नेपालमा भयावह बन्दै कोरोना संक्रमण, संक्रमितको संख्या २५० पुग्यो

नेपालमा भयावह बन्दै कोरोना संक्रमण, संक्रमितको संख्या २५० पुग्यो


काठमाडौं । नेपालमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । करिब सयको हाराहारीमा एकैदिन संक्रमितहरु फेला पर्न थालेका छन् । दुई अंकमा सीमित कोरोना संक्रमण पछिल्लो हप्तामा मात्र तीन अंकमा विस्तारित हुन पुगेको छ । संक्रमितहरुको हिस्ट्री अनुसार संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिएको छ र यो राज्यको नियन्त्रणभन्दा बाहिर गइरसकेको देखिएको छ ।
सरकारले संक्रमितहरुको अस्पतालमा भर्ना गरेर उपचार गर्न नसक्ने स्थिति अहिले नै आइसकेको छ । पर्साका दश जना संक्रमितहरुलाई अस्पतालमा बेड नभएको भन्दै अझै अस्पतालमा भर्ना गरिएको छैन ।

पीसीआर प्रविधिबाट परीक्षणलाई तीव्र बनाउने हो भने संक्रमण सयको संख्यामा होइन, हजारको संख्यामा देखिन सक्ने स्वास्थ्यविज्ञहरुले भनिरहेका छन् ।
सरकारी लापरबाहीकै कारण नेपालमा कोरोना भयावह बन्दै गएको विश्लेषण भइरहेको छ ।

बिहीबार थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ । सर्लाहीका १, धनुषामा र महोत्तरीका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ । थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा नयाँ बिहीबारै दुई जनामा कोरोना पुष्टि थियो ।
उनका अनुसार काठमाडौं, चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय महिलालाई संक्रमण देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

यस अगाडि बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सहप्रवक्ता अधिकारीका अनुसार बुधबार संक्रमितमा रुपन्देही जिल्लाका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षीय पुरुषहरू र ४, १०, २८ वर्षीय महिला छन् । त्यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ वर्षीय पुरुष छन्। सँगै पर्सा निवासी ३६, ७४ वर्षीय पुरुष र ३६ वर्षीया महिला र नवलपरासी निवासी ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
मंगलबार भने एकै दिन ८४ जनामा संक्रमण देखिएको थियो ।