रातो खबरका निर्देशक अनिल शर्माको स्वास्थ्य अवस्था अझै नाजुक

रातो खबरका निर्देशक अनिल शर्माको स्वास्थ्य अवस्था अझै नाजुक

३० श्रावण काठमाडौँ,
लामो समयदेखि चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा ‘विरही’ को स्वास्थ्य अवस्था अझै पनि उस्तै नाजुक अवस्थामा रहेको छ । शर्मालाई रातो खबर साप्ताहिकका प्रबन्धक निर्देशक भीम चापागाईंले शुक्रबार अस्पतालमै भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन । शर्माको स्वास्थ्य अवस्था अहिले पनि नाजुक रहेको र उठबस पनि गर्न नसक्ने स्थितिमा रहेको जानकारी शर्मासँगको भेटपछि चापागाईंले दिएका छन ।