हार्दिक शुभकामना !

चैत्र २९,काठमाडौं ।
नेपालमा थप तीन जनालाई कोरोना संक्रमित भएको पुष्टि भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये तीनवटामा कोरोना भाइरस देखिएपछि कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।
वीरगन्जबाट ल््याइएका तीन बिरामीको (स्वाब) हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा जाँच गर्दा पोजिटिभ पाइएको थियो । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षणपछि कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश सरकारका एक मन्त्रीले बताए ।
पर्सा जिल्ला प्रशासन स्रोतले बताएअनुसार ती तीनै जना भारतीय नागरिक हुन् । जसलाई पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा बसिरहेका बेला नारायणी अस्पताल लगेर आइसोलेसन वार्डमा राखिएको छ ।
यसबारे आइतबार(आज) स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर