पोखरा । पोखराको लखनचोकमा ११ दलीय संयुक्त मोर्चाद्वारा एमसीसी सम्झौताको बिरोधमा प्रदर्शन गरेको छ ।
सभालाईसम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य एवम् ४ नम्बर प्रदेश सेक्रेटरी कमरेड केश बहादुर परियारले एमसीसी परियोजना भूमण्डलीकृत आर्थिक राजनीतिक उद्देश्यबाट नेपालमा सामरिक महत्तोको मुद्दा बनाएर प्रवेश गरेको हिन्द प्रसान्त रणनीतिको अंग भएको बताएका छन् ।
एनले एमसीसी सम्झौता चीनलाई घेराबन्दी गर्ने नीति अन्तर्गत नेपाललाई सामरिक महत्तोको केन्द्रको रुपमा बनाउन खोजिएको बताए ।
अमेरिकाले एमसीसी परियोजना लागु गर्ने राष्ट्रहरुको ३ प्रकारले मापदण्डहरु बनाएको बताउँदै परियारले गरिव राष्ट्रहरु, द्वन्द्वबाट बाहिर निस्केका संक्रमण राष्ट्रहरु, ग्लोवल्ली स्टटेजिक रुपमा अमेरिकालाई प्रत्यक्ष मद्दत पुराउने राष्ट्रहरु रहेको बताए ।
https://www.youtube.com/watch?v=U1c3Hb0UFRY&t=59s
उनले एमसीसीको नाममा आउने ५० करोड अमेरिकी डलर भन्दा यसले दीर्घकालीन रुपमा पार्ने अवसरमा ध्यान दिनु आवश्यक रहेकोमा जोड दिए ।
उनले यो सम्झौताको विरुद्ध एकजुट भएर आवाज उठाउन सबैलाई आग्रह समेत गरे ।
उनले राष्ट्रघाती एमसीसी सम्झौताको पक्षमा कुनै पनि हालतमा नलाग्ने नेपालका सांसदहरुलाई समेत आग्रह गरे ।
उक्त बिरोध सभामा राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश समितिका अध्यक्ष शंकर बराल, नेकपा (माओवादी केन्द्र) का ४ नम्बर प्रदेश संयोजक भोजराज त्रिपाठी, ने.क.पा. (माले) का टेकनाथ भण्डारी, संयुक्त देशभक्त मोर्चाका संयोजक तिलक पराजुली लगायतका वक्ताहरुले आफ्ना विचार राखेका थिए ।
सङ्गम साँस्कृतिक मञ्च नेपालका कलाकारहरुले एमसीसीको विरुद्ध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
नेकपा मसाल कास्कीका प्रबक्ता चन्द्र बहादुर के.सी. को आध्यक्षतामा भएको बिरोध सभाको संचलान नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी ) का केन्द्रिय सदस्य एवम् प्रदेश सदस्य नारायण अधिकारीले संचालन गरेका थिए ।