थपिए उपत्यकामा ३१ सहित २४६ जना संक्रमित, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

प्रकाशित मिति : २०७७ श्रावण १८


काठमाडौं । काठमाडौं उपत्यकामा ३१ सहित देशभर थप २४६ जनामा कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ३१ जना काठमाडौं उपत्यकाका रहेका छन् । डा. गौतमका अनुसार काठमाडौंका २२, ललिपुरका ८ र भक्तपुरका १ रहेका छन् ।  योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ भने निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।