
असार १७ पोखरा,
पोखराको लखनचोकमा एमसीसी सम्झौताको बिरोधमा ११ दलीय संयुक्त मोर्चाद्वारा विरोध सभा सम्पन्न गरिएकोछ । उक्त आयोजित सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिट ब्यूरो सदस्य एवंम ४ नम्बर प्रदेश सेक्रेटरी कमरेड केश बहादुर परियारले भनेका छन् –“यो एमसीसी परियोजना भूमण्डलीकृत आर्थिक राजनीतिक उदेस्यबाट नेपालमा सामरिक महत्तोको मुद्दा बनाएर प्रवेश गरेको हिन्द प्रसान्त रणनीतिको एक अंग हो । यो चिनलाई घेराबन्दि गर्ने नीति अन्तर्गत नेपाललाई सामरिक महत्तोको केन्द्रको रुपमा बनाउन खोजिएको हो ।”
सम्वोधनकै क्रममा जोड दिंदै उनले भनेका छन्–“अमेरिकाले एमसीसी परियोजना लागु गर्ने राष्ट्रहरुको तिन प्रकारले मापदण्डहरु बनाएको छ– १. गरिव राष्ट्रहरु, २.डोनरबाट बाहिर निस्केका संक्रमण राष्ट्रहरु, ३. ग्लोवल्ली स्ट्राटेजिक रुपमा अमेरिकालाई प्रत्यक्ष मद्धत पुराउने राष्ट्रहरु । यो ५० करोड अमेरिकी डलर केहि होइन । यो दिर्घकालीन रुपमा जाने स्ट्राटेजि हो । ५ वर्षभित्र परियोजना सकिएर फर्कने होइन यो त अनन्तकालसम्म रहने अमेरिकी रणनीति हो ।” त्यसैले यो राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको आन्दोलनमा लाग्न देशभक्त न्यायप्रेमी जनतालाई उनले आब्हान गरे ।
संघिय संसदमा प्रतिनिधितव गर्ने सांसदहरुलाइ उनले भने –“राष्ट्रघाती एमसीसी सम्झौताको पक्षमा कुनै पनि हालतमा तपाईहरु नलागि दिनु होला र यसको बिरोधमा डटेर उभिनु हुन” अनुरोध गरे । यसमा अझ स्पष्ट पार्दै भने कि यो एमसीसी सम्झौता हाम्रो संबिधानको भावना बिपरित छ र हाम्रो असंलग्ना परराष्ट्र नीतिको पनि बिपरित छ । त्यसकारण यो सम्झौता कुनै पनि हालतमा पास गर्न दिनु हुदैन । यो सम्झौतालाई पूर्णरुपमा खारेज गरौ ।

उक्त बिरोध सभामा राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश समितिका अध्यक्ष शंकर बराल , नेकपा ृमाओवादी केन्द्रका ४ नम्बर प्रदेश संयोजक भोजराज त्रिपाठी, ने.क.पा.( माले) का टेकनाथ भण्डारी, संयुक्त देशभक्त मोर्चाका संयोजक तिलक पराजुली लगायतका वक्ताहरुले आफ्ना विचार राखेका थिए । सङ्गम साँस्कृतिक मञ्च नेपालका कलाकारहरुले एमसीसीको विरुद्ध गित प्रस्तुत गरेका थिए भने रक्तिमका सचिव हेमराज आश्रमले रास्ट्रीयता सम्बन्धि गित पस््रतुत गरेका थिए । नेकपा मसाल कास्कीका प्रबक्ता चन्द्र बहादुर के.सी.को आध्यक्षतामा सम्पन्न उक्त बिरोध सभाको संचालन नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य एवंम प्रदेश सदस्य नारायण अधिकारीले गरेका थिए ।
































