
पथप्रदर्शक सिद्दान्त
संगठनको सैद्दान्तिकपक्ष बारे चिन्ता गर्दै लेनिन अगाडी भन्नुहुन्छ “सिद्दान्तमाथि आधारित नभएको संगठन अर्थ हिन हो त्यसले ब्यबहारमा मजदुर बर्गलाई पुँजीजिपती बर्गको औजारमा बदल्छ” सिद्धान्त बिनाको संगठन ‘कुहिरो भित्रको काग’ जस्तो हुन्छ । यात्रामा निक्लेको यात्रीको निम्ति यात्रा सफलताको लागि एउटा कुशल पथप्रदर्शकको आवस्यकता हुन्छ । त्यस्तै क्रान्तिकारी संगठनको स्थापना पश्चात त्यो संगठनलाई लक्ष सम्म कुशलतापुर्वक डोहो–याउनको निम्ति एउटा बैज्ञानिक सिदान्तको आवस्यकता पर्दछ । त्यो सिद्दान्त नै लक्षमा पुग्नको निम्ति त्यो संगठनको पथ प्रदर्शक सिद्दान्त हो ।
लेनिन भन्नु हुन्छ “क्रान्तिकारी सिद्दान्त बिना कुनैपनि क्रान्ति सम्भव छैन” प्रतिगामी र यथास्थितिवादी सिद्दान्तले क्रान्तिकारी संगठनलाई पलायन,बिचलन र बिशर्जन तिर डोहो–याउछ । त्यसकारण प्रतिगामी र यथास्थितिवादी सिद्दान्तले क्रान्तिकारी संगठनलाई पथ प्रदर्शन गर्न सक्दैन । क्रान्तिकारी संगठनलाई पथप्रदर्शन गर्नको निम्ति क्रान्तिकारी सिद्दान्तको आवस्यकता पर्दछ । आजको युगको सबभन्दा बैज्ञानिक र क्रान्तिकारी सिद्दान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो ।
“माक्र्सवाद भनेको प्रकृति र समाज बिकासका नियमहरुको व्याख्या गर्ने बिज्ञान हो । यो सर्वहारा तथा सम्पूर्ण उत्पीडित तथा शोषित बर्गहरुको क्रान्तिकारी संघर्षलाई निर्देशन गर्ने र विश्वभरि समाजवाद तथा साम्यवादको बिजयको नेतृत्व गर्ने बिज्ञान हो । लेनिनवाद भनेको साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । माक्र्सवाद–लेनिनवादको सार्वभौम सत्यलाई क्रान्तिको मुर्त ब्यबहारमा जोडेर अध्यक्ष माओले माक्र्सवाद –लेनिनवादलाई ग्रहण गर्नुभयो ,रक्षा गर्नुभयो र त्यसको बिकास गर्नुभयो” ( दार्शनिक र सांगठनिक सिद्दान्त, पृष्ठ ६७ ) यहीक्रममा नै माक्र्सवाद–लेनिनवादको बिकास भएर माक्र्सवाद –लेनिनवाद– माओवाद अर्थात मालेमावाद बन्यो । द्वन्दात्मक तथा एतिहासिक भौतिकवाद मालेमावादी बिस्व दृस्टीकोण हो । सर्वहारावर्गको निम्ति यो संसारलाई हेर्ने,बुझ्ने र बदल्ने हतियार हो । सशस्त्र बल द्वारा सत्ता कब्जा गर्नु, सर्वहाराबर्गको अधिनायकत्व स्थापित गर्नु ,सर्वहारावर्गको अधिनायकत्व अन्तरगत क्रान्तिलाई निरन्तर अघि बढाउनु मालेमावादी सिद्दान्तका सार हुन ।
अत ः क्रान्तिकारी संगठनको पथ प्रदर्शक सिद्दान्त माक्र्सवाद–लेनिनवाद–माओवाद नै हो । वास्तवमा यसप्रकारको मालेमावादी सिद्दान्तमा आधारित नभएको अर्थात मालेमावादी सिद्दान्तले पथ प्रदर्शन नगरेको संगठन लेनिनको शब्दमा अर्थहीन हुन्छन । र ति संगठनहरुले मजदुरबर्गलाई उनीहरुको मुक्ति होईन उल्टो पुँजीपतिबर्गको स्वार्थ सिद्द गर्ने औजारमा बदल््छन ।
संगठनको सदस्यता
क्रान्तिकारी संगठन (कम्युनिस्ट पार्टी ) को सदस्यता प्राप्त गर्नु सामान्य कुरा होईन । भनिन्छ ,सोभियत अन्तरिक्ष यात्री युरिगागरिनको सफल अन्तरिक्ष यात्रा पश्चात तत्कालिन सोभियत सरकारले सम्मान गर्नेक्रममा युरी गागरिनलाई तपाई के चाहनुहुन्छ ? भनेर सोध्दा उनले मलाई कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्ने इच्छा छ भनेका थिए । चिनियाँ जनबादी क्रान्तिको दौरानमा मृत्युबरण गरेकी एकजना नौजवान महिलालाई उनीप्रति श्रदा र सम्मानस्वरूप मृत्युपर्यन्त चिनिया कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरिएको थियो । भारतमा एकजना दिग्गज माक्र्सबादी साहित्यकारलाई उनि मरेपछि भारतीय कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरिएको थियो । बिस्व सर्बहारा क्रान्तिको महान नायक क. स्टालिनको निधन पछि उनको बद्नाम गर्ने अस्त्र स्वरूप गद्दार खुस्र्चोभले उनको पार्टी सदस्यता खारेज गरेको थियो । नेपालमा निर्मल लामाको पार्टी सदस्यता खारेज गरिदा उनि धुरु धुरु रुएका थिय । तसर्थ कुरा साफ छ कम्युनिस्ट पार्टीको सदस्यता कति गरुङ्गो हुन्छ ।
तसर्थ सामान्य ढंगले क्रान्तिकारी कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त हुनसक्दैन । निश्चित प्रक्रिया पुरागरेर मात्र उक्त पार्टीको सदस्यता प्राप्त गर्न सकिन्छ । कुनैपनि व्यक्तिलाई कुनैपनि जबस र मोर्चामा कम्तिमा ६ महिना काम गरे पश्चात उसको ईमान्दारिता, क्षमता र क्रियाशीलताको आधारमा स्थानीय पार्र्टी कमिटि मार्फत पार्टी सदस्यको उम्मेदवार बन्ने अधिकार हुन्छ । उम्मेदवार सदस्यको परिक्षण अवधि ६ महिना या त्यो भन्दा बढी हुनसक्दछ । त्यसपश्चात पार्टीले योग्य ठानेमा निजलाई पार्टी सदस्यता प्रदान गर्दछ ।
वास्तवमा कस्तो व्यक्तिलाई पार्टी सदस्य बनाउने भन्ने कुराले नै कस्तो पार्टी बनाउने भन्ने कुराको निश्चित गर्दछ । १९०३ जुलाई १७ मा सम्पन्न सोभियत कम्युनिस्ट पार्टी (बोल्सेभिक) को दोस्रो महाधिवेशनमा कस्तो व्यक्ति पार्टी सदस्य बन्न सक्दछ भन्ने सवालमा लेनिन र मार्र्तोभका बीच चर्र्काे संघर्ष भयो ।
लेनिनको मत थियोः जसले पार्टीको कार्यक्रम मान्छ , पार्टीलाई नियमित लेवी बुझाउछ र उ कुनै न कुनै एउटा संगठनमा रहेर काम गर्छ त्यस्तो व्यक्ति पार्टी सदस्य बन्न सक्छ ।
मार्र्ताेभको मत थियो ः जसले पार्टीको कार्यक्रम मान्छ , पार्टीलाई लेवी बुझाउछ ,आर्थिक सहयोग गर्छ उ पार्टी सदस्य बन्न सक्छ । तर पार्टीको कुनै न कुनै निकायमा रहेर काम पनि गर्नु पर्दछ भन्ने सर्त आवस्यक छैन ।
त्यही मतभेदको कारण पार्टी विभाजित भयो । हेर्दा सामान्य देखिने त्यो मतभेद भित्र ज्यादै गम्भीर र महत्वपूर्ण चिज लुकेको थियो । कस्तो व्यक्ति पार्टी सदस्य बन्ने ? भन्ने बिबाद भित्रको चुरो कुरो कस्तो पार्टी बनाउने ? भन्ने नै थियो । लेनिन भन्नुहुन्छ “कमरेड मार्र्तोभको दृस्टीकोणवाट पार्टीको सिमा रेखा बिल्कुल अनिश्चित रहन्छ , किनभने हरेक हड्तालकर्ताले आफुलाई पार्टी सदस्य घोषणा गर्न सक्दछ । यो अनिश्चितता को फाईदा के हो ? उपाधिको ब्यापक बिस्तार । यसको बेफाईदा के हो भने यसले असंगठनकारी बिचारलाई प्रवेस गराउछ ,बर्ग र पार्टीलाई गोलमाल बनाईदिन्छ”
लेनिनका अनुसार निरन्तर फिल््डमा रहने क्रान्तिकारी योद्धाहरु मात्र कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्दथे । मार्र्ताेभका अनुसार कहिल्यै फिल््डमा नदेखिने र कुनैपनि काम नगर्ने मान्छे पनि पार्टी सदस्य बन्न सक्दथे । लेनिनको अनुसार पार्टी सशक्त ,भूमिगत र मिलिटेन्ट बन्थ्यो । मार्र्ताेभका अनुसार पार्टी ढिला–ढाला र खोक्ला बन्थ्यो । लेनिनका अनुसार पार्टी क्रान्तिकारी बन्थ्यो र मार्र्ताेभका अनुसार पार्टी दक्षिणपन्थी संशोधनवादी बन्थ्यो । महाधिवेशनले बहुमतको समर्थनमा लेनिनको प्रस्तावलाई पारित गर्यो । पार्टीमा विभाजनको रेखा कोरियो । बहुमत पक्षधर बोल्सेभिक समुह र अल्पमत पक्षधर मेन्सेबिक समुह बन्यो ।
संगठनको सदस्यको काम
कम्युनिस्ट पार्टीका सदस्यहरुले बढी भन्दा बढी अध्यनलाई जोड दिनुपर्दछ । उनीहरुले पार्टीका बिधान,प्रतिवेदन लगाएत पार्टीका सबै प्रकाशनहरु अनिवार्य अध्यन गर्नुपर्दछ । साथै उनीहरुले रास्ट्रिय, अन्तरास्ट्रिय कम्युनिस्ट प्रकाशनहरुपनि खोजि खोजि अध्यन गर्नुपर्दछ । कम्युनिस्टहरुले कितावको अध्यन गरेर मात्र पनि पुग्दैन अध्यनलाई वास्तविकता संगपनि जोद्नुपद्र्छ । पुस्तक मात्र पढने , पढेको कुरालाई वास्तविकता संग नजोडने प्रवृतिलाई पुस्तकपुजा भनिन्छ र ‘पुस्तक पुजाको बिरोध गर’ भनेर माओत्सेतुङ्ले हामीलाई सिकाउनु भएकोछ । माओत्सेतुङ् भन्नुहुन्छ “हामीले बढीभन्दा बढी माक्र्सवादी कितावहरु अध्यन गर्नुपर्दछ । तर अध्यनलाई आफनो देशको वास्तविक परिस्थितिसंग अनिवार्य रुपले जोद्नुपद्र्छ”
निस्कृयता कम्युनिस्ट बिपरित चिज हो । बुर्जुवा पार्टीको सदस्यहरु पांच बर्षमा एक पटक आउने निर्वाचनमा भोट माग्न मरिमेटी सक्रिय भएर हिड्ने र अर्र्को पाँच बर्ष देश र जनता लुटेर बस्ने जस्तो परिपाटी कम्युनिस्ट पार्टीमा लागु हुदैन । चुनावलाई माध्यम बनाएर देश र जनतालाई बर्बाद गर्नु सिवाय बुर्जुवा पार्टीहरुको अरु केहिकाम हुदैन । पांच बर्षमा एक दिन जनतासंग जाने र जनतालाई बेवकुफ बनाउने , अरु सबैदीन तस्करी,भ्रस्टाचारी ,काला बजारी गरेर तिनै जनताको टाउकामा मकै भुट्ने काम बुर्जुवाहरुले गर्दछन । चुनावमा उच्च सक्रियता देखाउने ,साम,दाम,दण्ड,भेद सबै प्रयोग गरेर चुनाव जित्ने तत्पश्चात आफ्नो दुनो सोझाउने बुर्जुवाहरूको कार्यशैली हो । तर संसार बदल्ने अठोट बोकेको कम्युनिस्ट पार्टीका सदस्यहरु १२ महिना २४ घण्टा कृयाशील हुनुपर्दछ । त्यसकारण क्रान्तिकारी कम्युनिस्ट पार्टीको सदस्यको शव्दकोषमा निस्कृय भन्ने शब्द नै हुदैन ।
कुनै पनि कमिटीमा नरहने र काम गर्न नसक्ने निस्कृय व्यक्ति कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्दैन । कम्युनिस्ट पार्टी भित्र सक्रिय पार्टी सदस्यहरु बीच झन बढी सक्रिय बन्ने र थप जिम्मेवारी लिने सवालमा स्वस्थ प्रतिस्पर्धा हुनु स्वभाविक हो । त्यस्तै काम गर्ने र नगर्ने बीच कम्युनिस्ट पार्टीमा अन्तरविरोध पैदा हुनु र त्यसले कहिलेकाही अप्रिय मोड लिनु पनि अस्वभाविक होईन । किनकि कम्युनिस्ट पार्टीको सदस्यले पार्टीको काम नगर्ने , निष्कृय रहने भन्नेकुरा सामान्य कुरा हुदैन ।
पार्टी काममा को कति सक्रिय छ त्यही ढंगको मुल्यांकन पार्र्टी कमिटीमा हुन्छ । सक्रिय पार्टी सदस्यको उच्च मुल्यांकन गर्दै उसलाई थप उत्साहित गर्ने काम पार्टीले गर्दछ । त्यस्तै निस्क्रिय पार्टी सदस्यलाइ सक्रिय बन्न प्रेरित गर्ने र पटक पटकको प्रयास पश्चात पनि सक्रिय हुननसक्ने पार्टी सदस्यको बारेमा उचित निर्णय गर्ने सवालमा पनि पार्टी सधै सचेत रहन्छ । पार्टी सदस्यहरुले सबैकाम बिधान सम्मत ढंगले गर्नुपर्दछ, पार्टीको प्रचलित बिधि,पद्दति र प्रक्रिया अनुसार गर्नुपर्दछ । पार्टीको विधानको परिधिमा रहेर क्रान्तिकारी सिद्दान्त ,बिचार र राजनीतिको प्रचार गर्ने , क्रान्तिकारी संगठनको निर्माण बिस्तार र परिचालन गर्ने पार्टी तथा जबस र मोर्चाहरुको सदस्यता वितरण गर्ने , तथा संघर्षका योजना निर्माण गर्ने ,संघर्षको उत्थान गर्ने तथा संघर्षका कार्यक्रमहरुमा सहभागी हुने गर्नु पर्दछ ।





























