अन्तरजातीय विवाह हत्याकाण्डः दोषीलाई कारवाही गर्न प्रदेश ४ को नेपाल दलित मुक्ति मोर्चाको माग

प्रकाशित मिति : २०७७ जेष्ठ १४

पोखरा । पश्चिम रुकुमको चौरजहारी गाउँपालिका ८ सोतीमा अन्तरजातीय विवाह रोक्नका लागि भएको हत्याकाण्ठको दोषीलाई तत्काल कारवाही गर्न नेपाल दलित मुक्ति मोर्चा प्रदेश ४ ले माग गरेको छ ।

मुक्ति मोर्चा प्रदेश ४ का संयोजक राम नेपालीद्वारा बुधबार जारी विज्ञप्तिमा यस्तो माग गरिएको हो ।

विज्ञप्तिमा घटनाको निन्दा गर्दै सत्यतथ्य छानविन र दोषीमाथि कारवाहीको माग गरिएको छ ।

घटनालाई नरसंहारको संज्ञा दिदैं विज्ञप्तिमा भनिएको छ – घटनाले सिङ्गो दलित समुदायलाई आक्रोशित र दुखित बनाएको छ भने अर्को तर्फ यो घटनाले मानवअधिकार, नेपालको संविधान र लोकतन्त्रलाई नै चुनौती दिएको छ ।