काठमाडौँ । आइतबार पर्साको वीरगञ्जमा दुई जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो ।
संक्रमित दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ । यीमध्ये एकजना महानगरका सफाइ कर्मचारी रहेको बताइएको छ ।
नारायणी अस्पतालबाट आतइबारै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ, जसमा तीनजना जमाती रहेका छन् । संक्रमितमध्ये हालसम्म १२ जना निको भएर घर फर्कि सकेका छन् । चार जनाको आइतबारै डिस्चार्ज भए कोरोनाबाट निको भएर घर फर्किनेको संंख्या १६ पुग्नेछ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर