आज विश्व कम्युनिष्ट आन्दोलनले गम्भीर प्रकारको राजनीतिक धक्का खाएको छ । त्यसको स्वाभाविक प्रभाव नेपालको कम्युनिष्ट आन्दोलनमा समेत परेको छ । लेनिनको नेतृत्वमा महान अक्टुवर क्रान्तिद्वारा स्थापना गरिएको सोभियत संघ, त्यहाँको समाजवादी सत्ता र क्रान्तिकारी पार्टी विघटन भएपछि विश्व समाजवादी शिविर ढल्न पुग्यो । जसको परिमाणस्वरुप आज विश्व कम्युनिष्ट आन्दोलन कमजोर अवस्थामा रहेको छ । सोभियत संघ ढल्नु, विश्व समाजवादी शिविर विघटन हुनु तथा सोभियत कम्युनिष्ट पार्र्टीजस्तो क्रान्तीकारी पार्टी विघटन हुनुको पछाडि के कस्ता कारण र परिमाणहरु जोडिएका छन ? त्यसको गहिरो अध्ययन र विश्लेषणको आवश्यकता छ । निश्चय नै सोभियत सत्ता र विश्व समाजवादी शिविरको पतन वा विघटन हुनुको प्रमुख कारण अरु केही नभएर स्वयम् ती देशको पार्र्टीको मुख्य नेतृत्वमा आएको वैचारिक विचलन, अवसरवादी चिन्तन र आत्मसमर्पणवादी व्यवहार रहेको पाइन्छ । ख्रुस्चोभले शान्तिपूर्ण संघर्ष, शान्तिपूर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण सह–अस्तित्वको संशोधनवादी कार्यदिशा अवलम्बन गर्र्दै ३० वर्षमा समाजवादी सोभियत संघलाई साम्यवादमा पु¥याउने घोषण गरेको ३० वर्ष वित्दा नवित्दै उल्टै सोभियत संघ विघटन भएर पुँजीवादको पुर्नस्थापना मात्र भएन कि स्वयं त्यहाँको कम्युनिष्ट पार्र्टी र आन्दोलनमा समेत प्रतिबन्ध लगाउने काम भयो । सन १९९४ मा फ्रान्सको सोसियल ड्यामोक्रयाटिक पार्र्टीले मिलेराँको दक्षिणपन्थी गुटसंग एकता गरेपश्चात पार्र्टीमा हावी भएको दक्षिणपन्थी संशोधनवाद फ्रान्सको प्रतिक्रियावादी मन्त्रीमण्डलवादमा रुपान्तरण हुन पुग्यो । त्यहाँका क्रान्तिकारीहरुमाथि प्रतिबन्धको राजनीति थोपरियो । माक्र्स, एङ्गेलसहरुले स्थापना गरेर विभिन्न आरोह अवरोहहरुको बीचमा निरन्तरता दिदै आएको कम्युनिष्ट अन्तर्राष्ट्रिय (ऋयmmगलष्कत क्ष्लतभचलबतष्यलब)ि कार्ल काउत्सकीको वर्ग संघर्ष विरोधी विचारले विघटन मात्र गरेन कि प्रकारन्तरले माक्र्स, एङ्गेलसले निर्माण गरेको संसारको सबैभन्दा ठूलो कम्युनिष्ट पार्र्टी जर्मन सोसल ड्यामोक्र्याटिक पार्र्टी विघटन हुनपुग्यो । जसको परिमाण स्वरुप जर्मनीमा वर्ग विचारको स्थान नश्ल विचारले लिन पुग्दा हिटलरको फाँसीवादको उदय हुनपुग्यो र संसारलाई त्रास र आतंकमा बाच्न बिवश तुल्यायो ।
आज आरसिपी अमेरिका र पुष्पकमल दाहाल नेतृत्वको ततकालिन माओवादी दुबै बैचारिक विचलन भई दक्षिणपन्थी अवसरवाद र वामपन्थी विसर्जनवादको सिकार भएका छन् । आरसिपि अमेरिकाले कथित न्यू सेन्थेसिसको नाममा माक्र्सवाद र त्यसको अस्थित्वमाथि नै हमला गरि आत्मसुरक्षावादको मार्गवाट क्रान्तिकारी विचार र राजनीतिको हिसाबले संसारभरका सर्वहारा वर्ग र बर्गसंघर्ष माथि नै गद्दारी गर्र्याे भने अर्र्काेतिर दशवर्षे महान जनयुद्धवाट पलायन भई प्रचण्ड र उनको अवसरवादी समूह नयाँ जनवादी क्रान्ति, वलप्रयोगको सिद्धान्त, वर्गसंघर्ष, सर्वहारा अधिनायकवाद, निरन्तर क्रान्तिको सिद्धान्त तथा महान सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसका सारा आदर्श, नैतिकता मूल्य मान्यतावाट विचलित भइ संसदवादमा पतन भयो । यसरी बैचारिक विचलनको पराकाष्ठाको रुपमा प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा (माओवादी ) माओवादी एमाओवादी, माओवादी केन्द्र हुँदै एमालेमा विलय हुन पुग्यो । यसरी वर्गविभेदमा आधारित समाजमा वलप्रयोगको सिद्धान्त अनुसार नयाँ जनवादी क्रान्ति मार्फत समाजवाद हुँदै समतामुलक साम्यवादी समाजको स्थापनाको निम्ति संघर्षरत जनताको क्रान्तिकारी पार्र्टीलाई विसर्जन गरि संसदवादमा नग्न पतन भएर प्रचण्डहरुले नेपाली कम्युनिस्ट आन्दोलन र विश्व सर्वहारा क्रान्तिमा गम्भीर अन्तर्घात र गद्दारी गर्न पुगे ।
यी र यस प्रकारको राजनीतिक विचलन, सांगठनिक विघटन, आत्मसर्मपणवादी चिन्तन र संशोधनवादी कार्यदिशाको शिकार बन्न पुगेको कम्युनिष्ट आन्दोलनलाई जरैदेखि शुद्धिकरण र सुदृढीकरण अथवा क्रान्तिकारी पार्र्टी गठन गरेर लैजानु आज क्रान्तिकारीहरुको सामु असाध्यै धेरै ठूलो चुनौती पैदा भएको छ । त्यसलाई पार गर्न नसकीकन हामीले सर्वहरावर्र्गीय राजनीतिक, सर्वहरावर्र्गीय क्रान्ति र त्यसको समग्र रणनीति र कार्यनीतिलाई हासिल गर्न असम्भव हुनेछ । यसप्रकारको गहिरो तथा विषम राजनीतिक परिस्थितिको बीचबाट क्रान्तिकारी विचारको रक्षा गर्नु, त्यसको प्रयोग गर्नु र त्यसलाई विकसित तल््याएर नेपाली क्रान्तिलाई पूर्णता दिन निश्चयनै चुनौतीपूर्ण कार्य हुन्छ । तर फेरि सत्य यो हो कि संकटपूर्ण परिस्थितिको बीचबाट जन्मेको विचार, राजनीतिक संघर्ष र संगठन नै दुनियाँमा सफल भएको इतिहास हाम्रा सामु छ । रुसमा जारशाहको जबर्जस्ती शासन, स्वच्छन्द तथा एकाधिकारवादी पूँजीवाद साम्रज्यवादमा रुपन्तरण भएर विश्व मानव जगतमा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको भयावह परिस्थितिको बिचबाट लेनिनले विकास गरेको विचार, संगठन, संगठनात्मक प्रणाली र त्यसको जगबाट पैदा भएको वर्ग संर्घषको महान प्रकियाबाटै सोभियत सत्ताको स्थापना भएको तथ्य हाम्रा सामु छर्लङ्ग छ । जापानी साम्राज्यवादको कठपुतली च्याङकाईसेकका सबै प्रकारका शोषण, दमन र अन्याय अत्याचारको विरुद्ध चीनमा क.माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भई आधुनिक चीनको पूनर्निमाण सम्भव भएको तथ्य पनि कसैमा छिपेको छैन । यस प्रकारका कठिन परिस्थितिहरुको विचबाट संसारका थुप्रै तुफानी क्रान्तिकारी आन्दोलन, संघर्ष र सत्ता स्थापनाका इतिहास हाम्रा हामु छन । उपरोक्त प्रकारका दृष्टिकोणबाट हेर्दा नेपालमा पनि यस प्रकारका कठिन परिस्थिति विद्यमान छन र ती निकै चुनौतीपूर्ण पनि छन । विशेष गरेर दशवर्षसम्म जनयुद्धको नेतृत्व गरेको तत्कालिन माओवादीको मूल नेतृत्वले विचार, राजनीति र सिद्धान्तको तहबाटै क्रान्तिप्रति विश्वासघात र गद्दारी गरेर दक्षिणपन्थी नव–संशोधनवादमा पतन भईसकेपछि नेपाली क्रान्तिकारी आन्दोलन र यहाँको वर्ग संघर्षले गम्भीर धक्का खाएको छ ।

यथापि यी सबै कुराहरु अस्थायी मात्र हुन अर्थात यिनले कुनै पनि प्रकारको दीर्घकालीन असर पु¥याउने वाला छैन किनकि वर्ग संघर्षको प्रक्रियाबाट भाग्ने र थाक्नेहरुले गर्दा संघर्षको प्रक्रिया समाप्त हुन्थ्यो भने गद्दार काउत्स्कीले जर्मन शासक सामू आत्मसमर्पण गर्दा विश्वभर समाजवादी शिविरको स्थापना र विकाश नै नहुनु पर्ने हो । प्लेखानोभको पलायनले अक्टुवर क्रान्ति सम्पन्न नहुन पर्ने हो । ट्राटस्की र बुखारिनको गद्दारीले स्टालिनको नेतृत्वमा समाजवादी शिविरको रक्षा, फासिवादको अन्त्य र सोभियत सत्ताको रक्षा हुन नसक्नु पर्ने थियो अथवा थुप्रै नेताहरुको गद्दारीको बिचबाट चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न नहुनु पर्ने हो । संसारको इतिहास साँक्षी छ कि सघर्षका मैदानबाट दुई, चार अवसरवादी भाग्दैमा दुइचार गद्दारहरुले धोकाधडी गर्र्दैमा र दुई चार कायरहरुले घुँडा टेक्दैमा वर्गसंघर्ष र आन्दोलन न रोकिन्छ न त समाप्त हुन्छ, बरु विचारले झन सशक्त र सांगठानिकरुपमा झन बढी सुढृढ भएर अगाडि बढ्छ । नेपालको सन्र्दभमा कम्युनिष्ट पार्र्टीको मूल नेतृत्वले जति धेरै गद्दारी, धोकाधडी र आत्मसमर्पण गरे पनि नेपाली जनताको आस्था र विश्वास सदैव क्रान्ति, परिवर्तन र त्यसको नेतृत्वकर्ता कम्युनिष्ट पार्र्टी र नेतृत्वप्रति रहँदै आएको छ । यो एक प्रकारले भन्ने हो भने बादलामा पाइने चाँदीको चक्र जस्तै हो, जसको सकरात्मक प्रभाव नेपालको वर्ग सघर्षमा पर्दै आइरहेको छ । तर यो सकरात्मक प्रभावलाई बुझने र आत्मरती मात्र लिने कुराले आजको क्रान्तिको मूल प्रश्नमा त्यति ठूलो प्रभाव पर्र्दैन । निश्चय नै यो आफैमा महत्वपूर्ण पक्ष हो । तर यो सकरात्मक प्रभावलाई आजको क्रान्तिको सापेक्षतामा क्रान्तिकारी आशावादमा रुपान्तरण गर्र्दै वर्तमान सतहमा आएका कठिन चुनौतीको सामना गरेर अगाडि बढ्नु नै अहिलेको हाम्रो प्रमुख कर्तव्य हो र यो क्रान्तिकारी पार्र्टी निर्माणको प्रस्थानविन्दु पनि हो । क्रान्तिकारी पार्र्टी निर्माण गर्ने प्रश्नमा हाम्रा सामू थुप्रै चुनौती छन । ती चुनौतीको सामना गर्र्ने प्रश्नमा हाम्रा सामु समस्यै समस्याका थुप्रै चाङ्ग छन । ती समस्यालाई चिन्ने, बुझने र समाधानका उपाय निकाल्ने हामीसंग विचार, राजनीति, संगठन र नेतृत्वको अभाव छ । हामी थुप्रै समस्याको विश्लेषण गर्न सक्छौँ तर संश्लेषण गर्ने प्रश्नमा सँधै चुकिरहेका हुन्छौं । हामी हरेक कुराहरुको बारेमा विभिन्न कोणबाट तर्क, बहस र छलफल गछौँ तर निष्कर्ष दिने प्रश्नमा असफल हुन्छौँ । यसले थुप्रै प्रकारका निराशा, कुण्ठा र पलायनताको बिजारोपण मात्र गर्दैन कि स्वयम् आन्दोलनमा समेत थुप्रै प्रकारका गन्यावरोधहरु पैदा गर्नुका साथ साथै अग्रगामी राजनीतिक यात्रालाई दिशाविहीनता, गतिहीनता र अकर्ममण्यताको सिकार बनाईदिन्छ र आन्दोलनलाई गलत दिशामा लैजान प्रेरित गर्दछ । तसर्थ, आज समग्र क्रान्तिकारी आन्दोलनमा विचार, राजनीति, संगठन, संगठनात्मक स्वरुप, त्यसको कार्यशैली, संस्कृति र प्रणालीको विषयलाई वाद, विवाद, संवाद, तर्क बहस, निष्कर्ष र एकता, संघर्ष, रुपान्तारणको द्वन्द्वात्मक प्रकृयाको माध्यमबाट रक्षा, प्रयोग र विकासको उच्चतामा अभिव्यक्त गर्न आवश्यक छ । क्रान्तिकारी पार्र्टी निर्माणको बहसमा सामेल भैरहदा हामीले राज्य सत्ताद्धारा उपेक्षा र उत्पीडनमा पारेका विशाल जनसमुदायलाई विल्कुलै नयाँ मौलिक वैचारिक र सांगठानिक खुराक दिनसक्नु पर्छ । कार्लमाक्स र फ्रेडरिक एङ्गेल्सले घोषणा पत्र लेखेर सर्वहारा वर्गको कर्तव्य र अधिकारका लागि चाल्नु पर्ने सांगठनिक पहलकदमी र त्यसको नयाँ जीवन पद्धतिको नेतृत्वदायी सुरुवात गरे, जसको सकारात्मक प्रभावको परिमाण स्वरुप विश्वभरका सर्वहाराहरु स्वतःफूर्त आन्दोलन र विद्रोहमा बलिदानीपूर्ण ढंगबाट सामेल भए ।
लेनिनले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगका विशेषताहरुको वैज्ञानिक व्याख्या गर्दै त्यो अन्तरविरोधको जगमा पार्र्टीको पुनःनिर्माण गर्नुभयो । उहाँले आगामी संघर्ष र कार्यक्रमको विषयलाई वैचारिक अभियान चलाउन के गर्ने ? र कसरी गर्ने ? जस्ता पुस्तकहरु लेखेर विचार र दृष्टिकोणको राजनीतिक प्रभाव विशाल जनसमुदायको माझमा पुर्याउन सफल हुनुभयो र पार्र्टी पुनःनिर्माण संभव भयो । चीनमा माओले अन्तरविरोधसम्बन्धी नयाँ व्याख्या मात्र गरे न त उनले कम्युनिष्ट आन्दोलमा देखिएका गलत कार्यशैलीको विरुद्धमा जेहाद छेड्ने काम नै गरे र गलत कार्यशैलीको रुपमा रहेका मनोगतवाद, संकीर्णतावाद र घिसेपिटे पार्र्टी लेखनका विरुद्ध लाग्न आम जनसमुदायलाई आव्हान गरे र पार्र्टी पुनर्गठन प्रक्रियालाई अगाडि बढाउन नेतृत्वदायी पहलकदमी लिए । नेपालको कम्युनिष्ट आन्दोलनमा पनि यहाँका क्रान्तिकारीहरुका लागि उग्र वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवाद मुख्य समस्याको रुपमा रहदै आएका छन । त्यसमा पनि यहाँको सन्र्दभमा दक्षिणपन्थी अवसरवाद मुख्य खताराको रुपमा रहेको छ । आज दक्षिणपन्थी अवसरवाद संसोधनवाद, नव–संसोधनवादको माध्यमबाट हुँदै मिलेराँवादी मन्त्रीमण्डलवादमा रुपान्तरण हुँदै वामपन्थी विर्सजनवादमा पतन हुँदै जाने खतरा मुख्य छ । अवसरवादी सत्तालोलुपताको कारण आफूलाई क्रान्तिकारी दावी गर्नेहरु रातारात छेपारोले रङ्ग फेरेझै दक्षिणपन्थी अवसरवादमा पतन हुने, साम्राज्यवाद जुवामा नारिए र उसैको जुठोपुरोमा रमाउने प्रवृति बढेको छ । यो प्रवृतिको विरुद्धमा जति धेरै निर्मम प्रहार र भण्डाफोर गर्न सक्यो संगठनात्मक सुदृढीकरणको अभियान पनि त्यही रुपमा अगाडि बढ्ने निश्चित छ । विशेष गरेर जनयुद्धको प्रकृयाबाट आएको तत्कालिन माओवादीको मूल नेतृत्वले दक्षिणपन्थी नव–संशोधनवादी दिशा ग्रहण गरेपछि यहाँको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षले ठुलो धक्का खाएको पृष्ठभूमिमा क. मोहन वैद्य‘किरण’को नेतृत्वमा माओवादी आन्दोलन र वर्ग संघर्षको पुनर्गठन प्रयास सुरु भएको छ, नेकपा (क्रान्तिकारी माओवादी)को रुपमा ।

माओले भने झै क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी सिद्धान्त चाहिन्छ । लेनिनको भाषामा पार्र्टीलाई सर्वहारा वर्गको वर्गसचेत संगठित अग्रदस्तामा रुपान्तरण गर्न सक्नु पर्दछ । अझ लेनिनकै भनाइलाई हेर्ने हो भने सर्वहारा वर्ग त्यतिबेला मात्र एउटा अपराजित शक्ति बन्छ, जतिबेला माक्र्सवादी सिद्धान्तले उसमा प्रादुर्भाव गरेको वैचारिक एकतालाई संगठनको भौतिक संगठनमा बदल्न सकेको होस, जुन संगठनले लाखौ श्रमिकहरुलाई मजदुर वर्गको एउटा विशाल सैन्य मोर्चामा अबद्ध गर्न सकोस् । हामीले हाम्रो संगठनलाई यस प्रकारको सांगठानिक संरचनाको दायराभित्र सर्वहाराद्धारा क्रान्ति गर्न सक्ने योग्य संगठनको पुनःनिर्माण गर्नसक्नु पर्दछ । त्यसका लागि कार्लमाक्र्सले भने झै “कामदार वर्गले सम्पन्न वर्गले बनाएको पार्र्टीभन्दा विल्कुलै भिन्न र अलग्गै प्रकारको राजनीतिक पार्र्टी निर्माण गरेर मात्रै मजदुर वर्गको भूमिका खेल्न सक्छ ।”
आज यसरी विश्व कम्युनिस्ट आन्दोलन र स्वयं नेपाली कम्युनिस्ट आन्दोलन समेत त्यसभित्र पैदा भएका विभिन्न खाले अवसरवादको कारण कमजोर अवस्थामा छ भने कम्युनिस्ट पार्र्टीहरु रक्षात्मक अवस्थामा रहेका छन । कम्युनिस्ट आन्दोलनमा देखापरेका नानाथरीका अवसरवादवाट बचाएर सर्वहारा आन्दोलन र राजनीतिलाई विश्व विजयको उचाई प्रधान गर्न नै आजको हाम्रो प्रमुख कार्यभार हो । नेपालको संदर्भमा नयाँ जनवादी क्रान्ति मार्फत समाजवाद र साम्यवाद स्थापन गर्नको निम्ति सर्वहारा वर्गको पार्र्टीलाई वैचारिक राजनीतिक र संगठनिक हिसावले तयार पार्न जरुरी छ । यसप्रकारको पार्र्टी निर्माणको लागि मार्सवाद– लेनिनवाद–माओवादको सैद्धान्तिक आधारमा नयाँ जनवादी क्रान्तिमार्फत सामन्तवाद र साम्राज्यवाद विरुद्धको भिषण संघर्षको उठान गर्न आवश्यक छ, जुन संघर्षको बलवाट सामन्तवर्ग, दलाल पँुजीपति वर्ग र नोकरशाही पँुजीपति वर्गको राजनीतिक सत्ताको समुल अन्त्य गरि जनताको सम्युक्त जनवादी सत्ता स्थापना गर्न सकियोस। खास गरिकन मजदुर वर्गको नेतृत्वमा र मजदुर किसान एकताका आधारमा सामन्तवाद र साम्राज्यवाद विरोधी जनताको जनवादी अधिनायकत्व र त्यस अन्तरगतको सम्युक्त क्रान्तिकारी सरकारले मात्र नेपाली समाजमा कायम विद्यमान सबैखाले राजनीतिक, सामाजिक र सांस्कृतिक लगायतका समस्याहरुको स्थाई समाधान दिन सक्छ । जस्का आधारमा मात्र कमजोर अवस्थामा रहेको विश्व कम्युनिस्ट आन्दोलनलाई गति प्रधान गर्नुका साथसाथै सर्वहारा वर्गीय अन्तर्राष्ट्रियतावादको अभ्यास गर्न संभव छ । तर यसप्रकारको काम केवल देशको सच्चा मालेमावादी कम्युनिस्ट क्रान्तिकारीहरुको एकतावद्ध सांगठनिक पहलकदमी र वर्गसंघर्षको सचेत र योजनाबद्व तथा निरन्तर राजनीतिक अभियानवाट मात्र संभव छ । हाम्रो पार्र्टी नेकपा (क्रान्तिकारी माओवादी) ले यसप्रकारको क्रान्तिको बस्तुगत आधार तयार भएको बताउदै आत्मगत तयारीमा अगाडि बड्नुपर्ने आवश्यकतामा जोड दिएको छ । आजको अवश्यकता पनि त्यहि नै हो । तसर्थ उपयुक्त प्रकारको राजनीतिक पृष्ठभूमिमा नेपाली वर्गसंघर्षको विकासको निमित्त परिपक्व अवस्थामा रहेको वस्तुगत आधारमा क्रान्तिको आत्मगत अवस्थाको तिव्र विकासमा अगाडि बढ्न जरुरी छ । वस्तुको विकास गतिका आधारमा मात्र संभव छ भन्ने मालेमावादको सार्वभौमिक सच्चाईलाई आत्मसात गर्न अब धेरै ढिलाइ गर्नु उपयुक्त हुदैन । तसर्थ जनतावाट निरन्तर रुपमा तिरस्कृत हुँदै गएको र दशबर्षे जनयुद्धले फाल्न बाँकि रहेको सामन्तवर्ग, दलाल पँुजीपति वर्ग र नोकरशाही पँुजीपति वर्गको राजनीतिक सत्ताको अन्त्य गर्नु सिघ्र पहलकदमी लिन जरुरी छ । निरन्तर प्रकारको राजनीतिक र सांगठनिक प्रतिरोध र हस्तक्षेपकारी फौजी धक्का नदिएसम्म यो दलाल संसदीय व्यवस्था र साम्राज्यवादद्वारा पालित पोषित सामन्त, दलाल र नोकरशाही पँुजीवादको अन्त्य हुन सक्दैन । यसका निम्ति अब समय खर्च नगरिकन वलिदानीपूर्ण र कठोर राजनीतिक संघर्षको अनिवार्य आवश्यकतामाथि आँखां चिम्लनु गम्भीर ऐतिहासिक भुल हुनेछ । किन कि फलाम तातेकै वेला प्रहार केन्द्रित गरेमात्र त्यसले आकार ग्रहण गर्न सम्भव हुन्छ र ठोष परिस्थितिको ठोष विश्लेषण पनि त्यहि नै हुन सक्छ

प्रतिक्रिया

सम्बन्धित खवर