काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाल संघ (एनआरएन) अन्तर्गत स्वास्थ्य समितिले दिएको जानकारी अनुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको निधन हुन पुगेको छ ।

एनआरएन स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर एक हजार ९८३ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको आँकडानुसार २४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित रहेका छन् ।

हार्दिक शुभकामना !

नेपालमा भने ५१ जनामा कोरोना संक्रमण देखिएको छ भने १६ जना निको भएका छन् । विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना निको भएका छन् । संक्रमित हुने नेपालीमा अमेरिकामा एक हजार, बेलायतमा सात सय, संयुक्त अरब इमिरेट्समा ८१, बहराइनमा ४९, कुवेतमा ४२, पोर्तुगलमा २७, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा ११, बेल्जियम ६, स्वीजरल्याण्ड पाँच ,साउदी अरब र जर्मनी चार , मलेशिया, क्यानडा, न्युजिल्याण्ड र साइप्रसमा तीन तीन, जापान, हङकंङ र माल्टा दुई दुई तथा फ्रान्समा एक जना रहेको उक्त समितिले जनाएको छ ।

समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत ३६ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।

राससका अनुसार महामारीपछि राहतका लागि ४१ देशमा रहेका एनआरएनका शाखामार्फत नौ सय स्वयंसेवक परिचालन गरिएको छ । विश्वभर छरिएका करीब ३० हजार गैरआवासीय नेपालीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको एनआरएनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार