराउन र धार्मिक अल्पसङ्ख्यक तथा दलित समुदायको विशेषाधिकारको संरक्षण गर्नु पर्नेमा स्वयम् सरकार र सरकारी पार्टीका मान्छेहरु नै प्रत्यक्ष वा परोक्षरुपमा यस्ता घटनामा सहभागी हुनु अत्यन्त चिन्ताको विषय हो । आपूmलाई माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट दावी गर्ने सरकारको यस प्रकारको रवैयाको हाम्रो पार्टी घोर विरोध तथा तीव्र भत्र्सना गर्दछ र साथै पीडितहरुका लागि उचित क्षतिपूर्तिको माग पनि गर्दछ ।
मितिः २०७७ भदौ १७ गते
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)





























