
काठमाडौं । नेपालमा दिनानुदिन तीन अंकको दरले कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिन थालेका छन् । परीक्षणको दायरालाई बढाउने हो भने संक्रमितहरु ज्यामितीय रुपमा फेला पर्ने जनस्वास्थ्य विज्ञहरुले बताइरहेका छन् ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण फेला परेको छ । यो सँगै नेपालमा संक्रमितहरुको संख्या दुई हजार नजिक अर्थात् १८११ पुगेको छ ।
हालसम्म २२१ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ८ जनाको मृत्यु भइसकेको छ । संक्रमण ७७ जिल्ला मध्ये ५९ वटा जिल्लामा फैलिइसकेको छ ।