
भन्छौ तिमी देश चिटिक्क पार्ने
आमाहरूका खुसले सिँगार्ने
त्यस्तै मलाई पनि लाग्छ राम्रो
सुस्पष्ट यौटै सपना छ हाम्रो
बोल्दा नि पैसो परिहाल्छ जस्तो
बोले त मीठो मरिहाल्छ जस्तो
प्रभुत्वको रोब निकाल्छ साह्रो
ठुलो बडो मालिकको कमारो
अल्झेछ पैसो पदमा परानै
ध्याउन्नमा छन् जतिखेर
खानै
नेता हुनेको मन मैलिएको
दुर्गन्ध चारैतिर फैलिएको
देखेर चाला सब मुर्मुरिन्छन्
‘धिक्कार !’ भन्छन् अनि
‘थुक्क’ दिन्छन्
असह्य पार्ने गहिरो छ बात
विश्वासको यो घनघोर घात
हिड्छौ तिमी सज्जन भिन्न बाटो
विचारले भव्य प्रशान्त पाटो
बैमान छैनौ अनि छैन सेखी
छौँ ढुक्क तिम्रो व्यवहार देखी
छ शास्त्र, विज्ञान निकै सुझेको
ज्ञानी तिमी यो दुनियाँ बुझेको
बसेर हाम्रो मनभित्र बास
मथी निकाले युगको निकास
हामी सँगै छौँ युगसत्य बोल्न
प्रकाशको सुन्दर द्वार खोल््न
त्यागी तिमी इच्छुकका सखा ए !
हरेस कल्यै कहिल्यै नखाए
योध्दा तिमी इच्छुकका सखा ए !
प्यारा तिमी इच्छुकका सखा ए !