मजदुर वर्गमाथिको कुनै पनि शोषण, दमन र उत्पीडन अस्वीकार्य : क्रान्तिकारी ट्रेड यूनियन महासंघ

प्रकाशित मिति : २०७७ जेष्ठ ७


काठमाडौं । मजदुरहरुको हक, हित र अधिकारका विषयमा महत्वपूर्ण मागहरु अगाडि सार्दैै अखिल नेपाल ट्रेड यूनियन महासंघले मजदुर वर्गमाथिका कुनै पनि शोषण, दमन र उत्पीडन अस्वीकार्य हुने बताएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट महासंघले ‘१) नेपाली श्रम बजारको औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको वास्तविक तथ्यांक अविलम्ब सार्वजनिक गरिस (क) मजदुर लक्षित विशेष राहत कार्यक्रमको घोषणा,(ख) मजदुर वर्गले सामना गर्नु परेको अपुर्व संकटको स्थितिमा समेत तलब कटौती गर्ने र रोजगारी बाट निकाल्ने होटल, उद्योग, संघसंस्था लगायतलाई अविलम्ब कारवाही, (ग) यो संकट कायम रहदा सम्म मजदुर वर्गले तिर्दै आएको घरभाडा र सम्पुर्ण स्वास्थ्य उपचार निशुल्क, (घ) बेरोजगार मजदुरलाई न्युनतम रोजगार भत्ताको व्यवस्था गरियोस । २) रोजगारीको शिलशिलामा भारत प्रवासमा रहेका र सिमाक्षेत्रमा अलपत्र परेका नेपाली मजदुरहरुलाई निश्चित विधि तयार गरि अविलम्ब स्वदेश फर्कन पाउने व्यवस्था गरियोस । ३) वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया, मध्यपुर्व र संसार भरी रहेका र अहिलेको संकटमा नेपाल फर्कन चाहने नेपाली श्रमिक दाजुभाई(दिदिबहिनीलाई उपयुक्त विधि सहित अविलम्ब स्वदेश फर्कने प्रबन्ध गरियोस ।’ जस्ता मागहरु पूरा गर्न सरकार तथा सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ ।
वक्तव्यमा भनिएको छ, “स्मरण रहोस नेपाली श्रमिक वर्गको पक्षमा निरन्तर संघर्षरत हाम्रो विगतले हामीलाई निरन्तर संघर्षका लागि प्रेरित गरिरहेको छ । मजदुर वर्ग माथिको कुनै पनि शोषण, दमन र उत्पीडन हाम्रो लागि अस्वीकार्य छ ।”
महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले बुधबार जारी गरेको वक्तव्यमा कोभिड–१९ को विश्वव्यापी त्रासदी सँगै शुरु भएको लकडाउनले विश्व अर्थतन्त्रमा ठुलो हलचल र असन्तुलन पैदा गरेको, विश्व श्रमिक वर्गको ठुलो हिस्साले पुर्ण रोजगारी गुमाएको छ भने विश्व श्रम संगठनको तथ्यांकले निकट भविष्यमा नै झन्डै ५०५ (१.५ अर्ब) मजदुरले रोजगार गुमाउन सक्ने कुरा समेत उल्लेख गरिएको छ । ।
यस्तो छ वक्तव्यको पूर्णपाठ ः
‘कोभिड–१९ को विश्वव्यापी त्रासदी सँगै शुरु भएको लकडाउनले विश्व अर्थतन्त्रमा ठुलो हलचल र असन्तुलन पैदा गरेको छ । यसले विश्व श्रमिक वर्गको ठुलो हिस्साले पुर्ण रोजगारी गुमाएको छ भने विश्व श्रम संगठनको तथ्यांकले निकट भविष्यमा नै झन्डै ५०५ (१.५ अर्ब) मजदुरले रोजगार गुमाउन सक्ने जनाएको छ । संकटको यो विषम स्थितिमा नेपाली श्रमिक वर्गको वास्तविक प्रतिनिधित्व गर्ने एक मात्रै गौरवशाली संगठनको हैसियतले हाम्रो संगठन नेपाल सरकार र सरोकारवाला निकायको निम्न विषयमा ध्यानाकर्षण गराउन चाहन्छ । १) नेपाली श्रम बजारको औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको वास्तविक तथ्यांक अविलम्ब सार्वजनिक गरिस (क) मजदुर लक्षित विशेष राहत कार्यक्रमको घोषणा,(ख) मजदुर वर्गले सामना गर्नु परेको अपुर्व संकटको स्थितिमा समेत तलब कटौती गर्ने र रोजगारी बाट निकाल्ने होटल, उद्योग, संघसंस्था लगायतलाई अविलम्ब कारवाही, (ग) यो संकट कायम रहदा सम्म मजदुर वर्गले तिर्दै आएको घरभाडा र सम्पुर्ण स्वास्थ्य उपचार निशुल्क, (घ) बेरोजगार मजदुरलाई न्युनतम रोजगार भत्ताको व्यवस्था गरियोस । २) रोजगारीको शिलशिलामा भारत प्रवासमा रहेका र सिमाक्षेत्रमा अलपत्र परेका नेपाली मजदुरहरुलाई निश्चित विधि तयार गरि अविलम्ब स्वदेश फर्कन पाउने व्यवस्था गरियोस । ३) वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया, मध्यपुर्व र संसार भरी रहेका र अहिलेको संकटमा नेपाल फर्कन चाहने नेपाली श्रमिक दाजुभाई(दिदिबहिनीलाई उपयुक्त विधि सहित अविलम्ब स्वदेश फर्कने प्रबन्ध गरियोस । उल्लेखित मागलाई अविलम्ब सम्बोधन गर्न हामी नेपाल सरकार र सरोकारवाला निकायमा पुनः जोडदार माग गर्दछौं ।स्मरण रहोस नेपाली श्रमिक वर्गको पक्षमा निरन्तर संघर्षरत हाम्रो विगतले हामीलाई निरन्तर संघर्षका लागि प्रेरित गरिरहेको छ । मजदुर वर्ग माथिको कुनै पनि शोषण, दमन र उत्पीडन हाम्रो लागि अस्वीकार्य छ । धन्यवाद । क्रान्तिकारी अभिवादन सहित !”