मानव सामाजिक प्राणी हो । प्रशिद्ध वैज्ञानिक चाल्स डार्विनको सर्भाइवल अफ द फिटेस्ट भन्ने नामको किताबमा मानव जातीको विकास एउटा ढेडु बाँदरबाट भएको हो भन्ने तथ्य प्रमाणित गरिएको छ । क्रम विकासको सिद्धान्तका आधारमा मानवको विकास प्रक्रियागत ढंगले ढेडुबाट अस्ट्रेलोपितिकस, हेमापितिकस, आदिम मानव हुँदै आधुनिक मानवमा विकास भएको हो । जंगलमा बाँदरहरू हुल बाँधेर एक ठाउँबाट अर्को ठाउँमा गईरहेको देखिन्छ । मानव जातिको इतिहाँसमा पनि आदिम कालदेखि कविले संस्कृतिबाट विकास हुँदै साम्यवाद सम्म पुगेको कुरा उल्लेख छ, । पछिल्लो समयमा मानव विस्तारै बहुलवादी हुदै क्षैत्रियताबादी भइ आ–आफ्ना क्षेत्रहरू निर्माण गर्ने क्रममा संसारमा विभिन्न राजारजौटाहरूको विकास भएको पाईन्छ । शक्ति निर्माण गर्ने र एक राज्यले अर्को राज्यमाथि आक्रमण गरि राज्यनै लिने अथवा कुनै क्षेत्र जितेर लिने गरेको इतिहास छ । क्षेत्रियतावाद संगै निजी स्वार्थका निम्ति निजि सम्पत्ति, निजि परिवार, नातावाद, कृपावाद आदिको विकास भएको पाईन्छ । यसका कारण पक्षवाद, सामान्तवाद, बरबरता, क्रुरता अझ तिब्र रुपमा विकास भएको पाईन्छ ।
दासप्रथा र वर्णव्यवस्था जस्ता क्रुर मानव कलंकित व्यवस्थाको सुरुवात हुन्छ । यसैबाट जातिय व्यवस्थाको सुरुवात भएको हुन्छ । एक मानव जातले अर्को मानव जातिमाथि पाशविक व्यवहारहरू गर्ने गरेको कुरा आज पनि ताजै छ । सामन्तवादी राजतन्त्रात्मक व्यवस्थामा छोरा राजा हुनका लागि बुवाको हत्या गरेको, भाइ राजा हुनको लागि दाइको हत्या गरेको तितो यथार्त पनि निजि स्वार्थ कै मामिला हो । निजि स्वार्थ पुरा गर्नका लागी कोशी, गण्डकी, महाकाली, अपर कर्णाली, अरुण तेश्रो अनि मस्याङ्गदी हुँदै विप्पा जस्ता राष्ट्रघाती असमान धोकेवादी सम्झौता गरिएको कुरा घाम जस्तै छर्लङ्ग छन् । मदन हत्याकाण्ड, दरवार हत्या काण्ड, सुन काण्ड, लिलिता निवास काण्ड, रोशनी काण्ड, नागरिक्ता विधेयक, सेना समायोजन, पार्टी विसर्जन पनि निजि स्वार्थ कै पराकाष्टा हुन । उता सर्वसाधारण जनता भने निजि स्वार्थका लागी दल बदल्ने, चुनावमा कुखुराका साप्रामा भोट हाल्ने, चोरी डकैति, लागुपदार्थ ओसारपसार, चेलीवेटी बेच विखन, बैदेशीक रोजगारा, विदेशी लाहुरे आदिमा कार्यमा तल्लीन भएको दैनिय अवस्था छ ।
हाल नोभेल कोरोना भाइरसले मानव जगत माथि नै चुनौति दिएको यो गम्भिर परिस्थितिमा समेत मानिसहरु निजि सम्पत्ती र स्वार्थमा लिप्त भएको अवस्था देखिन्छ । ५० लाख भन्दा बढी नपर्ने पिसिआर मेसिन सरकारका १ करोड ६० लाखमा खरिद गरेको विल पेस गर्नाले पनि भष्टाचार राम्रोसँग प्रमाणित गरिदिएको छ । २६० मा तयार भएको गुणस्तरीय भिटिएम प्रयोग नगरी ७ सयमा वाहीरबाट गुणस्तर हिन ६० रुपैयाँमा उत्पादन हुने भिटिएम खरिद गर्नाले, उद्दार कार्यमा प्रधानमन्त्रीले कहिल्यै १० अरब सुनाउदै ३ अरब मात्र प्रमाणित हुनाले पनि भष्टाचारको फराकिलो र खुलेआम भइरहेको कुरा स्पष्ट गर्दछ । उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साना भ्रष्टाचारीहरूलाई समातेर राख्ने ठाउँ सम्म नभएको सामाचारले पनि सबैतिर उस्तै उस्तै भएको कुरा छर्लङ्ग भएको छ । उता प्राणिजगतको हितको कुरा गर्ने मन्दिर, मस्जिद र गिरीजाघर र गुम्बा जस्ता धार्मीक स्थलहरुमा ईश्वरवादी चिन्तकहरु तथा दशाग्रहवादी र प्रेतवादी भइभित जनहरुको भेटद्वारा संकलित खरबौं थन्कीएर अवचलन भई बसेको मुद्रा यत्रो मानव संकटको बेला सुक्को सम्म वाहिर ननिस्कनुले निजि स्वार्थबाट प्रभावित अधिभुतवादको नौटंकी नाच मात्र भएको कुरा प्रकाशमा आएको छ ।
जातियवाद, क्षेत्रियतावादको र अधिभुतवादको पिल्लरमा अडेको सामन्तवाद र पुँजीवाद नितान्त निजि स्वार्थमा निहित छ । त्यसैकारण पुँजीवादी देशहरु आज निजिकरण, उद्दारीकरण र व्यापारीकरणका कारण एक अर्कामा तँछाडमछाड गर्दै अर्धउपनिवेशिक र पूर्ण औपनिवेशीक अवस्थामा फस्दै फसाउँदै जाने प्रतिस्पर्धा मानव जगतमा चलेकै छ । यसै सिलसिलामा अमेरीकाका गोरा जातका मानिसहरू बिजनेस, बाइबल र बुलेटको निति (थ्रि बि) अथवा स्कुल, अस्पताल, बाईबल, राईफलको निति तथा आधुनिक हात हतियारद्वारा संसारभरी उपनिवेश चलाउने उद्देश्य राखेर आउने क्रममा भारतमा ईष्ट इण्डिया कम्पनीको माध्यमबाट छिरेका थिए । भारतमा पूर्ण रूपले उपनिवेश चलाएर बसेका फिरंगीहरू आधुनिक हातहतियार र खरखजानाले सुसज्जीत थिए । बल र छल दुईटैले सुसज्जित अमेरिकीहरु नेपालमा पनि आउन चहान्थ्ये । पूर्व टिष्टा देखि पश्चिम काँगडा सम्म फैलिएको विशाल नेपाल बंगालको समुद्री सतहदेखि कैलासपर्वत सम्मको भूभाग छोएको संसारकै प्राकृतिक सुन्दरताले भरिभराउ अनमोल देश माथि अंग्रेजहरुको गिद्दे नजर परिसकेको थियो । सन १८१४ नोभेम्बरमा अंग्रेज सेनाले गोर्खा माथि ५ वटा स्थानबाट सैनिक हमला सुरु गरेको थियो । चारैतिरबाट गोर्खाली सेनाको युद्ध कला बल, विवेक र सिपसँग हारेपछि अंग्रेज सेनाले बलको निति छोडेर छलको निति प्रयोग गरेको इतिहास छ । महाकाली पारि वा पश्चिमका एक प्रभावशाली शैनिक कमाण्डर बम शाहलाई निजि स्वार्थमा फसाएर आत्मसमर्पण गर्न लगाई गोर्खाली सेनापति अमरसिंह थापालाई हतास बनाइ सुगौली सन्धीमा फसाएर झण्डै दुईतिहाई नेपाली भूमि अग्रेजहरुले झुक्याएर भारतमा गाभिदिएका थिए । त्यसपछि गोर्खाली सेनाको सहास र हिम्मतको उपयोग गरि संसार जित्न सकिने उद्देश्यले जंगबहादुर राणालाई मायाजाल र निजि लालचमा फसाएर गोर्खा शैनिक भर्ति गर्ने सम्झौता गर्न लगाएका थिए । त्यतिबेला देखि नेपालीमाथि निजि श्वार्थको विषको लड्डु ख्वाएर भारत र अमेरीकाले आफ्नो स्वार्थ पुरा गरिरहेको छ । हाल पनि ३८ हजार अमेरीकी र भारतीय एड्भोकेटरहरु नेपालभित्र रहेको कुरा सामाचार माध्यमहरुले सार्वजनिक गरेका छन् ।
उत्तर आधुनिक्तावादको चरम विकास र प्रसार भएको यो समयमा एकातिर एउटा नयाँ पुस्ता फेसनफासन र दुव्र्यसनको सिकार भएको छ भने अर्को एउटा तप्का जो देश दुनियाँको चिन्तामा अति सादा जिवनसैलीका कारण उनीहरुले आफ्नो ब्यक्तिगत सरसफाई र स्वास्थ्यको समेत ख्याल नराखि अर्को एडिक्सनका सिकार भएका देखिन्छन् । संसारमा पुँजीवादको असरका कारण पुँजीका लागि मासिनलाई विभिन्न लतमा फसाएर धन कमाउने अस्वस्थ प्रतिस्पर्धाले संसारभरका विभिन्न समाजहरुलाई दुब्र्यसन, फेसनको सिकार बनाएको पाईन्छ, कृषि क्षेत्रमा विशादीहरुको चर्को विकास र प्रयोगले आज मानव जाती दिनानुदिन रोगको सिकार बनेको छ, हींसा, हत्या, चोरी, डकैती, घुसखोरी, राष्ट्रघात, जनघात, भ्रष्टानचार, तँछाड मछाड, अन्याय अत्याचार, निजीकरण, ब्यापारीकरण, उदारीकरण आदी बढेको छ भने अर्को तिर यस्ता कुरामा फसेको दुनियाँलाई बचाउनका निम्ती समाजवादी, अर्थशास्त्री, विज्ञानवादी विचारको प्रसार गर्ने र आदर्श समाज स्थापनाको लागि जिउज्यान दिएर लाग्नेहरु श्रोत, साधन र पहँुचबाट बञ्चीत भई बर्बाद भएको देखिन्छ । त्यहाँको देखावटी समाजका अगाडी सादा जीवन विताउनेहरु कुरुप, निरस, निर्धन र दुःखी देखिनाले समाज परिवर्तमनमा अझ बढी कठिनाईहरु बढेका छन् । वास्तबमा आज हामीले धन भनेर जुन मुद्रालाई संकलन गर्ने गरिहेका छौं त्यो धन होईन त्यो त बस्तु र सेवा विनिमयको साधन मात्र हो भन्ने मान्यता अर्थशास्त्रको रहेको छ। प्रसिद्ध अर्थशास्त्री मार्सलले अर्थशास्त्र धनको विज्ञान नभई यो मानविय विकासका लागि सेवा सँग प्रत्यक्ष सम्बन्ध राख्ने मानव शास्त्र भएको कुरा बताउनु भएको छ । मुद्रा बस्तु र सेवा विनिमयको साधान मात्र भएको सामान्य कुरा सम्म बुझ्न नसक्नाले अर्थशास्त्रको धज्जी उडाएको छ । पुँजीवादीहरु अर्थशास्त्र, समाजशास्त्र र विज्ञान विरोधी क्रियाकलाप गरेर संसारलाई बर्बादीको दिशातिर फसाईरहेका छन् । संसारका मुर्ख जसको उद्देश्यले संसारको विकास उल्टो गतितिर बढिरहेको छ ।
राष्ट्रियता कमजोर भएको छ, वहुसंख्यक सर्वसाधारण निमुखा जनताहरु रोइरहेका छन् । न्यायका लागि कलम चलाउनेहरु दया लाग्दा, माया लाग्दा विचरा देखिएका छन् तर गाउँ लुटेर सहर पस्नेहरु, देश लुटेर विदेशी बैंक भर्ने बदमासहरु सुकिला मुकिला, रहर लाग्दा देखिने गरेका छनु । जादुकरले छलि खेल देखाए जस्तै सामन्त, शोषक जालि फटाहाहरु रहर लाग्दा र भर लाग्दो तरिकाले भ्रम छर्दै हिडेका छन् । त्यसकारणले गर्दा पनि समाज रुपमान्तरणमा वाधा पुगेको हो । नेपाली समाजले आफ्नो दृष्टिकोण बदल्न सकेको छैन र त काँचुली पनि फेर्न सकिरहेको छैन । युग देखि युग सम्म हैरान छन् तर विकल्प खोज्न तयार छैनन् । जब सम्म नेपाली जनताले निजीकरणको मान्यतामा अडेको पुँजीवादी ब्यवस्थाको दम्सको बारेमा केही कुरा राम्ररी बुझ्न सक्दैनन तब सम्म युग बदलिने सम्भावना देखिदैन । जसरी जंगल छोडेर मैदानको यात्रा गर्ने ढेडु आज आकाशमा उड्ने जमिनमा गुड्ने महासागरहरुको र अन्तरिक्षको अन्वेशन गर्ने अवस्थामा पुग्यो त्यसैगरि पुँजीवादलाई छोडेर जनवादको परिकल्पना गर्नेहरु समाजवादको अमृतपान गर्न सक्ने छन् तर जंगलकै बास मन पराउने ढेडु आज सम्म पनि ढेडु भए जस्तै यही नालायक पुँजीवादमै रमाउनेहरु पश्चगमनतिर भासिदै जानेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर