५५औ विद्यार्थी एकता दिवसको उपलक्ष्यमा अखिल(क्रान्तिकारी)केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा शुभकामना सन्देश

५५औ विद्यार्थी एकता दिवसको उपलक्ष्यमा अखिल(क्रान्तिकारी)केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा शुभकामना सन्देश


नोवल कोरोना भाइरस(कोभिड १९)को विश्वव्यापी महामारी विरुद्ध संघर्ष गर्दै अघि बढीरहेको सन्दर्भमा ५५औ विद्यार्थी एकता दिवसको उपलक्ष्यमा राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाको सवालमा विगतको झै अझ अग्रगामी, देशभक्त, क्रान्तिकारी विद्यार्थीहरुको एकतालाई सुदृढ बनाई मुलुकलाई नयाँ जीवन दिनको लागि भूमिका निर्वाहा गर्नु अहिलेको अपरिहार्यता रहेकोछ ।

भारतले लिपुलेक सडक निर्माण र लिम्पीयाध«रा, सुस्ता, महेसपुर लगायत ७४ ठाउँमा सिमा मिचेर नांगो हस्तक्षेप गरेकोमा आम विद्यार्थी युवाहरुले नेतृत्वदायी भूमिका निर्वाहागर्नु जरुरी छ । साथै शिक्षा क्षेत्रमा भएका सबै प्रकारका विकृती विसंगती एवं शिक्षा क्षेत्रमा भइरहेको माफियाकरण र दलालीकरणको अन्त्य गर्दै शिक्षा र स्वास्थ्यलाई पूर्ण रुपमा राष्ट्रियकरण गर्दै निशुल्क एवं सर्वशुलभ बनाई वैज्ञानिक र जनवादी शिक्षा प्राप्तीको निम्ति संघर्षलाई अझै घनीभत बनाउन । जसको निम्ति आम विद्यार्थी, अभिभावक, शिक्षकलगायत सम्पूर्ण जनसमुदायहरुलाई समेत एकतावद्ध भई निरन्तर अगाडि बढनका लागि हार्दिक अनुरोध गर्दछौ ।
हरिकृष्ण गजुरेल
केन्द्रीय अध्यक्ष
अखिल(क्रान्तिकारी)केन्दीय समिति