जनताको एकताबद्ध संघर्ष र सकल्प आजको राष्ट्रिय आवश्यकता

प्रकाशित मिति : २०७७ बैशाख ९

- प्रेम सुवेदी

विदेशबाट पैसा पठाएर घर गाउँमा चामल र अन्य अत्यावस्यक सामानको गुजारा चलाउने नेपाली समाजको परम्परालाई कोरोना भाईरस (कोभिड १९) को महामारीले ब्रेक लाग्ने स्थिति उत्पन्न भएको छ । नेपालको अर्थतन्त्रमा महत्बपूर्ण भुमिका रहेको रेमिट्यान्स घट्ने प्रकृयाले देशको अर्थतन्त्र कसरी अगाडी बढ्छ ? त्यसले पार्ने प्रभाव कस्तो हुनेछ ? र अव नेपालको आर्थिक प्रणली के हुने ? जस्ता विषय यतिवेला बहसमा छन् । यी सबै विषयमा छलफल र निस्कर्ष नेपाली समाजले खोजेको छ । तर, राज्य यथास्थितीकौ गोलचक्करमा घुमिरहेको छ । बैदेशीक रोजगारका आधारमा गुजारा चलाउने परिवारलाई पार्ने प्रत्यक्ष प्रभावका साथै समग्र नेपालको अर्थराजनितिमा त्यसले उत्पन्न गर्ने परिस्थिति बारे छलफलको आवश्कता छ । आज सम्म पैसा पठाउने लाखौ श्रमिकहरू जव खाली हात नेपाल फर्कनेछन्, त्यसले एकातिर नेपालको श्रम बजारमा लाखौ लाख बेरोजगार मानिसको आगमन हुने र अर्कोतिर देशभित्र लाखौ लाखको सँख्यामा बेरोजगार जनशक्ति पैदा हुने हुँदा त्यसले उत्पन्न गर्ने समस्या गम्ंिभर हुनेछ । निश्यय नै श्रमशक्ति हुनु आफैमा देशको लागी गौरवको विषय हो, तर त्यो श्रमशक्तिलाई उचित प्रकारले व्यवस्थापन र परिचालन हुन सकेन भने त्यसबाट उत्पन्न हुने परिस्थिति सामान्य प्रकारको हुने छैन । द्नियाँका धेरै अनुभवहरूले के देखाउदै आएको छ भने बेरोजगार श्रमशक्ति यथास्थितिमा चल्न नसक्ने, अर्थिक अधार र राज्य प्रणाली कै कारण नयाँ परिवर्तनका ढोका खोल्ने गर्दछन् । ठीक आज नेपाल त्यही स्थितिमा उभिएकोे छ । यथास्थितिमा चल्ने आधार हरेक दृष्टीकोणले नरहेको देखिन्छ । आर्थिक दृष्टीकोण बाट हेर्दा परम्परागत अर्थनितीले अव देश चल्ने आधार समाप्त जस्तै भएको छ । माथी जुन वैदेशिक रोजगारले नेपालको अर्थतन्त्रलाइ टिकाउन जुन भुमिका खेल्दै आएको थियो, त्यो अवस्था अव रहेन । त्यतिमात्र हेइन, कृषि, वाणिज्य उद्योग, पर्यटन लगायतका क्षेत्रको अवस्था पनि अत्यन्त दयनिय छ । विशेष गरेर भन्सारवाट प्रप्त हुने राजश्वलाई मुख्य आम्दानी मान्ने सरकारको निती पनी अहिलेको कोरोना भाईरसका कारण पुरै असफल हुने निश्चित छ । अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूले अहिले भोगेका समस्या र त्यसप्रति राज्यले देखाएको उदासिनताका कारण समग्रमा राज्य श्रममैत्री नभएको मात्रै होइन, मजदुर विरोधि भएको कुरालाई देखाउछ । लकडाउनका समयमा खाना नपाएर लाखौ मजदुर भोक भोकै सडकमा हिडेका परि दृष्यहरूले सरकारको असफलतालाई उजागर गरिदिएको छ । निम्न आय भएका गरिव परिवारले आफ्नो जीविकोपार्जन गर्ने स्थिति झन जटिल बन्दै गएको छ । समग्रमा भन्दा देश यथास्थितिमा चल्ने अवस्था छैन । बैदेशिक सहयोग र ऋणलाई अधार बनाएर प्रस्तुत गर्ने नेपालको आर्थिक योजनाले देशलाइ अगाडी बढाउन नसक्ने कुरा प्रष्ट छ । यो अवस्थामा देशको निकाश र विकाश कति संभव छ ? भन्ने पश्न उठ्ने गर्दछन् र त्यो स्वभाविक पनि हो । बैदेशिक सहयोग र ऋण प्रप्त गर्ने अधार पनि अव खुम्चिदै गएको छ । कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र नै घायल भएको सन्दर्भमा त्यस प्रकारका सहयोग र ऋण प्राप्त हुने कुरा थप जटिल बनेको छ । विश्वको अर्थतन्त्र नै धरासायी हुने स्थितिमा पुगेको चर्चा परिचर्चा चलीरहेको यो पृष्टभुमिमा नेपालको अर्थतन्त्र कसरी अगाडि बढ्न सक्छ भन्ने कुरा त्यति सजिलो विषय छैन । यसको अर्थ अव कुनै संभावना नै छैन भन्ने होइन, ति संभावनाका आधारहरूको खोजी अहिलेको संकटकै बेलामा पहिचान गर्न ज?री छ । त्यसका लागी पहिलो कुरा सही दृष्टीकोण, योजना र कार्यक्रम नै हो । दोस्रो नेपालको अर्थतन्त्रका आधारहरू के के हुन सक्दछन् र त्यसको प्राथमिकता के के हुन सक्दछन् । तेस्रो, उपरोक्त नीती कार्यक्रम र योजना कार्यन्वयन गर्ने राजनैतिक अधिरचना, श्रमशक्तिको उचित र न्यायसंगत व्यावस्थापन गर्ने नेतृत्व जस्ता विषय नै हुन । नेपाल जस्तो अर्धसामन्ती, अर्धऔपनिवेशिक विशेषता, नवऔपनिवेशिकक अवस्थामा रहेको अर्थराजनितीलाइ यथावत राखेर आजका चुनैतिको सामना गर्न सकिदैन र संभव छैन । तसर्थ, विधमान अवस्थामा त्यसको परिवर्तन अनिवार्य बन्न गएको छ । त्यो कुरालाई केन्द्रमा राखेर परिवर्तनकारी शक्तिहरू मुख्यतः कम्युनिष्ट क्रान्तीकारीहरू श्रमजिवी मजदुर, किसान, प्रगतिशिल तथा देशभक्त युवा, विद्यार्थी, महिला, बुदिृजीवी अद्योगी, व्यापारी र उत्पीडितमा परेका सहुदाय लिङ्ग, श्रेत्रका जनताको एकताबद्ध संघर्ष र सकल्प आजको राष्ट्रिय आवश्यकता हो । विद्यमान नेपालको अर्थतन्त्रको जुन मोडल छ, त्यसले अव हामी अगाडी बढ्न नसक्ने कुरा निश्चित छ । देशमा उत्पादनको मुख्य श्रेत्रहरूको पहिचान गरी त्यसतर्फ समयमा नै ध्यान दिन सकिएन भने ठूलो विपत्ति आउने देखिन्छ । हुनत विपत्ति आफैमा चुनैति र संभावनाको जननी भएकाले चुनैतिहरूको सही ढङ्गले सामना गर्ने सकेमा संभावनाका नयाँ नयाँ द्धारहरू खुल्दै जाने कुरा निश्चित छ । ती संभावनालाई नयाँ अवसरमा बदल्ने आट साहस र दृष्टीकोण भए देशले नयाँ उचाइ प्राप्त गर्ने छ । तर, त्यसकालागी विद्यमान प्रणलीको घेरा बाट होइन, त्यसभन्दा माथीवाट सोच्न ज?री हुन्छ । विधमान अर्थव्यवस्था नै परिवर्तन विकास र उन्नतीका लागी वाधक रहेको पृष्टभूमिमा त्यो व्यवस्था विकल्प नयाँ अर्थव्यवस्थाको पक्षमा उभिन ज?री हुन्छ । अहिलेको विश्व अर्थव्यवस्था मानवता वि?द्धको अपराधमा टिकेकोले त्यसद्धारा समाधान नहुने कुरा दिन प्रति छर्लङ्ग हुदै गएको छ । उत्पादन सम्बन्ध साझा हुने र उत्पादको श्रोत र सादनमा व्यक्तिको अधिनस्त हुने विद्यमान प्रणालीले असमानता विवेध र अत्याचारका श्रृखला बढाउदै लग्ने मात्र होइन, प्रकृतिक स्रोतको समेत दुरूपयोग गरेकोले त्यसको चरित्र नराम्रो गरी उदाङ्गो भएको छ । त्यसैले विद्यमान पुजिँवादी साम्राज्यवादी व्यवस्था मानवता वि?धको कलड्ढ बन्न पुगेको छ । समग्रमा मानव समुदायको मुक्ति आजको मुख्य विषय बन्न पुगेको छ । जहाँ सम्म नेपालको बर्तमान संकटको कुरा छ, त्यसलाई समाधान गर्न विषयसंग यहाँको सामाजिक आर्थिक राजनैतिक र सास्कृतिक श्रेत्रमा आमुल परिवर्तन ज?री छ । जव सम्म परम्परागत रूपमा चल्दै आएको सामाजिक, आर्थिक, राजनैतिक तथा सस्कृतिक आधरहरू कायम रहन्छन् तव सम्म समस्याहरू थपिदै जानेछन् । अहिलेसम्म चल्दै आएको आयातमूखि अर्थ व्यवस्थाले नेपालको स्वतन्त्र अर्थतन्त्रलाई धरासायी बनाएको हो । त्यसैले आत्मनिर्भर प्रकारको अर्थव्यवस्थाका लागी यहाँको श्रोत र साधनको उचित ढङ्गले राष्ट्र र जनताको हितमा प्रयोग गर्ने कुरा नै हो । विशेष गरेर कृषि, जलश्रोत, पर्यटन, जडीवूटी, उद्योगधन्दाको विकासले नै नेपालको अर्थतन्त्रलाइ आत्मनिर्भर बन्न र पैठारी गर्न सकिने प्रशस्त आधारहरू छन् । ती क्षेत्रमा योजनाबद्ध ढङ्गले गरिने कामले नै आजको बेरोजगारका समस्याको समधान र देशको विकाशमा महत्वपूर्ण योगदान पु¥याउन सक्दछ । विदेशमा रहेका लाखौ युवाहरूलाई रोजगारका अवसरहरू प्राप्त हुनेछन, र अहिले जसरी विदेशबाट पठाएको पैसाका आधारमा चामल र लत्ता कपडाको जोह गर्ने जुन परम्परा छ, त्यसलाई अन्त्य गर्न सकिने छ । अहिले कोरोना भाईरसले सिर्जना गरेको भयआतड्ढ, त्रासलाई समेत सजिलैसँग मुकाविला गर्ने सकिने छ ।
मितिः २०७७।०१।०७