महान शहीद रामवृक्ष यादवप्रति हार्दिक श्रद्धान्जली !

महान शहीद रामवृक्ष यादवप्रति हार्दिक श्रद्धान्जली !


२ भाद्र काठमान्डौ
आज भाद्र २ गते कमरेड रामवृक्षले शहादत प्राप्त गरेको नि हो । देश र जनताको समग्र मुक्तिको संघर्षमा नेपाली जनताका हजारौ छोरा छोरीहरुले ज्यान गुमाएका छन् । यसै मध्येको एउटा परिवार हो शहिद कमरेड रामवृक्ष यादवको परिवार । तराई मधेशमा, विशेष गरि धनुषा र सिरहामा कमरेड रामवृक्षको बढ्दो लोकप्रियताबाट त्रसित नेपाली कांग्रेसका नेताहरु र प्रशासनको मिलोमतोमा नेकाका स्थानीय नेताहरु, ग्रामिण भिजिलान्ते र भाडाका पेशेवर हत्याराहरुको समुहले उनको जन्मगाउँ बरमझियामा ०५१ साल भाद्र २ गते उहाँको हत्या गरिदिएका थिए ।
जनयुद्धको क्रममा उहाँको छोरा कमरेड शेखर र ज्वाईपनि शहिद हुनु भयो र उहाँको जीवन साथी कमरेड रामकुमारी यादवको एउटा दुर्घटनामा मृत्यु भयो । कमरेड रामवृक्ष यादवको सम्पूर्ण परिवार जनताकै निम्ति समर्पित भयो । आज भाद्र २ गते तिनै महान शहिद कमरेड रामवृक्षको शहादत दिवस हो ।
महान शहीद रामवृक्ष यादव जनताको हृदयमा भने सधै जीवित, रहिरहनु हुनेछ्र । ती महान शहीद कमरेड रामवृक्ष यादवप्रति हार्दिक श्रद्धान्जली !