काठमाडौँ । साेमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफाेन गरेर चिनियाँ समकक्षी सी चिनफिङले  कोरोना भाइरस(कोभिड–१९) विरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेकाे जनाएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले दुवै देशको स्वास्थ्य संस्थाहरुलाई सञ्चार र सहकार्यका लागि पनि आग्रह गरेका छन्।

त्यस्तै विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय समुदायबीच एकजुटता र सहयोगको आवश्यकता रहेको पनि सीले बताएका छन्। कोरोना संकटसँग जुध्न विश्वले बहुपक्षवादको रक्षा गर्दै अन्तर्राष्ट्रिय न्याय र नैतिकतालाई बचाइराख्नु पर्ने आवश्यकता रहेको पनि चिनियाँ राष्ट्रपति सीले औंल्याएका छन्।

हार्दिक शुभकामना !

त्यस्तै राष्ट्रपति भण्डारीले कोरोना भाइरस संक्रमण रोकथामका लागि चीनले चालेको कदमको प्रशंसा गरेकी छिन्। साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न देशमा चीनले गरेको सहयोगप्रति पनि राष्ट्रपति भण्डारीले प्रशंसा गरेकी छिन्। जवाफमा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपालले चालेको कदम पनि प्रभावकारी भएको भन्दै प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर