Health workers wearing protective suits attend to a patient outside the Gat Andres Bonifacio Memorial Medical Center during an enhanced community quarantine to prevent the spread of the new coronavirus in Manila, Philippines on Monday April 27, 2020. (AP Photo/Aaron Favila)

असार २७, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट शनिबार थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते र गोकर्णेवर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको २५ गते मृत्यु भएको हो ।

२६ गते मृत्यु हुने पुरुष फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा १७ गते परीक्षणमा कोरोना पुष्टि भएको थियो । त्यस्तै गोकर्णेस्वर नगरपालिकाका मृतक पनि मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । स्वासप्रश्वासमा समेत समस्या थपिएपछि स्वाब संकलन गरिएकोमा ती पुरुषमा कोरोना पुष्टि थियो । यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का अर्का ४५ वर्षीय १ संक्रमित पुरुषको असार २५ गते मृत्यु भएको थियो । क्षयरोगका उपचारका लागि १८ गते पाटन अस्पातालमा भर्नाका २२ परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २८ जिल्लामा संक्रमित भेटिएका छन् । सिन्धुपाल्चोक र दाङमा ५÷५ जना, सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४÷४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३÷३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २÷२ जना संक्रमित थपिएका छन् ।
यस्तै सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर