जाजरकोट जिल्लामा गरिएको नरसंहारवारे देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी.पी. गजुरेलको प्रेस वक्तव्य

जाजरकोट जिल्लामा गरिएको नरसंहारवारे देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी.पी. गजुरेलको प्रेस वक्तव्य

जेठ १५ काठमान्डौ,
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी.पी. गजुरेलले आज एक वक्तव्य प्रकाशित गरी जाजरकोट जिल्ला, भेरी नगरपालिका ४ रानागाउँ निवासी नवराज वि.क. र पश्चिम रुकुम जिल्ला चौरजहारी नगरपालिका १ सोतीकी लक्ष्मी मल्लका बीचको प्रेम सम्वन्धलाई विवाहमा परिणत गर्न मल्लको घर पुगेका १८ जनामाथि उनका परिवार, गाउँले र वडा अध्यक्ष सहितबाट भएको सांघातिक आक्रमणमा नीज नवराज वि.क., टिकाराम सुनार, गणेश बुढामगरको ज्यान गएको र अरु तीन जना भेरी नदीमा डुबेर बेपत्ता भएको समाचारप्रति घोर निन्दा र भत्र्सना गर्दै एक प्रेस वक्तव्य प्रकाशित गर्नु भएकोछ । प्रेस वक्तव्यको पूर्ण पाठ तल दिइएको छः
प्रेस वक्तव्य
यही २०७७ जेठ १० गते जाजरकोट जिल्ला, भेरी नगरपालिका ४ रानागाउँ निवासी नवराज वि.क. र पश्चिम रुकुम जिल्ला चौरजहारी नगरपालिका १ सोतीकी लक्ष्मी मल्लका बीचको प्रेम सम्वन्धलाई विवाहमा परिणत गर्न मल्लको घर पुगेका १८ जना माथि उनका परिवार, गाउँले र वडा अध्यक्ष सहितबाट भएको सांघातिक आक्रमणमा नीज नवराज वि.क., टिकाराम सुनार, गणेश बुढामगरको ज्यान गएको र अरु तीन जना भेरी नदीमा डुबेर बेपत्ता भएको समाचारले हामीलाई स्तव्ध बनाएको छ । जात नमिलेको कारणबाट घटाइएका जघन्य अपराधमा यस प्रकारका घटनाको हामी घोर निन्दा र भत्र्सना गर्दछौं । सामाजिक, मानवीय, न्यायीक, संवैधानिक कुनै पनि कोणबाट विचार गर्दा यो निन्दनीय र आपराधिक घटना भएको पुष्टि हुन्छ । यसका लागि जिम्मेवार सबैलाई कडा भन्दा कडा कारवाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । मृतकहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
सी.पी. गजुरेल
अध्यक्ष
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल