अखिल क्रान्तिकारीद्धारा आषाढ २१ गते र २२ गतेका लागि आन्दोलनको घोषणा

आषाढ २१ गते राष्टघाती एमसीसी परियोजना सम्झौता खारेजीका लागि र २२ गते प्याव्सन र एनप्याव्सनद्धारा लकडाउन अवधिभरको शुल्क उठाउने संयुक्त निर्णयको विरुद्ध

प्रकाशित मिति : २०७७ असार १९

- अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल

आषाढ १९ गते काठामान्डौ,
प्राप्त जानकारीअनुसार यहि आषाढ २१ गते अखिल क्रान्नितकारीको आयोजनामा राष्टघाती एमसीसी परियोजना सम्झौता खारेजीको माग सहीत माइतीघर मण्डलामा दिको ठिक १ बजे विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्ने निर्णय गरेकोेछ । साथै उक्त विरोध कार्यक्रममा सम्पर्ण देशभक्त तथा राष्टियता पक्षधर शक्तिहरुको उपस्थितिका लागि आव्हान समेत गरिएको छ ।
त्यसैगरी प्याव्सन र एनप्याव्सनद्धारा लकडाउन अवधिभरको शुल्क अभिभावकबाट अनलाइन शिक्षाको नाममा उठाउने संयुक्त निर्णयको विरुद्ध प्याव्सन कार्यालय डिल्लीबजारमा एक घण्टे धर्नाकार्यक्रम पनि आयोजना गरिएको जानकारी प्राप्त भएको छ । यदि धर्नाकार्यक्रममार्फत विद्यार्थीको आवाजलाई उनीहरुले राम्ररी नसुनेमा आवश्यकताअनुसार संघर्षका अन्य कार्यक्रमहरु पनि संचालन गर्ने जानकारी प्राप्त भएको छ ।