स्मृति पटलमा श्याम दाई

(सन्दर्भः श्याम दाइको दोश्रो समृति दिवस २२ असार ०७७ ).

प्रकाशित मिति : २०७७ असार १८

- नेत्र रानाभाट

हुन त समाजमा जन्म र मृत्युको चक्र चलिनै रहन्छ । सवैको जन्म र मृत्यु सवैको मानस पटलमा सम्झना नरहने पनि हुन्छ । तर मेरो मानस पटलमा त्यो दिन सम्झनाको अविस्मरणीय क्षण वन्यो जुन दिन हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का तात्कालिन पोलिटब्यूरो सदस्य तथा ४ नं प्रदेश सेक्रेटरी क. श्रीनाथ अधिकारी (क. श्याम) को अवसानको दिन थियो जसलाई नेपाली क्रान्तिकारी आन्दोलनका सैद्धान्तिक, बैचारिक, राजनैतिक तथा कर्तव्यनिष्ठा नेताको ?पमा चिन्ने गरिन्छ । जसको सारा जीवन देश, समाज र जनताको समाजिक, आर्थिक तथा सास्कृतिक जीवन परिवर्तनका लागी वर्गीय मूक्ति आन्दोलनमा वितेको थियो । समग्र जीवन नै समर्पण गर्ने अत्यन्तै नैतिक र चरित्रवान, बैचारिक, समाज परिवर्तनका संवाहक, जस्तो सुकै विपत्तीमा नी नआत्तिने र नथाक्ने समाजवादी आन्दोलनका अग्रणी नेताको ?पमा क. श्यामलाई चिनिन्छ । नेपाली क्रान्तिकारी आन्दोलनको दौरानमा पार्टीको जिल्ला, राज्य, प्रदेश इन्चार्ज÷सेक्रेटरी हुँदै पोलिटवयुरो सदस्य सम्मको विभिन्न जिम्मेवारीमा रही सामाजिक न्याय, सर्वहारा वर्गीय राज्य व्यवस्था तथा विशेषतः वर्तमान विकृत संस्कार र संस्कृतिको परिवर्तनको लागी निरन्तर लड्ने क्रान्तिकारी नेता क.श्याम हुनुहुन्थ्यो ।
क. श्यामको निरन्तरता, लगनशिललता, कर्तव्यनिष्ठता, मेहनत र परिश्रमका कारण प्रतिक्रियावादी राज्य सत्ता÷राज्य व्यवस्थासंग दाइले न कहिल्यै थाक्नु भो न त कहिल्यै हार्नु नै भो । तर भरतपुर क्यान्सर अस्पतालमा लामो समय सम्म क्यान्सर नामक रोगसंग लड्नु भो अपशोच रोगलाई दाईले जित्न सक्नु भएन । थप उपचारका लागी अस्पतालकै रेफरमा नेपाल क्यान्सर अस्पताल हरिसिद्धी भक्तपुर लगिएको थियो । चिकित्सकह?को सल्लाहमा अस्पताल नभै बाहिर कोठामा राखिएको थियो । २०७६ असार २२ गते विहान अन्दाजी ९ः०० वजे तिर मैले क. निशचल (क. श्यामका जेठा छोरा जो हाम्रो पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ र निरन्तर बुवाको उपचारमा खटिईरहनु भएको थियो ) लाई फोन गरें र श्याम दाईको स्वास्थ्य अवस्था वारे मात्र के सोधेको थिए । क. निशचलवाट चिन्ता मिश्रीत स्वरमा बुवालाई साह्ै गाहे भएर हिजो पुनः क्ष्ऋग् कक्षमा भर्ना गरिएको छ भन्ने जवाफ पाउनासाथ फोन राखे र हरिसिद्धी स्थित क्यान्सर अस्पताल पुगे जहाँ श्याम दाइलाई भेट्नका लागी परिवारजन तथा आफतजनह?को बाक्लो उपस्थिति थियो । सो उपस्थितिले दाई प्रतिको माया ममता, सद्भाव र सहानुभूति देखिन्थ्यो । उपस्थित सवैजनामा देखिएको शुन्यताले मलाई नी स्तव्ध वनायो । क्ष्ऋग् कक्षमा राखिएकोले भेट्न आउने सवैलाई भेट्न दिनका लागी अन्य विरामीह?को स्वास्थ्य समेतका कारण अस्पताल व्यवस्थापन असमर्थ त थिदै थियो । निश्चलले पहिले नै भन्नु भएको थियो की क्ष्ऋग् मा राखिएकोले बुवा वितेको नी थाहा नहुने भो । “बुवाले मान्छे चिन्न सक्नु हुन्न । अचेत भैसक्नु भो । परिवार, तथा आफन्त तथा शुभचितकह?लाई भेटघाटका लागी अप्ठ्या्रो पनि भयो । त्यसैले क्ष्ऋग् बाट वार्डमा सार्ने तयारी हुँदैछ । तापनि क. निश्चलको पहलमा मलाई भेट्ने अवसर मिल्यो । जव म क्ष्ऋग् कक्षमा पसे र देखें दाइलाई । म अक्क न बक्क भएं र उपचारमा संलग्न स्वास्थ्य कर्मीह?लाई सोधे, दाइको स्वास्थ्य अवस्थाको वारेमा । थाहा पाएं “सुधार हुँदैछैन, अचेत हुनुहुन्छ, वोलाउदा जीवितै हुनुभएको भए आँखा सम्म हेर्न सकन ुहुन्छ नत्र नहेर्न नी सक्नु हुन्छ, भेटघाटको लागी सहज होस भन्नका लागी एकाध घण्टामा वार्डमा सार्ने तयारी हुँदैछ, बाँकी वार्डमा नै भेट्नु होला” भन्ने जवाफ आयो । त्यसपछि श्यामदाई श्यामदाई भनी तीन पटक वोलाउदा एक पटक मात्र हेर्नु भो र वाँकी २ पटक हेर्न सकनु भएन । दाईलाई त झन गाहो पो भएछ त भनी क्ष्ऋग् कक्षवाट बाहिरिए । बेलुकी ०८ः०३ वजे जव श्यामदाईलाई मृत घोषणा गरियो, दाईसंगको यो नै भयो अन्तिम भेट । दाईका समाज परिवर्तनका अधुरा कार्य पुरा गर्ने प्रतिवद्धताका साथ ा दाईले सिकाउनु भएको बmान्तिकारी विचार, सिद्धान्तमा निरन्तर लाग्दै समाज परिवर्तनका अधुरा सपनाह? साकार पार्न हरहमेशा लागी रहने प्रतिवद्धताका साथ दोश्रो सम्ृति दिवसमा भावपूर्ण श्रदाञ्जली ।
लेखक देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नं प्रदेश समितिका अध्यक्ष हुन ।