युगान्तकारी अक्टोबर क्रान्तिमा लेनिनको गौरवमय नेतृत्व

महान् अक्टोबर समाजवादी क्रान्तिलाई सम्पन्न गर्न लेनिनको नेतृत्वको महत्वपूर्ण योगदान रहेको छ

प्रकाशित मिति : २०७७ बैशाख १३

- हस्त के.सी..

 

विषय प्रवेश
जसरी संसारभरका क्रान्तिकारी कम्युनिस्टहरूले महान् रुसी अक्टोबर समाजवादी अक्टोबर क्रान्तिको शतवार्षिकी मनाए, त्यसैगरी अहिले २२ अप्रिल २०२० लेनिनको १५०औ जन्मजयन्ती वर्तमान कोभिड १९को महामारिकाबीच आुआफ्नो तरिकाले मनाइरहेका छन् । लेनीनको  गौरवगाथा गाइरहेका छन् । अक्टोबर क्रान्तिको शतवार्षिकी एउटा उत्सवका रूपमा मनाउनुको अर्थ यसको सफलताको सान्दर्भिकता कायमै छ, त्यो अझै बढिरहेको छ भन्ने सन्देश दिनु हो र त्यसमा लामबद्ध हुन प्रेरित गर्नु हो । अक्टोबर क्रान्ति अर्थात्् महान् लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी बोल्सेबिकको अगुवाइमा मजदुर वर्गले प्रतिक्रियावादी सत्ता कब्जा गरी कम्युनिस्टको विजयको रातो झन्डा फर्फराएको, संसारलाई दमन गर्ने साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादलाई धुलो चटाएको गौरवशाली दिन र उत्सव हो । माक्र्सवादको सफल प्रयोग भएर लेनिनवादको जग निर्माण भएको महान् उत्सव हो यो । माक्र्सवाद–लेनिनवादको सफल प्रयोग हुनुको सान्दर्भिकता संसारकै उत्पीडित, दमित, श्रमिकवर्गको हातमा सत्ता प्राप्तिको सुखद सन्दर्भ हो ।
रुसमा अक्टोबर क्रान्ति सम्पन्न भएर समाजवाद स्थापना भएको एक सय वर्ष पुगेको छ, भने लेनिनको १५०औ जन्मजयन्ती पनि मनाइउको छ ।  पेरिस कम्युन लामो समयसम्म जोगिन नसके पनि महान् लेनिनको अगुवाइमा मजदुर नेतृत्वमा विद्रोहमार्फत रुसमा क्रान्ति सम्पन्न भएपछि त्यसको लहर संसारकै श्रमिक, उत्पीडित र सर्वहारा वर्गमा प¥यो र समाजवाद स्थापनाको अभियान नै चल्यो । त्यही लहरले संसारको एक तिहाइ भूभागका जनता समाजवाद उपयोग गर्न सक्षम भए । अक्टोबर क्रान्ति लेनिनको नेतृत्वमा माक्र्सवादको सफल प्रयोग थियो र त्यो सहरी विद्रोहको एउटा सफल कार्यदिशा थियो । महान् माओले रुसी मोडेलमा विकास गर्दै नयाँ जनवादी क्रान्तिका माध्यमबाट पनि माक्र्सवाद–लेनिनवादको प्रयोग गरी समाजवाद स्थापना गर्न सकिन्छ भन्ने उदाहरण दिँदै चीनलाई मुक्त गर्नुभयो । यसको लहर पनि विश्वव्यापी रूपमा प¥यो ।श्रमजीवी किसानको नेतृत्वमा माओले चीनलाई मुक्त गराउनुभयो । गाउँले सहरलाई घेर्ने दीर्घकालीन जनयुद्धको नीति अवलम्बन गरेर माओले माक्र्सवाद–लेनिनवादको सफल प्रयोग गर्नुभयो । माओको निधनपछि पनि पेरू, नेपाल, भारतलगायत संसारका कयौँ मुलुकमा चिनियाँ मोडेलका क्रान्तिहरू आरम्भ भए । नेपालमा हजारौँको बलिदान, बेपत्ता र अङ्गङ्भगपछि जनयुद्धले सफलताको शिखर चुम्नै लाग्दा क्रान्तिभित्रबाटै दलाल र गद्दारहरूजन्मिए र त्यसलाई स्वाहा पारे । पेरूमा कमरेड गोन्जालोको गिरफ्तारीपछि त्यो मुर्झायो । भारतलगायत मुलुकमा आशालाग्दो तरिकाले जनयुद्ध चलिरहेकै छ । कतिपय कार्यदिशा विकासमा देखिएका समस्या, सामन्तवाद, पुँजीवाद र साम्राज्यवादको बदलिँदो भ्रष्टीकृत स्वरूप र दमन, विचार विकासमा देखिएको जडतालगायत सीमा र समस्याका कारण, कतिपय जनयुद्ध दुस्मनका कारणले र कतिपय आफ्नै सीमाका कारणले सफल हुन सकिरहेका छैनन् तर पनि संसारभर वर्गसङ्घर्षको दावानल दन्किरहेको छ ।
२५ अक्टोबर विश्वसर्वहारा वर्गका लागि एक ऐतिहासिक दिन हो । यसै दिन अर्थात्् सन् १९१७अक्टोबर २५ का दिन महान् रुसी अक्टोबर क्रान्ति सम्पन्न भएको थियो । यस क्रान्तिले विश्वमानव समाजमा पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेको थियो र पुँजीवादी राज्यव्यवस्थालाई माटोको धुलोमा पुरिदिएको थियो । त्यसैले यो क्रान्ति एक ऐतिहासिक र युगान्तकारी घटना थियो । यस अक्टोबर क्रान्तिले एउटा नयाँ युगको,महान् समाजवादी क्रान्तिको युगको सूत्रपात गरेको थियो । यस क्रान्तिले नयाँ संसार निर्माणको थालनी गरेको थियो । अहिले पनि विश्वभरका सर्वहारा श्रमजीवीवर्गले यसको गौरवगाथा गाई नै रहेका छन् ।
महान् अक्टोबर क्रान्तिको निर्देश
कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा विश्वविख्यात कम्युनिस्ट घोषणापत्र जारी भएको ठीक ६९ वर्षपछि, कम्युनिस्ट अन्तर्राष्ट्रिय गठन भएको ५३ वर्षपछि, पेरिस कम्युन निर्माण भएको ४६ वर्षपछि कार्ल माक्र्सको निधन भएको ३४ वर्षपछि र फ्रेडरिक एङ्गेल्सको मृत्यु भएको ठीक २२ वर्षपछि महान् रुसी अक्टोबर समाजवादी क्रान्ति महान् लेनिनको नेतृत्वमा रुसी बोल्सेबिककम्युनिस्ट पार्टीले सम्पन्न ग¥यो । त्यहाँ पुँजीवादको पुनस्र्थापना भएको भए पनि आज १०० वर्ष पुगिसक्दासम्म अक्टोबर क्रान्तिको महत्व समाप्त भएको छैन, झनै बढेर गएको छ किनभने आजको युग साम्राज्यवाद र विश्व–सर्वहारा वर्गबीचको भीषण सङ्घर्षको युग हो । फेरि पनि सर्वहारा वर्गले पुँजीवादी राज्यव्यवस्थालाई ध्वंसगरेर माटोमा मिलाइदिनेछ र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नेछ । समाजको गतिको यो वैज्ञानिक नियमलाई विश्वको कुनै पनि शक्तिले रोक्न सक्नेवाला छैन ।
अक्टोबर क्रान्तिको ऐतिहासिक महत्व केमा निहित छ ? यो क्रान्ति कसरी सम्पन्न गरिएको थियो र यसबाट विश्वसर्वहारावर्गले के शिक्षा लिन जरुरी छ भन्ने विषयमा यस लेखमा सङ्क्षेपमा चर्चा गर्ने प्रयत्न गरिएको छ ।
रुसमा पुँजीवादी व्यवस्थाले साम्राज्यवादमा प्रवेश गरिसकेको अवस्थामा पुँजीवादी–साम्राज्यवादी व्यवस्थालाई ध्वस्त गरी वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने महान् योजना र लक्ष्यका साथ विश्वसर्वहारा वर्गका महान् नेता तथा सोभियत कम्युनिस्ट पार्टी (बोल्सेबिक) का नेताभी.आई. लेनिनको नेतृत्वमा मजदुरवर्गको अगुवाइमा र किसानहरूको सहयोगमा २५ अक्टोबर सन् १९१७ मा सम्पन्न गरिएको महान् समाजवादी क्रान्तिलाई महान् अक्टोबर क्रान्ति भनिन्छ ।
महान् अक्टोबर समाजवादी क्रान्ति सशस्त्र जनविद्रोहका साथ तत्कालीन रुसका दुई राजधानी मस्को र पेत्रोग्रादमध्ये पेत्रोग्रादमा परम्परागत पात्रोअनुसार २५ अक्टोबर १९१७ र नयाँ पात्रोअनुसार ७ नोभेम्बर १९१७ मा सम्पन्न भएको थियो । सन् १९१८ पछि ७ नोभेम्बरलाई अक्टोबर क्रान्तिको वार्षिक उत्सवमा औपचारिक राष्ट्रिय दिवस मनाइएको थियो ।
महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले रुसमा पुँजीवादी व्यवस्थालाई ध्वंस गरी वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरेको थियो । यस महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले विश्वमा नै मानवजातिको इतिहासमा पहिलोपटक पुँजीवादी राज्यव्यवस्थाको अन्त्य गरी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेको थियो । यो क्रान्तिले विश्वमा नै पहिलोपटक पुँजीवादी वर्गको हातबाट पुँजीवादी व्यवस्था छिनेर श्रमजीवी वर्ग सर्वहारा वर्गको हातमा राज्यसत्ता सुम्पेर विश्वमै पहिलोपटक श्रमिजीवीवर्ग, काम गरिखानेवर्गअर्थात् सर्वहारा वर्गलाई सोभियत रुसको मालिकवर्गका रूपमा रूपान्तरण गरिदिएको थियो ।
रुसी समाजवादी क्रान्तिलाई किन अक्टोबर क्रान्ति भनिन्छ ?
अक्टोबर समाजवादी क्रान्ति तत्कालीन रुसी पात्रोअनुसार यो नोभेम्बर महिनामा भएको क्रान्ति भए पनि यसलाई अक्टोबर क्रान्ति नै भनिन्छ । सन् १९१७ को फेब्रुअरी क्रान्तिले जारशाहीको शासनलाई उन्मूलन गरेर पुँजीवादी लोकतान्त्रिक प्रणालीस्थापना गरेको थियो । यसलाई बुर्जुवा डेमोक्रेटिक क्रान्ति पनि भनिन्छ । यसले जारशाहीलाई सत्ताच्यूत गरे पनि अस्थायी वा अन्तरिम सरकारका रूपमा स्थापना भएको थियो ।समाजवादी नेता करेन्स्की योसरकारका प्रमुख थिए । त्यस सरकारमा मेन्सेबिकहरू पनि सम्मिलित थिए । मेन्सेबिकरुसको सुधारवादी पार्टी थियो ।
तत्कालीन अवस्थामा पहिलो विश्वयुद्ध चलिरहेको थियो । जनता युद्धको अन्त्य र शान्तिको स्थापना चाहन्थे तर जनताको यो भावनालाई सम्बोधन गर्न अस्थायी सरकारले नसकेपछि जनआक्रोश बढ्दै गएको थियो ।त्यसै अवस्थामा लेनिनको नेतृत्वमा २५ अक्टोबर १९१७ मा क्रान्ति सम्पन्न भयो रवैज्ञानिक समाजवादी व्यवस्थास्थापना ग¥यो । रुसी क्रान्तिकारी कम्युनिस्टपार्टी (बोल्सेबिक) को नेतृत्वमा सम्पन्न भएको क्रान्तिलाई अक्टोबर क्रान्ति भनिन्छ । यो क्रान्ति विश्वमै पहिलोपटक पुँजीवादको अन्त्य र समाजवाद स्थापनाको पहिलो राजनीतिक घटना हुन पुगेकाले यसलाई महान् युगान्तकारी समाजवादी क्रान्तिको नाम दिइएको हो ।यस क्रान्तिले सर्वहारा वर्गलाई पुँजीवादको चिहान खन्नेवर्गकारूपमा स्थापित गरेको पहिलो घटना भएकाले यसलाई विश्व–मानव समाजमा एक ऐतिहासिक र युगान्तकारी घटनाका रूपमा लिइन्छ ।
यसअघि सन् १७७६ मा उपनिवेशवादका विरुद्धमा अमेरिकामा भएको स्वतन्त्रता सङ्ग्रामले उपनिवेशवादी युगको अन्त्यको प्रारम्भ गरेको थियो । त्यसपछि सन् १७८९ मा फ्रान्समा भएको राज्यक्रान्तिले राजतन्त्रको अन्त्यको युगलाई समाप्त गरी जनताको राज्य स्थापना गर्ने कार्य गरेको थियो भने यो क्रान्तिपछि युगलाई नै परिवर्तन गर्ने र इतिहासलाई उलटफेर गरेकाले यो महान् युगान्तकारी क्रान्तिका रूपमा अक्टोबर क्रान्ति रहेको छ ।
अक्टोबर क्रान्ति सम्पन्न गर्न गरिएको तयारी
अक्टोबर क्रान्ति कुनै जादुमयी तरिकाले सम्पन्न गरिएको घटना होइन । कुनै पनि क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरूलाई लामो तयारीको आवश्यकता पर्दछ । जस्तै ः
१) क्रान्तिकारी सिद्धान्तलाई ठोस गर्ने तयारी
२) क्रान्तिकारी पार्टी निर्माणको तयारी ।
३) ठोस कार्यदिशाको निर्माणको तयारी ।
४) निश्चित योजना निर्माणको तयारी ।
५) कार्यान्वयनको कलात्मक तयारी ।
६) सैन्य योजनाको ठोस तयारी ।
७) संयुक्त मोर्चाको निर्माण र परिचालनको तयारी
८) ठोस परिस्थितिको ठोस विश्लेषणको आवश्यकता आदि ।
क)  क्रान्तिका लागि क्रान्तिकारी विचारको प्रश्न
‘अत्यन्त विकसित सिद्धान्तद्वारा निर्देशित पार्टीले मात्र अग्रगामी लडाकुको भूमिका पुरा गर्न सक्छ’ भन्नुहुने लेनिनले सर्वप्रथम क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तका बारेमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने सिलसिलामा माक्र्सवादको दोस्रो चरणमा लेनिनवादको प्रतिपादन गरेर माक्र्सवादको सैद्धान्तिक ज्ञानभण्डारमा थप योगदान पु¥याउनुभयो ।उहाँले क्रान्तिकारी माक्र्सवाद नै समाजवादी क्रान्तिका लागि पथप्रदर्शक सिद्धान्त हुने कुरा सुनिश्चित गर्नुभयो ।
ख) क्रान्तिकारी पार्टीको निर्माण
क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी पार्टीआवश्यक पर्दछ । अक्टोबर क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टी आवश्यक पर्दछ भन्नुहुने लेनिनले सन् १९०३ मा नै तेस्रो महाधिवेशनबाट मार्तोमपन्थी, मेन्सेबिकपन्थीहरूसित सम्बन्धविच्छेद गरेर नयाँ ढङ्गको क्रान्तिकारी कम्युनिस्ट पार्टी रुसी कम्युनिस्ट पार्टी (बोल्सेबिक) को निर्माण गरेर अगाडि बढ्नुभयो ।जुलाई १९१२ मा प्राग पार्टी सम्मेलन सम्पन्न गरियो । प्राग पार्टी सम्मेलनले बोल्सेबिक पार्टीभित्र रहेका मेन्सेबिकवादीहरू, अर्थवादीहरू, सामाजिक जनवादीहरूलगायत अवसरवादीहरूलाई निकालेर लेनिनको नेतृत्वमा बोल्सेबिकहरूद्वारा एउटा स्वतन्त्र माक्र्सवादी पार्टीनिर्माण गर्न सफलता मिलेको थियो । यसकै नेतृत्वमा २५ अक्टोबर १९१७ मा महान् रुसी अक्टोबर क्रान्ति सम्पन्न भएको थियो । क्रान्तिका लागि क्रान्तिकारी पार्टी आवश्यक पर्दछ भन्ने लेनिनको सैद्धान्तिक मान्यतालाई यसले प्रमाणित गरिदिएको थियो ।
प्राग सम्मेलन (जनवरी १९१२) मा मेन्सेबिकहरूलाई पार्टीबाट निष्कासित गरियो र एउटै पार्टीभित्र मेन्सेबिकहरूसितको बोल्सेबिकहरूको औपचारिक एकता सदाका लागि खतम भयो । त्यसपछि अगाडि बढेर बोल्सेबिकहरूले औपचारिक रूपले आफूलाई एउटा स्वतन्त्र पार्टी रसियाली सामाजिक–जनवादी मजदुर पार्टी (बोल्सेबिक) मा सङ्गठित पारे । प्राग सम्मेलनले एउटा नयाँ ढङ्गको पार्टी–माक्र्सवादी–लेनिनवादी पार्टी, बोल्सेबिक पार्टीको श्रीगणेश ग¥यो ।
प्राग सम्मेलनमा सर्वहारा पार्टीबाट अवसरवादी, मेन्सेबिकहरूलाई निष्कासित गरेपछि यस कार्यले पार्टी र क्रान्तिको तयारीका कामलाई अगाडि बढाउन महत्वपूर्ण र निर्णायक प्रभाव पा¥यो ।बोल्सेबिकहरूले सर्वहारा वर्गको लक्ष्यप्रति मजदुरहरूको लक्ष्यप्रति विश्वासघात गर्नेहरूलाई, मेन्सेबिक सम्झौतावादीहरूलाई पार्टीबाट निकालेर नपठाएको भए बोल्सेवक पार्टीले २५ अक्टोबर सन् १९१७ मा सर्वहारा वर्गको अधिनायकतन्त्र प्राप्तिका लागि जनतालाई सङ्घर्षमा जागृत पार्न सक्ने थिएन ।
प्राग सम्मेलन नै अक्टोबर क्रान्तिको मुख्य आधार बन्यो ।मेन्सेबिकहरूलाई विचारधारात्मक र सङ्गठनात्मक दृष्टिबाट खतम पारेपछि र उनीहरूलाई पार्टीबाट निकालेपछि बोल्सेबिकहरूले पार्टीको पुरानो झन्डा र.सा.ज.म.पा. को झन्डालाई कायम राखे ।
१९१२ को सुरुमा गोर्कीलाई लेखेको चिठीमा लेनिनले प्राग सम्मेलनको परिणामबारे भन्नुभएको थियो ः
‘आखिरमा विसर्जनवादी फोहोरमैला हुँदाहुँदै पनिहाम्रो पार्टी र त्यसको केन्द्रीय समितिलाई पुनस्र्थापित गर्नमा सफल भएका छौँ । आशा छ, यस कुरामा तपाईंलाई पनि खुसी लाग्नेछ ।’
(लेनिन, सङ्कलित रचनाहरू, रसियाली संस्करण, भाग २५, पृष्ठ १९)
प्राग सम्मेलनको महत्वबारे चर्चा गर्नुहुँदै कामरेड स्टालिनने भन्नुभयो ः
‘यो सम्मेलन हाम्रो पार्टीको इतिहासमा औधी महत्वको थियो किनभने यसले बोल्सेबिक र मेन्सेबिकहरूका बीचमा एउटा सीमारेखा कोरिदियोर मुलुकभरका बोल्सेबिकसङ्गठनहरूलाई एउटा संयुक्त बोल्सेबिक पार्टीमा एकत्रित पा¥यो ।’
(सो.सं.क.पा. (बो.) को पन्ध्रौँ महाधिवेशनको शब्दशः प्रतिवेदन, रसियाली संस्करण, पृष्ठ ३६१–६३)
 मेन्सेबिकहरूको निष्कासन र एउटा स्वतन्त्र पार्टीको निर्माणपछि बोल्सेबिक पार्टी झन् दरो र बलियो भयो । पार्टीले आफ्नोपङ्क्तिहरूबाट अवसरवादी तत्वहरूलाई निकालेर आफूलाई बलियो पा¥यो ।यो दोस्रो इन्टरनेसनलका सामाजिक–जनवादी पार्टीहरूबाट मूलतः भिन्नै नयाँखालको पार्टी, बोल्सेबिक पार्टीको एउटा सिद्धान्त हो । दोस्रो इन्टरनेसनलका पार्टीहरू आफूलाई माक्र्सवादी पार्टी भन्दथे तर तिनीहरूले वास्तवमा माक्र्सवादका शत्रु, खुला अवसरवादीहरूलाई आफूभित्र राखिछाडेका थिए र उनीहरूलाई दोस्रो इन्टरनेसनललाई भ्रष्ट पार्न र बिगार्न छूट दिएका थिए । त्यसको उल्टोबोल्सेबिकहरूले अवसरवादीहरूका विरुद्ध डटेर सङ्घर्ष चलाए । सर्वहारा पार्टीबाट अवसरवादका फोहोरमैला बढारेर पठाए र एउटा नयाँखालको पार्टी, लेनिनवादी पार्टी निर्माण गर्नमा सफलता हासिल गरे । यही पार्टीले पछि गएर सर्वहारा वर्गको अधिनायकतन्त्र कायम ग¥यो ।
सर्वहारा पार्टीका पङ्क्तिहरूमा अवसरवादीहरू रहिरहेका भएबोल्सेबिक पार्टीले फराकिलो राजमार्गमा निस्केर सर्वहारा वर्गको नेतृत्व गर्नसक्ने थिएन । यसले सत्ता कब्जा गरेर सर्वहारा वर्गको अधिनायकतन्त्र स्थापना गर्नसक्ने थिएन । यसले गृहयुद्धमा विजयी बनेर समाजवाद निर्माण गर्नसक्ने थिएन ।
सन् १९१२ देखि १९१४ सम्म बोल्सेबिकहरूले वैधानिक कामलाई महत्व दिए । खुला कार्यक्रम गरे । क्रान्तिको नयाँ उत्थानको अवधि(१९१२–१४) मा बोल्सेबिक पार्टीले मजदुर आन्दोलनको नेतृत्व गरेर त्यसलाई बोल्सेबिक नाराहरूअन्तर्गत नयाँ क्रान्तितर्फ लग्यो । पार्टीले योग्यतापूर्वक गैरकानुनी कामलाई कानुनी कामसित गाँस्यो । विसर्जनवादीहरू र तिनका मित्र ट्राट्स्कीपन्थी र बहिष्कारवादीहरूको प्रतिरोधलाई चकनाचुर पारेर पार्टीले सबै खालको कानुनी आन्दोलनमा नेतृत्व हासिल ग¥यो र विद्यमान कानुनी सङ्गठनहरूलाई आफ्नो क्रान्तिकारी कामकाआधारमा फे¥यो ।
मजदुर वर्गका शत्रुहरू र मजदुर आन्दोलनभित्र तिनका दलालहरूको विरुद्ध सङ्घर्षमा पार्टीले आफ्नापङ्क्तिहरूलाई सुदृढ बनायो र मजदुर वर्गसितको आफ्नो सम्बन्धलाई विस्तृत पा¥यो । दुमालाई क्रान्तिकारी प्रचार–आन्दोलनको मञ्चकारूपमा व्यापक ढङ्गले उपयोग गरेर र आममजदुरहरूको राम्रो अखबार प्राब्दाको स्थापना गरेर पार्टीले क्रान्तिकारी कार्यकर्ताहरूको एउटा नयाँ पुस्तालाई, प्राब्दापन्थीहरूलाई प्रशिक्षित पा¥यो । साम्राज्यवादी युद्धको बेलामा मजदुरहरूको यो अङ्ग अन्तर्राष्ट्रियतावाद र सर्वहारा क्रान्तिको झन्डाप्रति इमानदार रह्यो । पछि गएर अक्टोबर १९१७ को क्रान्तिको बेलामा यो अङ्गबोल्सेबिक पार्टीको ढाड बन्यो ।
साम्राज्यवादी युद्ध सुरु हुनुअघि पार्टीले क्रान्तिकारी कारबाहीमा मजदुर वर्गको नेतृत्व ग¥यो । यी कारबाहीहरू अग्रणी मुठभेड थिए र साम्राज्यवादी युद्धले गर्दा त्यसमा बाधा प¥यो र तीन वर्षपछि फेरि सुरु भई त्यसले जारशाहीलाई खतम पा¥यो ।बोल्सेबिक पार्टीले सर्वहारा अन्तर्राष्ट्रियतावादको झन्डा फरफराउँदै साम्राज्यवादी युद्धको कठिन अवधिमा प्रवेश ग¥यो ।
‘ठोस परिस्थितिको ठोस विश्लेषण माक्र्सवादको आत्मा हो’ भन्नुहुने लेनिनले बोल्सेबिक क्रान्तिका लागि सोभियत रुस र अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्नुभयो । अप्रिल थेसिसमार्फत लेनिनले रुसमा क्रान्ति गर्ने बेला (जनविद्रोह गर्ने बेला) परिपक्व भइसकेको छ, ढिला गर्नु हुन्न भन्ने निष्कर्ष निकाल्नुभयो । लेनिनले क्रान्तिका लागि ‘विद्यमान सरकार देश र जनताका लागि काम गर्नै नसक्ने अवस्थामा पुगेको छ र जनता त्यस सरकारलाई स्वीकार गर्न सक्ने अवस्थामा नभएको परिस्थितिमा पुगेको बेला छ भने क्रान्ति सम्भव छ’ भन्ने विश्लेषण गर्नुभयो ।त्यसबेला अस्थायी सरकारसरकार चलाउनै नसक्ने अवस्थामा पुगेको थियो भने रुसी जनता त्यस सरकारलाई रत्तिभर विश्वास गर्दैनथे जसका कारण बोल्सेबिकहरूलाई विद्रोह सञ्चालित गर्न सजिलो भयो ।
क्रान्तिलाई सम्भव बनाउनका लागितात्कालिक नाराहरू र कार्यक्रमिक योजनाको महत्वपूर्ण भूमिका हुन्छ । तत्कालीन अवस्थामा बोल्सेबिक पार्टीले ‘शान्ति, जमिन र रोटी’ को नारा दियो । उक्त नाराले बोल्सेबिकहरूलाई अक्टोबर क्रान्ति सम्पन्न गर्न कोसेढुङ्गाको काम ग¥यो ।
लेनिनद्वारा लेखिएका महत्वपूर्ण दार्शनिक, सैद्धान्तिक र राजनीतिक पुस्तकहरू
सन् १८९७ देखि १९१७ सम्मको समग्र अवधिमा निम्नपुस्तकहरू लेखेर लेनिनले रुसमा दार्शनिक, सैद्धान्तिक, वैचारिक, राजनीतिक, आर्थिक आदि चेतनाको विकास गराउनुभयो ः
आर्थिक स्वच्छन्दताको चरित्रचित्रण (१८९७, दर्शन)
रुसमा पुँजीवादको विकास (१८९९, अर्थशास्त्र)
के गर्ने ? (१९०१–०२, समाजवाद)
एक पाइला अघि, दुई पाइला पछि (१९०४, समाजवाद)
जनवादी क्रान्तिमा सामाजिक जनवादका दुई कार्यनीति (१९०५, समाजवाद)
क्रान्तिकारी पार्टी र क्रान्तिकारी सेना (१९०५, समाजवाद)
भौतिकवाद र अनुभवसिद्ध आलोचना (१९०८, दर्शन)
माक्र्सवाद र संशोधनवाद (१९०८, समाजवाद)
माक्र्सवादका ३ स्रोत र ३ सङ्घटक अङ्ग (१९१३, दर्शन)
दार्शनिक नोटबुक (१९१४–१६, दर्शन)
साम्राज्यवाद ः पुँजीवादको चरम अवस्था (१९१६, अर्थशास्त्र)
समाजवाद र युद्ध (१९१६, समाजवाद)
समाजवादी क्रान्ति र जातिहरूको आत्मनिर्णयको अधिकार (१९१६, समाजवाद)
सर्वहारा वर्गको सैन्य कार्यक्रम (१९१६, समाजवाद)
युद्ध र क्रान्ति (१९१७, समाजवाद)
राज्य र क्रान्ति (१९१७, समाजवाद)
माक्र्सवाद र विद्रोह (१९१७, समाजवाद)
अप्रिल थेसिस (१९१७, समाजवाद)
यसरी सुरु गरियो अक्टोबर क्रान्ति
लेनिनको नेतृत्वमा रहेको बोल्सेबिक पार्टीले रुसमा समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि १५ दिनअगाडि मात्रै सशस्त्र विद्रोह कार्यान्वयन गर्ने निर्णय गरेको थियो । तारिखमा लेनिन गोप्यरूपमा फिनल्यान्डबाट पेत्रोग्राद आइपुग्नुभयो । १९१७ अप्रिल ४ का दिन अप्रिल थेसिस प्रस्तुत गर्नुभयो । १० अक्टोबर १९१७ मा पार्टी केन्द्रीय समितिको ऐतिहासिक बैठक बस्यो जसमा आगामी केही दिनमा सशस्त्र विद्रोह चलाउने निर्णय भयो ।
रुसमा समाजवादी क्रान्तिको तुलनात्मकरूपले सजिलैसित विजय हासिल हुनुमा धेरै कारणहरू थिए ।तीमध्ये मुख्य कारण निम्न थिए ः
१. जारलाई सत्ताच्यूत गरेपछि आएको बुर्जुवा सरकार एकदमै कमजोर, असङ्गठित र अनुभवहीन थियो र त्यसको कामगर्ने तौरतरिका जारको भन्दा फरक थिएन ।
२. क्रान्तिको नेतृत्व दुईवटा क्रान्तिबाट गुज्रिसकेको र लडाइँहरूबाट खारिएको क्रान्तिकारी मजदुर वर्गले गरेको थियो ।
३. मजदुर वर्गले गरिब किसानहरूसँग प्रभावकारी एकता कायम गरेका थिए र बोल्सेबिक पार्टीले जमिनदारहरूविरुद्ध लडेर उनीहरूको समस्या समाधान गर्न सक्दछ भनी प्रमाणित गरेको थियो ।
४. मजदुर वर्गको नेतृत्व राजनीतिक लडाइँहरूमा प्रयत्नशील र परीक्षित भएको बोल्सेबिक पार्टीले गरेको थियो ।
५. साम्राज्यवादीहरू आफैँ युद्धमा फसेका र विभाजित भएका थिए । त्यसरी उनीहरू रुसमाथि हस्तक्षेप गर्न असमर्थ थिए ।
१० अक्टोबरको पार्टीको केन्द्रीय समितिको बैठकमा लेनिनले सशस्त्र सङ्घर्ष सुरु गर्ने प्रस्ताव राख्नुभयो । के.स. का दुईजना सदस्यहरू कामेनेव र जिनोवियवले परिस्थिति तयार नभएको भनेर त्यो प्रस्तावको विरोध गरे । त्यति मात्र होइन, पार्टीले सशस्त्र सङ्घर्षको दुस्साहसपूर्ण कदम उठाउँदैछ भनेर त्यो निर्णयलाई बाहिर लगे र त्यो थाहा पाएर सरकार विद्रोहदबाउने तयारी गर्न थाल्यो । त्यसका लागि मोर्चाबाट सेना फिर्ता बोलाएर पठायो । ट्राट्स्कीले पेत्रोग्राद सोभियतको कोराउन बैठकमा धाक लगाउँदै विद्रोहको दिन पनि बताइदिए । त्यसपछि पार्टीले तोकिएको दिनभन्दा पहिले नै विद्रोह गर्ने निर्णय ग¥यो र २५ अक्टोबर (नयाँ ७ नोभेम्बर) मा समाजवादी क्रान्ति भयो । क्रान्तिदबाउन सल्लाह गर्नका लागि बैठक गर्न थालेको बेलामा घेरा हालेर पूरै मन्त्रिमण्डललाई गिरफ्तार गरियो र सत्ता कब्जा गरियो । 
त्यसरी सशस्त्र विद्रोहको सुरु गरेर बोल्सेबिक पार्टीले अक्टोबर २५ मा अस्थायी बुर्जुवा सरकारलाई सत्ताच्यूत गरी राज्यसत्ता सोभियतहरूको हातमा आएको घोषणा रुसी जनतासामु गरेका थिए ।बोल्सेबिक पार्टीको इतिहासबाट के कुरा स्पष्ट हुन्छ भने पार्टी सशक्त छ, जनसमर्थन प्राप्त छ, त्यसै गरेर समग्र राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल छ भने राज्यसत्ता कब्जा गरेर अगाडि बढ्नका लागि तत्कालीन परिस्थितिको ठोस विश्लेषण गरेर सशस्त्र सङ्घर्षको स्वरूप तय र किटान गर्न सकिन्छ । तर सत्ता कब्जा गर्ने नीति भएपनि बोल्सेबिक पार्टीले उपर्युक्त परिस्थिति तयार हुनुभन्दा अगावै सशस्त्र विद्रोहद्वारा सत्ताकब्जा गर्ने घोषणा गरेको थिएन ।
अक्टोबर क्रान्तिले पारेको प्रभाव
२५ अक्टोबर सन् १९१७ मा सम्पन्न महान् रुसी अक्टोबर क्रान्तिले विश्वभरमै ठूलो प्रभाव मात्रै पारेन, विश्वमै ठूलो हलचल पैदा गरिदियो । त्यस क्रान्तिले पहिलोपटक सशस्त्र जनविद्रोह (आमजनविद्रोह) मार्फत पुँजीवादी राज्यव्यवस्थालाई ध्वंस गरी त्यस ठाउँमा सर्वहारा वर्गको राज्यसत्ता स्थापना हुन पुगेर पहिलोपटक नै सर्वहारा वर्गको अधिनायकत्व कायम हुन पुगेकाले विश्वभरकोश्रमिक सर्वहारा वर्ग ज्यादै उत्साहित हुन पुग्यो ।
अक्टोबर क्रान्तिपछि पूर्वी युरोपका २० औँ देशहरूमा सोभियत मोडेलको समाजवाद स्थापना गरियो । चीन, उत्तरकोरिया, भियतनाम, कम्बोडियालगायतदेशहरूमा जनवादी तथा समाजवादी क्रान्तिहरू सम्पन्न भए ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणका अनुभवहरू
महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको यही वर्षको २५ अक्टोबरका दिन १०० वर्ष पुरा हुदैछ । यस १०० वर्षको अवधिमा विश्व कम्युनिस्ट आन्दोलन भित्र र विश्व समाजवादी शिविरमा ठूला ठूला उथल पुथलका परिघटनाहरू घट्न पुगे । आज महान् अक्टुर समाजवादी क्रान्तिबाट निर्माण भएको समाजवादप्रति प्रतिक्रान्ति भएर पुँजीवादी राज्य व्यवस्था चलिरहेको छ । चीन, भियतनाम लगायतका देशहरूमा पनि प्रति क्रान्ति भएर पुँजीवादको पुनःस्थापना हुन पुग्यो । यसले गर्दा आज विश्व कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा र वैज्ञानिक समाजवादी शिविर रक्षात्मक स्थितिमा पुगेका छन् र दक्षिणपन्थि संशोधनवादले विश्व कम्युनिस्ट आन्दोलनमा हैकम चलाइरहेको छ । तर यति भएर पनि विश्वकम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा कतिपय मुलुकमा मूर्त रुपले अघि बढिरहेको छ भने कतिपय मुलुकमा अमूर्त रुपमा अघि बढिरहेको छ ।
यस युगान्तकारी रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको १०० वर्षको अवधिमा विश्वभरका क्रान्तिकारीहरूले क्रान्तिकारी पार्टी निर्माणमा लेनिनवादमा आधारित रहेर निम्नअनुभवहरू प्राप्त गरिरहेका छन् ः
१) क्रान्तिकालागि आवश्यक पर्ने क्रान्तिकारी सिद्धान्तको रक्षा, प्रयोग र विकासका सन्दर्भमा
२) क्रान्तिका लागि क्रान्तिकारी पार्टी आवश्यक पर्ने सन्दर्भमा क्रान्तिकारी कम्युनिस्टहरूले दक्षिणपन्थीसंशोधनवादका दलदलमा फसेका कम्युनिस्ट नामधारी कम्युनिस्ट पार्टीहरूसित सम्बन्धविच्छेद गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू निर्माण गर्ने सवालमा प्राप्त अनुभव
३) क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण र परिचालनमा आवश्यक पर्ने जनवादी केन्द्रीयताको सिद्धान्त परिपालनाका सन्दर्भमा जस्तै जुन कम्युनिस्ट पार्टीले यस सिद्धान्तलाई एक पद्धतिगत ढङ्गले पालना गर्दछ उसले पार्टीलाई पनि क्रान्तिकारी बनाइराख्दछ, क्रान्ति पनि सम्पन्न गर्दछ र प्रतिक्रान्तिलाई पनि रोक्न सक्छ भन्ने अनुभव
४) क्रान्तिका लागि आवश्यक पर्ने ठोस परिस्थितिको ठोस मूल्याड्कन गर्ने वैज्ञानिक संश्लेषणको आवश्यकतामाथि जोड दिनुपर्ने अनुभव ।
 मुख्यगरीमहान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको १०० वर्षको बीचमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा क्रान्तिकारी कम्युनिस्टहरूले प्राप्त गरेका अनुभवहरू
अक्टोबर क्रान्तिबाट लिनुपर्ने शिक्षा
यद्यपि लेनिनको नेतृत्वमा बोल्सेबिक पार्टीले सोभियत रुसमा महान् अक्टोबर क्रान्तिद्वारा निर्माण गरिएको समाजवादमाथि प्रतिक्रान्तिकारीहरूद्वारा प्रतिक्रान्ति भएर त्यहाँ पुनः पुँजीवादीराज्यव्यवस्था स्थापना हुन पुग्यो । त्यसपछि यो घटनाले विश्वसमाजवादी शिविरमा ठूलो क्षति पु¥यायो ।पूर्वी युरोप, चीन, भियतनाम, कम्बोडियालगायत देशमा पनि प्रतिक्रान्ति भए तर आज १०० वर्षपछि पनि महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको महत्व र सान्दर्भिकता उत्ति नै प्रेरणाको स्रोतका रूपमा रहेको छ ।
महान् लेनिनले नै परिभाषित गर्नुभएको आजको युग साम्राज्यवाद र सर्वहारा वर्गबीचको भीषण सङ्घर्षको युग हो । सर्वहारा वर्गले विश्वक्रान्ति सम्पन्न गर्ने काम त बाँकी नै छ । त्यसअघि एसिया, अफ्रिका, युरोप, ल्याटिन अमेरिकालगायत विश्वभरका उत्पीडित राष्ट्र र जनताले आआफ्नो देशको विशेषतामा आधारित रहेर मालेमावादको पथप्रदर्शन र मार्गनिर्देशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले मुक्ति आन्दोलन तथा क्रान्ति सम्पन्न गर्ने काम पूरै बाँकी छ । यसका लागि अक्टोबर क्रान्तिबाट शिक्षा लिन जरुरी छ ।
नेपाल त झन् आजसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामै छ । यहाँ गरिने नयाँ जनवादीक्रान्ति आमजनविद्रोह र सशस्त्र जनविद्रोहमार्फत पनि गर्न सकिने अवस्था रहेकालेरुसी अक्टोबर क्रान्तिबाट शिक्षा लिन जरुरी छ नै ।
हुनत नेपालमा रसियन मोडेल र चिनियाँ मोडेलबाहेक अर्को नेपाली विशेषतामा आधारित मोडेल अवलम्बन गरेर महान् नेपाली जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ तैपनि महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको महान् शिक्षा ग्रहण गर्ने सवालमा पूर्णरूपमा उदासीन बन्न मिल्दैन । त्यसबाट शिक्षा लिन जरुरी छ ।
अक्टोबर क्रान्तिको ऐतिहासिक महत्व
महान् अक्टोबर क्रान्तिका बारेमा यसै लेखको अगाडिको भागमा र अन्य ठाउँमा पनि प्रशस्तै चर्चा गरिएको छ । रुसी अक्टोबर क्रान्तिको र ऐतिहासिकताका बारेमा जति चर्चा गरेपनि सकिँदैन । जुन समय र परिस्थितिमा रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो त्यसको विशेष ऐतिहासिक महत्वको विषय हुनु स्वाभाविक छ । यस विषयमा यहाँ छोटो चर्चा गर्नु सान्दर्भिक हुनेछ । विशेषेगरी महान् अक्टोबर समाजवादी क्रान्ति महान् लेनिनले नै संश्लेषण गर्नुभएको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा सर्वहारावर्गको नेतृत्वमा सम्पन्न भएको क्रान्ति हो । यसकारणले पनि अक्टोबर क्रान्तिको युगान्तकारी महत्व छ । त्यस अक्टोबर क्रान्तिले बुर्जवा जनवादी संसद्वादी युगको अन्त्य गरी विश्व–इतिहासमा सर्वहारा अधिनायकत्वको युगकारूपमा एक नयाँ अध्यायको थालनी गरेकाले त्यस क्रान्तिको ऐतिहासिक महत्व रहन गएको छ ।
महान् रुसी अक्टोबर क्रान्ति विश्व–सर्वहारा क्रान्तिको एक अङ्ग हो । त्यसैले त्यस क्रान्तिको महत्व रुसजस्तो विशिष्ट देशका सन्दर्भमा मात्र सीमित छैन । यसले विश्वक्रान्तिका लागि सर्वहारावर्ग र उत्पीडित जनसमुदायलाई नयाँ सम्भावनाको उद्घाटन गरिदिएको थियो । त्यसकै प्रेरणास्वरूप त्यसपछि संसारका विभिन्न मुलुकहरूमा कम्युनिस्ट पार्टीहरू निर्माण हुन पुगे जो माथि उल्लेख गरिसकिएको छ । त्यस क्रान्तिपछि पूर्वीयुरोपका बीसौँ देशमा सोभियत मोडेलको समाजवादी राज्य व्यवस्थासञ्चालनमा आए । त्यसैले महान् रुसी अक्टोबर समाजवादी क्रान्तिको विश्वव्यापी महत्व रहेको छ ।
यसका साथै महान् अक्टोबर समाजवादी क्रान्ति माक्र्सवादको सफल प्रयोग थियो र त्यसले विश्वमा समाजवादी क्रान्ति तथा जनवादी क्रान्तिका लागि विश्व–सर्वहारावर्ग र उत्पीडित जनसमुदायका लागि महान् उत्प्रेरणा प्रदान गरेको थियो । त्यसको महत्व अहिलेसम्म पनि उत्तिकै सान्दर्भिक रहँदै आएको छ र भविष्यसम्म रहिरहनेछ ।
उपसंहार
विश्व–मानव समाजमा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति एउटा ऐतिहासिक परिघटना हो । यो क्रान्ति उत्पीडित राष्ट्र र जनताको मुक्तिको महान् अभियान एउटा उत्प्रेरणाको स्रोत बन्न पुगेको छ ।
क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त, क्रान्तिकारी पार्टी र क्रान्तिकारी नेतृत्वको कति महत्वपूर्ण भूमिका हुँदोरहेछ भन्ने शिक्षा यसले प्रदान गरेको छ । १०० वर्ष पुगिसक्दा पनि महान् अक्टोबर समाजवादी क्रान्तिको महत्व झनै बढेको छ भन्ने कुरा पनि दिशानिर्देश गरेको छ । हामी नेपाली क्रान्तिकारी कम्युनिस्टहरूका निम्ति क्रान्तिका हरपाइलामा महान् अक्टोबर समाजवादी क्रान्ति र साथै लेनिनको जन्मदिन उत्तिकै स्मरणयोग्य छ भन्ने प्रस्ट भएको छ । महान् अक्टोबर समाजवादी क्रान्तिलाई सम्पन्न गर्न लेनिनको नेतृत्वको महत्वपूर्ण योगदान रकेकोछ ।
